© २०२३
भैरहवा, १४ माघ ।
नेपाल, भारत र चीनका २ सय २५ जनाले १ सय ९० किलोमिटर बुद्ध ज्ञान साइकल यात्रा पूरा गरेका छन् ।
साइकल यात्रामा चीनका २ जना, भारतका १५ जना, नेपालका २ सय ८ जनाले सहभागिता जनाएका थिए । भैरहवा हुँदै रामग्राम, देवदह, शुद्धोधन, जगदिशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, सगरहवा, लुम्बिनी मायादेवी मन्दिर हुँदै भैरहवासम्म आइपुगेको साइकल सिटि भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।
साइकल यात्रामा सबैभन्दा कान्छो उमेरका कक्षा २ मा अध्ययनरत भारतका ८ बर्षीय रणवीर सिंहले १ सय ९० किलोमिटर यात्रा पूरा गरेका छन् ।
उनले साढे ४ बर्ष देखि साइकल चलाउन थालेको उनका बुवा आश्विनी कुमार सिंहले बताए । उनले विश्व साइकल यात्रा समेत पूरा गरेको उनले बताए । ५ बर्षको उमेरमा ४४ किलोमिटरको साइकल यात्रा पूरा गरेको, ७ वर्षमा नेपालगंजमा ८८ किलोमिटरको साइकल यात्रा गरेको उनका बुबा आश्विनी कुमार सिंहले बताए ।
२ दिनसम्मको साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाह, ८ बर्षका भारतका रणबिरसिंह, नेपालका १० वर्षीय मनिक श्रेष्ठ, नेपालकै ११ बर्षिय आश्विनी खरेल समेत साइकल यात्रामा सहभागी भएको साइकल सिटि भैरहवाका सचिब थिरेन्द्र कुमार श्रेष्ठले बताए ।
त्यसैगरी ३६ बर्षीय १ सय ३५ केजीका कंचन श्रेष्ठले साइकल यात्रा पूरा गर्दै यात्रामा नौलो अनुभव भएको बताए ।
लुम्बिनीसंग सम्बन्धित अन्य बौद्ध स्थलको पर्यटन प्रवद्र्धन गर्नका लागि प्रत्येक बर्ष विश्वकै साइकलिस्टको सहभागितामा साइकल यात्रा हुने कार्यक्रम संयोजक दिनेशमान अमात्यले बताए ।