Butwal Today

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१७ माघ २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार यो मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।