© २०२३
पाल्पा, १६ माघ ।
जिल्लाको १० बटा स्थानीय तह मध्ये वगनासकाली गाउँपालिका पहिलो भएको छ । स्थानीय तह मध्ये संस्थागत स्व मूल्याँकनको नतिजामा पहिलो हुन सफल भएको हो ।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सार्वजनिक गरिएको स्वमूल्यांकन प्रणालीमा जिल्लाका १० वटा स्थानीय तह मध्ये वगनासकाली गाउँपालिका प्रथम भएको हो । आर्थिक वर्ष ०७९÷०८० मा ८८.५ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तिय एवम् आर्थिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधारको क्षेत्रमा भएको मुल्यांकन अनुसार सबै क्षेत्रमा सबै भन्दा बढी राम्रो नतिजा ल्याउन सफल भएका कारण प्रथम भएको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताइन् ।
मन्त्रालयले सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन सहकार्य र समन्वय गरी १० वटा सूचकहरु र यसका अलावा अन्य १ सय साहायक सूचकहरुको आधारमा स्वमुल्यांकन भएको अध्यक्ष चिदी बताउँछिन् । स्वमुल्यांकनको आधारमा रभ्भा गाउँपालिकाले ८६, पुर्वखोला गाउँपालिकाले ६०.७५ रिब्दीकोटले ७४.२५, रैनादेबीले ७४.५, निस्दीले ७४.२५ रामपुर नगरले ८०.५, तानसेन नगरले ८३ प्रतिशत अंक प्राप्त गरेका छन् । माथागढी गाउँपालिकाको लिजामा अंक उल्लेख नभए पनि ७५.५ प्रतिशत अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी