© २०२३
रोल्पा, १९ माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठवन्धन राजनैतिक वाध्यता भएको वताएका छन । नेता निधिले उक्त कुरा रोल्पामा सदरमुकाम लिवाङमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा वताएका हुन । नेपाली काँग्रेसका पूर्व उपसभापति समेत रहेका नेता निधिले २०८४ साल अवागै संसद विघटन नहोस भनेर गठवन्धन गर्नु परेको विचार व्यक्त गरे । २०८४ साल सम्मै गठवन्धन लैजान वाध्यता रहेको उनको भनाई थियो ।
सशस्त्र युद्धवाट सत्ता प्राप्त गर्ने माओवादीको योजना असफल भएपछि तत्कालिन ७ राजनैतिक दल र विद्रोही माओवादी वीच भएको विस्तृत शान्ति संझौता मार्फत वर्तमान सम्म आइपुगेको वताउदै ती प्राप्त उपलव्धीको रक्षाका लागी पनि गठवन्धन गर्नु परेको नेता निधिको भनाई थियो । नेपाली काँग्रेसको नेतृत्वमा २००७ सालमा भएको सशस्त्र क्रान्ति वाहेक नेपालमा अन्य कुनै पनि क्रान्ति सफल नभई संझौतामा टुंगिएको वताउदै २०५२ साल देखी माओवादीले सुरु गरेको युद्ध पनि असफल भई संझौतामा टुंगिएको वताए ।
गठवन्धन सरकारले चोह जस्तो काम नगरेको वताउदै व्यवस्था परिवर्तन संगै समयक्रम अनुसार अवस्था पनि परिवर्तन भईरहेको नेता निधिले ठोकुवा गरे । जनताको आवश्यकता असिमित भएको वताउदै ती समस्याको समाधान क्रमशः हुदै जाने वताए । २०८४ सालमा नेपाली काँग्रेसको वहुमतको सरकार वन्ने नेता निधिको भनाई थियो । सशस्त्र द्धन्द कालमा नेपाली काँग्रेसले धेरै नेता कार्यकर्ता गुमाएको वताउदै पिडा सहेर पनि शान्तिका लागी नेपाली काँग्रेसले त्याग गरेको उल्लेख गरे ।
संघीयताको कार्यान्वयनमा रहेपनि प्रदेशका कैयौं अधिकार अझै कार्यान्वयन नभएको नेता निधिको भनाई थियो । प्रदेश प्रहरी, प्रदेश कर्मचारी र प्रदेशमै सवै काम हुने गरि जनतालाई अधिकार दिनु पर्ने नेता निधिको भनाई थियो । प्रदेशलाई अधिकार दिनु पर्ने विषयमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री संग पटक पटक माग राखिएको प्रशंग उल्लेख गर्दै प्रदेशलाई अधिकार दिने विषयमा कञ्ज्युस्याइ गर्न नहुने नेता निधिको भनाई थियो ।
स्थानीय तह, प्रदेश र संघीय सरकार प्रति जनताको धारणा र सुझावहरु के कस्ता छन भन्ने कुरा सुन्न नेपाली काँग्रेसले जनतासंग काँग्रेस अभियान सुरु गरेको नेता निधिको भनाई थियो । अभियानकै क्रममा आफु लुम्विनी प्रदेशका रुपन्देही, कपिलवस्तु दाङ, प्यूठान, रोल्पा, वाँके र वर्दिया जिल्लाका जनताको कुरा सुन्न आएको वताए । जनताको कुरा सुनेर काँग्रेसले आगामी कार्यक्रम तय गर्न नेता निधिले भने ।
नेपाल प्रेस यूनियन जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनको पनि आतिथ्यता रहेको थियो । नेपाल प्रेस यूनियन जिल्ला शाखा रोल्पाका सभापति लोकेन्द्र चन्दको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सह सचिव हिमा खड्काले गरेकी थिईन ।