© २०२३
बुटवल, १४ माघ । बुटवल उपमहानगरपालिका वडा नं ४ पाल्पा रोडस्थित खाईजेन अब्रोड सर्भिसेज प्रालिमा एक दिने निशुल्क आखा जाच परिक्षण शिविर गरिएको छ । “सबैका लागी ज्योती” नारासहित नयन आई केयर सेन्टर प्रालिको प्राविधिक सहयोग र खाईजेन अब्रोड सर्भिसेजको आयोजनामा शिविर गरिएको हो ।
पछिल्लोसमय प्रविधिको बढ्दो प्रयोगसंगै युवाहरुमा आखाको समस्या बढी देखिएसंगै सचेतना दिने गरि समुदायमा कार्यक्रम गरिएको सर्भिसेजका प्रबन्ध निर्देशक किरण रानाले बताए । शिविरमा विद्यार्थी र स्थानिय १ सय २७ बढीले सेवा लिएको उनले बताए ।
शिविरमा डा सुसान्त ज्ञवाली, भेषराज चौधरीले आखा जाचसंगै विद्यार्थीहरुलाई ‘युभि रे’ का कारण आखामा पर्ने नकारात्मक प्रभावहरु, मोबाईल, कम्युटरबाट आउने ‘ब्लु रे’ का बेफाईदा, सुख्खा आखाको कारण र रोकथाम, आखाको बनावटको बारेमा परामर्श दिएका थिए ।
सर्भिसेसले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क मधुमेह, दन्त जाच शिविर, रक्तदान कार्यक्रम गर्ने सर्भिसेजका प्रबन्ध निर्देशक रानाले प्रतिवद्धता जनाए ।