ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

रानीमहल जाने सडक आजदेखि ४८ दिन बन्द

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

पाल्पा ।

पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहल जाने सडक मर्मतका लागि बुधबारदेखि ४८ दिन बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न माघ १७ गते बुधबारदेखि आगामी चैत ५ गतेसम्म बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको कार्यालय प्रमुख बासुदेव भण्डारीले बताए । ‘पहिलो चरणमा बैकुन्ठे भीर नजिकैको सडक ढलान कार्य गर्न लागिएको छ,’ उनले भने, ‘त्यसका लागि काम गर्न २० र ढलान पछिको २८ दिनको समय बन्द गर्ने निर्णय भएको हो ।’

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायी, सरोकारवाला कार्यालय, निर्माण व्यवसायीसमेतको उपस्थितिमा सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको हो ।

तानसेनदेखि १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर रहेको छ ।

आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गदेखि पाल्पाको पूर्वभेग जोड्ने मुख्य मार्ग आर्यभन्ज्याङ–रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द गर्ने जनाएको छ । हुमिन–ताहुँ देउराली सडक खण्डमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गर्न माग गरेपछि राजमार्ग सडक सुरक्षा समितिको बैठकले बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो ।

बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ । हुमिन–ताहुँ देउराली सडकखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम भइरहेकाले माघ १७ देखि बुधबारदेखि फागुन १६ गतेसम्म सडक बन्द रहने कार्यालयले जनाएको छ । यहाँ सडक चौडा गर्ने र ढुंगामाटो कटिङ गर्नका लागि बन्द गर्न लागिएको हो । एम्बुलेन्स, शव वाहन, सुरक्षा, दमकलजस्ता अत्यावश्यक सवारीसाधनलाई समय मिलाएर छाड्ने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?