ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

लोकसेवा पढाउदै ‘रोल्पा नगरपालिका’

१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

रोल्पा, १६ माघ । रोल्पा नगरपालिकाले लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको छ । लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी गर्ने चाहना नगरबासीहरूलाई लक्षित गरि उक्त कक्षा संचालन गरेको हो ।

नासु र खरिदारको तयारी कक्षामा सहभागी हुन १४२ वटा आवेदन परेको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । त्यसरी प्राप्त आवेदन मध्ये प्रवेश परीक्षाको आधारमा ८० जना छनौट भएका थिए । यसैगरि शिक्षक सेवा आयोग तर्फ ३२ जनाले आवेदन दिएका थिए । शिक्षक सेवा आयोग तयारी कक्षा लिन आवेदन दिएका मध्ये सवै तयारी कक्षामा सहभागी भएको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुदीप डाँगीको भनाइ छ । सव ईन्जिनियर तर्फ ६ वटा मात्रै आवेदन परेकोमा २ वटा आवेदन नगरपालिका बाहिरको रहेकाले ४ जनाको लागि मात्रै कक्षा चलाउन सम्भव भएन डाँगीले भने ।

तीन महिना सम्म संचालन हुने उक्त तयारी कक्षाका लागी नगरपालिकामा कार्यरत कर्मचारी, जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी र आवश्यकता अनुसार जिल्ला बाहिरवाट समेत प्रशिक्षक झिकाएर फुल प्याकेजमा कक्षा संचालन गर्छौ निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने ।

अघिल्ला वर्ष शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको वताउँदै सो कक्षामा सहभागी मध्ये ९ जनाले शिक्षक सेवा आयोग पास गरि जिल्लाका विभिन्न विद्यालयमा सिफारिस भएको पराजुलीले जानकारी दिए । युवा युवतीलाई स्वेदशमै सम्भव छ भन्ने शिक्षा दिन जरुरी रहेको वताउदै त्यसका लागी लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षाहरू सहयोगी हुने उनको भनाई थियो।

थोरै विकास वजेट कटौती गरेर लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सुरु गरेका छौ, रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र घर्तीमगर भने । भौतिक विकासको साथ साथै मानव संशाधन विकास जरुरी रहेकाले विगतमा भौतिक विकासलाई मात्र जोड दिए पनि अव विस्तारै मानव संशाधन विकासलाई जोड दिन थालेका छौ नगर प्रमुख घर्तीमगर भने । नगरपालिकालाई शैक्षिक हवको रूपमा विकास गर्न नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागी प्राथमिकताका साथ काम गरेको गरेको वताउदै अव मानव संशाधनको विकास नगरपालिकाको प्राथमिकतामा पर्दै जान थालेको नगरप्रमुख घर्तीमगरको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?