ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बजारीकरणबाट सांस्कृतिक निष्ठामा आँच !

१४ माघ २०८०, आइतबार
१४ माघ २०८०, आइतबार

बालबालिकाको न्वारन । त्यसपछि अन्नप्रासन । बर्तुन । गुन्युचोली, बेलविवाह । उमेर पुगेपछि कन्या र कुमारको विवाह । विवाहमा कुमारतर्फ जन्ती र विवाह भोज । कन्यातर्फ विवाहपूर्व अचेल थपिएको मेहेन्दी उत्सव र हल्दी । त्यसपछि मूल विवाह उत्सव । पार्टी प्यालेसमा विवाह । विवाहमा साजसज्जा र प्लेट सिस्टमको भोज । स्तर अनुसारको गोडधुवा । वार्षिक एनिभर्सरी । रजत एनिभर्सरी । स्वर्ण तथा हीरक एनिभर्सरी । वर्षैपिच्छेका बर्थ डे । अन्त्यतिर चौरासी पूजा, अन्त्यमा मृत्यु । त्यसपछि मृत्यु संस्कार । यी हुन इहलोकका कर्मकाण्ड । परलोकको खर्चपर्चको व्यवस्था पनि यी यस्तै कर्मकाण्डमार्फत दान दातव्य गरेर जोहो गर्नुपर्ने हुन्छ । नाममा केही फरक पर्ला, पद्धतिमा केही फरक होला, नेपालका सम्पूर्ण जातजातिको संस्कारका लागि गर्ने कर्मकाण्ड यिनै हुन् । संस्कार र संस्कृतिका द्योतक चाडपर्वहरूका लागि नेपाल धनी छ । दसैं तिहार, बडादसैं र सानो दसैं चैते दसैं । तिहारमा लक्ष्मीपूजा । म्ह पूजा । भाइटीका । ल्होसार १, २, ३ । क्रिसमस डे । माघी । महाशिवरात्री । होली । इद । बकरिद । कुमारी पूजा । छोरीलाई गुफा राख्ने । बुद्ध पूर्णिमा । भगवान विष्णु सुत्ने एकादशी र उठ्ने एकादशी । साउने संक्रान्ति । नाग पञ्चमी । कुशे औंसी । बाबाको मुख हेर्ने । आमाको मुख हेर्ने । गुरूपूर्णिमा । रक्षा बन्धन, जनैपूर्णिमा । कृष्ण जन्माष्टमी । हरितालिका तीज । महिलाहरूको सप्तक्रृषि पूजा पञ्चमी इत्यादि । वर्षाबास । यिनमा दसैं र तिहारको आयतन सम्पूर्ण नेपालको आयतन हो ।

त्यस्तै नेपालको सुदूरपश्चिम क्षेत्रमा देउडा पर्व प्रसिद्ध छ । मधेश प्रदेशमा छठ पर्व त्यत्तिकै महत्वका साथ मनाइन्छ । यी दुवै पर्वले बसाइसराइ तथा सञ्चारमाध्यमका कारण राष्ट्रिय रूप धारण गरिसकेका छन् । त्यस्तै कुलायन पूजा सम्पूर्ण जातजातिले आ–आफ्नो किसिमले मनाउँछन् । यिनले पनि आफ्नो दायरामा चाडपर्वको रूप धारण गरिसकेका छन् । केन्द्र र क्षेत्र भन्दा तल स्थानीयस्तरमा सानोसानो समुदायमा मनाइने पर्व थुप्रैछन्, तिनको यकिन गर्न गाह्रो छ । यहाँ यी चाडपर्वको नाम उल्लेख गर्नुको प्रयोजन हो–नेपाल पर्व र यसमा अन्तर्निहीत संस्कार र संस्कृतिको हिसावमा निकै धनी छ । यो धन नेपालको अमूल्य वैभव हो । यो लेखनमा उल्लिखित पर्वहरूको सांस्कृतिक वैभवको बिशद चर्चा गर्न खोजिएको छैन । एउटा सानो लेखमा यो संभव पनि छैन । बरु यसमा हाम्रा पर्वमा अन्तर्निहीत सांस्कृतिक निष्ठाको झल्को दिन खोजिएको छ ।

सम्पूर्ण मानव जातिको अनि त्यसैभित्र हाम्रो संस्कृतिको आदर्श हो–
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि बश्यन्तु मा कश्चित् दुःखभाग् जनः ।
त्यस्तै हाम्रो आदर्श हो–
तमसो मा ज्योतिर्गमय

तर, यसको ठीक उल्टो भैरहेको छ । बर्थ डे÷जन्मोत्सव मनाउँदा बत्ती बालेर मनाउनु पर्नेमा बत्ती निभाएर मनाइन्छ । यो कुरा सानो कुरा होइन । हाम्रो आदर्शमा निर्मम बन्चरो प्रहार हो । दसैं भन्छ–असत्यमाथि सत्यको जय । तिहार भन्छ–दीपावली । तिहारमा भाइटीका लगाएपछि दिदीबहिनी हाम्रा दाइभाइका शत्रु नाश होउन् भन्ने कामना सहित घजम्म ओखर फोर्छन् । धर्मात्मा र पापात्माको दण्ड पुरस्कारको व्यवस्था गर्ने जिम्मेवारी पाएका यमराज पनि अनिष्ट निरोधक, भगिनीबात्सल्य लिन बहिनी यमुनासँग टीका थाप्न जान्छन् । चण्डीपूर्णिमा अथवा बुद्ध जयन्तीमा बुद्धको दिव्य सन्देश हो–अहिंसा, दया, करुणा, शान्ति । सारमा भवतु सब्व मंगलम । ल्होसारहरू १, २, ३ । म्ह पूजा तथा शरीर पूजा । सबैको आदर्श हो–भवतु सब्ब मंगलम् । बौद्ध संस्कृतिमा वर्षावासको विशेष महत्व छ । वर्षावासमा वर्षा क्रृतुको तीन महिना एकान्त ठाउँमा प्रकृतिसित वास बस्ने हो । त्यस अवसरमा बौद्ध भिक्षुहरू छिमेकमा हुने गृहस्थसँग भिक्षाटन गरी संक्षिप्त रूपमा सात्विक भोजन गर्छन् । मुसलमानहरूको मोहर्रममा एक महिना कडा उपवासको नियम छ । यसमा सूर्योदय हुनुभन्दा पहिल्यै अन्नपानी जे खानुपर्छ खाई सूर्यास्त नहुँदासम्म पानी पनि नखाएर उपवास बस्नुपर्छ । सूर्यास्तपछि मात्र सामान्य भोजन हुन सक्छ । आफ्ना आराध्यदेवको नाममा मुसलमानहरूले गर्ने यो उपासना सबभन्दा कठोर उपासना मानिन्छ । हिन्दू धर्ममा उपासनाको त्यत्तिकै महत्व छ । मुस्लिम धर्ममा पनि उपासनालाई महत्व दिएको देखियो । बौद्ध धर्ममा उपासना नै तपस्याको मूल आधार हो । हिन्दू, इश्लाम र बौद्ध धर्मावलम्बीहरू सांस्कृतिक रूपमा यस प्रसँगमा एकदमै नजिक रहेर अगाडि बढेको पाइन्छ । हिन्दू धर्मशास्त्रीहरूले त बुद्धलाई आफ्ना परमेश्वरको नवौं अवतार नै मानेका छन् ।
जस्तै–
मत्स्य, कुर्म, बराहश्च नारसिंहश्च बामनः ।
रामो रामश्च कृष्णश्च बुद्धकल्की तथैवच ।
यहाँ एउटा स्थानीय प्रसँगको चर्चा गरौं, यो प्रसँग एउटा तथ्यगत प्रसँग हो । यस पंक्तिकारको जन्म ठाउँ चिदिका ठूलाखर्क हो । यो ठाउँ अर्घाखाँची जिल्लामा पर्छ । चिदिका पहिला गाउँ पञ्चायत थियो । पछि गाउँ समिति बन्यो । त्यसपछि छत्रदेव गाउँपालिकाको १ नम्बर वडा बन्यो । त्यहाँ म्यालटुप्पा भन्ने गाउँ छ । अलि माथि पहिल्यै बल्कोट गाविसमा पर्ने अर्बून गाउँ छ । ती दुवै मुसलमानबस्ती भएका सुन्दर गाउँ हुन् । ती गाउँमा मुसलमान अर्को शब्दमा मियाँहरू र छरछिमेकका हिन्दूहरू आपसमा भाइभाई बनेर बसेका छन् । ती दुई मुस्लिम गाउँ र छिमेकका अरू हिन्दु गाउँहरू वास्तवमा अद्वितीय नमूना नै बनेर रहेका छन् । त्यहाँका मियाहरू त्यहाँका बाहुन, क्षेत्री, दमै, कुमाल आदि हिन्दूहरू जस्तै खेतीपाती त गर्छन्, अलिकति व्यापारमा पनि रमाउँछन् । त्यहाँ आपसमा क्रृण, धन, सरसापट, ऐंचोपैंचो, जन्ती मलामी, सबै सुमधुृर सम्बन्धका साथ चल्छ । मियाँहरू दसैंको फूलपातीमा सामेल हुन्छन् । सरायँ हेर्छन् । यहाँसम्म कि मियाँहरूले हिन्दुहरूले नजोत्ने भनेर औंसी पूर्णिमा हलो जोतेनन् । दसैंमा हिन्दूहरूको कोटमा परेवा उडाए । तीजमा दर खाए । डाँडामा गएर गीत गाउँदै तीजको नाच नाचे । मान्नुपर्छ यो समझदारीलाई ।

त्यस्तै मियाँहरूको मोहर्रममा हाइदोस हेर्न हिन्दूहरू म्यालटुप्पाको मस्जिदमा जान्छन् । कुनै अनिष्ट भैरहेको जस्तो लागेमा हिन्दूहरू मस्जिदमा ताजिया चढाउने र चिनी चढाउने गर्छन् । बकरिदमा मियाँहरूले बोकाको कुर्वानी दिने चलन छ । कुर्वानीको प्रसाद हिन्दू मित्रहरूलाई पनि बाँड्छन् । एउटी रेउली भन्ने मियाँ आमै मेरी आमाकी साथी थिइन् । तिनी आफै हरेक वर्ष बकरइदको प्रसाद लिएर हामीकहाँ आउँथिन् । यस्तै दसैं तिहारको रोटी प्रसाद मियाँहरूको घरमा हिन्दुहरू सप्रेम पठाउँछन् । सेल, फिनी, अर्सा आदि रोटीहरू शिष्टाचारको रूपमा बाँडीचुँडी खाइन्छ । अहिले बसाइसराइको कारणले यो काम अलि पातलो अवश्य भएको छ ।

यहाँ उल्लिखित धेरैजसो चाडपर्व ज्ञानबद्र्धक भन्दा फलको बढी अपेक्षा गर्ने खालका छन् । ज्ञानबद्र्धक चाडपर्व पनि कति छन् कति । हिन्दू धर्म शास्त्रमा भागवत महापुराण लगायतका अठार पुराण कथायज्ञ, श्रीमदभागवत गीता, स्वस्थानी ब्रत कथा, सत्यनारायण पूजा, लाखबत्ती प्रज्वलन, रुद्राभिषेक, रामलीला, महाभारत कथा लगायतका थुप्रै ज्ञान पर्वहरू हामीकहाँ प्रशस्त छन् । यी सबै ज्ञानको मूल आधार चार वेद हुन् ।

  • विभिन्न जातजाति, भिन्न भिन्न संस्कार र संस्कृतिका फूलहरू फुल्ने फूलवारी हो नेपाल । विविधतामा एकता र एकता र समन्वयको नेपाली धरातलमा फक्रेका विभिन्न चाडपर्वहरूको अन्तर्निहीत निर्देशन छ–नेपालीहरू, तिमीहरूकहाँ सांस्कृतिक एवं धार्मिक सहिष्णुताको अनमोल निधि छ, यसलाई सुद्धृढ गर्दै जोगाई राख । यसैमा तिम्रो सुन्दर भविष्य निहीत छ ।

बुद्ध धर्मको अभीष्ट नैतिक शिक्षा हो । यसका लागि त्रिपिटक तथा महात्रिपिटक पाठ, धर्मदेशना (जातक कथाहरू) जस्ता नीतिग्रन्थहरूबाट निर्देश प्राप्त गरिन्छ । यहाँ रागात्मक अभीष्टलाई ठाउँ छैन । बाइबल क्रिश्चियन धर्मावलम्बीहरूको धर्मग्रन्थ हो । यसलाई परमेश्वर इशुक्रिष्टको बाणी भनिन्छ । क्रिश्चियन धर्मावलम्बीहरू मानव सेवालाई नै धर्म मान्छन् । उनीहरू भन्छन्–जुन मानिसले शत्रुलाई माया गर्न सक्दैन, त्यसले मानव सेवा गर्न सक्दैन । इश्लाम धर्मका अनुयायी हुन् मुसलमान । यिनको धर्मग्रन्थ कुरान हो । यसमा जोसुकैलाई ठग्नु, चोर्नु, सताउनु, पिट्नु, मार्नु, दुःख दिनु जस्ता परपीडालाई पाप भनिएको छ र जोसुकैको उपकार गर्नुलाई धर्म मानिएको छ । भनेपछि सम्पूर्ण धर्महरूको साझा अभीष्ट सेवा नै हो, कल्याण हो । शान्ति हो । एउटै शब्दमा परोपकार हो । मात्र सहिष्णुताको खाँचो छ । यो हामीकहाँ विद्यमान छ । मात्र यसलाई बरकरार राख्न जरुरी छ ।

विभिन्न जातजाति, भिन्न भिन्न संस्कार र संस्कृतिका फूलहरू फुल्ने फूलवारी हो नेपाल । विविधतामा एकता र एकता र समन्वयको नेपाली धरातलमा फक्रेका विभिन्न चाडपर्वहरूको अन्तर्निहीत निर्देशन छ–नेपालीहरू, तिमीहरूकहाँ सांस्कृतिक एवं धार्मिक सहिष्णुताको अनमोल निधि छ, यसलाई सुद्धृढ गर्दै जोगाई राख । यसैमा तिम्रो सुन्दर भविष्य निहीत छ । नेपालमा चाडपर्व मनाउने सन्दर्भमा वर्तमानमा जुन स्वरूप बनेको छ यसमा अलिकति टिप्पणी गर्नुपर्ने भएको छ । चाडपर्व मनाउँदा त्यसमा सर्वप्रथम सत्व गुणको अपेक्षा रहन्छ । त्यसपछि अपेक्षित सद्भावका लागि निष्ठाको प्रयोजन हुन्छ । यो पक्ष अहिले गौण हुँदै गएको छ र आडम्बरले मुख्य रूप लिएको छ । चाडपर्व फेशन बनेका छन् । सत्व र सात्विकता समाप्तप्राय भई रजोगुण र तमोगुणको दवदवा चलेको छ । यसको कारण ज्ञानपर्वहरू गौण हुँदै जानु हो । धर्म, दर्शन, नीति तथा अध्यात्मज्ञानको प्रसारण गर्ने कथा प्रवचनपरक पर्वहरूको कन्जुस्याइंले चाडपर्वहरूको सैद्धान्तिक धरातल कमजोर भएको छ र चाडपर्वमा अपेक्षित सत्वगुण निरीह भएको छ । यसैको कारण हो–ग्रहपूजा÷ग्रह काट्ने पूजा खूव गरिन्छ । यो काम ग्रहले गर्ने अनिष्टको भयले गरिन्छ । ग्रहपूजामा कालो कपडा, मास, फलाम जस्ता दानको बढी प्रयोजन देखाइएको छ । अहिले कुलायन पुजा एकदमै तामझामका साथ गरिन थालेको छ । यसमा शास्त्रनिर्देशित भनेर पशुवलीको प्रचलन धेरैमा छ । यद्यपि यो कुरा प्रतीकात्मक हुनुपर्ने होला । तर, अहिले यसलाई पशुवलीकै रूपमा व्यापक बनाइएको छ । मांसाहारको प्रयोजनमा यसको दवदवा बढेको हो । दानयज्ञहरू शान यज्ञमा परिणत भएका छन् । विवाह–चार पाँचवटा छन् । एक–जनैसुपारी । दुई–मेहेन्दी । तीन–हल्दी । चार–कन्यादान तथा सिन्दुरवाला मूल विवाह । ग्रान्डभोज । दहेजमा शान ।
न्वारनदेखि भातख्वाइसम्मको कर्मकाण्डमा पूजाकर्म भन्दा भोजलाई बढी महत्व दिन थालिएको छ । विदेशबाट रेमिटान्ससित बत्ती निभाएर बर्थ डे मनाउने प्रचलन आयो । बत्ती बालेर उज्यालोतिर जाने संस्कारलाई विस्थापित गर्दै अँध्यारो गन्तव्यलाई रोजिएको छ । मृत्यु संस्कारको किरिया कर्मवाला कर्मकाण्ड अत्यन्तै कठोर र महँगो बनाइएको छ । अहिलेको अवस्था भनेको एउटा कालखण्डमा परम्परागत आजा पूजा, पितृकार्य, देवकार्य, कथा प्रवचन जस्ता धर्मकर्मलाई अन्धविश्वास भनी बहिष्कार गर्नेहरूले पनि मसक्कै स्वीकार गरिकन अवलम्बन गरेको अवस्था हो । बहिष्कार गर्नेहरूले सहसा अवलम्बन मात्र गरेका छैनन्, धेरैजसो त एकदमै कर्मकाण्डी पो बनेका छन् । तिनको छाँटकाँट हेर्दा तिनको निष्ठा कतै अन्धनिष्ठा त छैन जस्तो पनि लाग्छ । कतै प्रायश्चित्त त गरेका छैनन्, जस्तो पनि लाग्छ । अहिले बजारीकरणको टड्कारो अवस्था छ । अहिले धर्मकर्मको सम्पूर्ण कर्मकाण्डलाई बजारीकरण गरिएको छ । सामान्य जन्म मृत्युका संस्कार कर्मदेखि ठूलाठूला महायज्ञमा सम्म ठूलो जमघट जुटाएर ‘इज्जत’ बनाउने काम प्रतिष्पर्धात्मकरूपमा भैरहेको छ । ‘इज्जत शो’ मा नेता, कार्यकर्ता, सरकारी हाकिम, शिक्षक, प्रशिक्षक, उद्योगी व्यापारी, मान्नेगुन्ने, भद्र भलाद्मी सम्पूर्णको उपस्थिति वान्छनीय हुन्छ । निम्तारुहरूलाई भ्याइनभ्याइ छ । नेतालाई देशको बारेमा गम्भीर भएर सोंच्ने फुर्सद छैन । भोट चाहिने नेतालाई भने निम्ता मान्दामान्दै थुप्रै जनासित एउटै घरदैलो हुने अवसर बनेको छ । हाकिमहरूलाई अड्डामा बसेर जनसाधारणको काम गर्ने समय पुग्दैन । शिक्षक प्रशिक्षक स्कुल कलेजमा उपस्थित हुन भ्याउन्नन् । उद्योगी व्यापारीलाई पनि कारोबारमा अलिकति दख्खल पर्छ । मान्यजन, भद्रभलाद्मीलाई फरक नपर्ला । यहाँ भन्न खोजिएको कुरा के हो भने उल्लिखित जनशक्ति आफ्नो क्षेत्रमा यसरी अनुत्पादक हुन गएको छ । श्रम गर्ने बलियो जनशक्ति यहाँ छैन । अरवतिर गएको छ । भनेपछि के भैरहेको छ आफै कल्पना गरौं ।

उत्पादन र उत्पादकत्व जे छ त्यो चाहिं वस्तुतः कर्मकाण्ड हो । यो नभै कुनैपनि धर्मकार्य, यज्ञयागादि सम्भव छैन । यस अर्थमा कृषि, शिक्षा, उद्योग व्यवसाय तथा व्यापारको उत्पादकत्व नै धर्म, संस्कार, संस्कृति र राजनीति समेतको मूल आधार हो । तर, बौद्धिक र शारीरिक दुवै श्रम शक्तिलाई यसरी निरश्त्र बनाएर विस्थापित गर्दा अधोगति बाहेक केही हात लाग्ने छैन । दुःखका साथ भन्नु पर्छ उत्पादन र उत्पादकत्वको यस्तो प्रतिकूल अवस्थामा धर्म र संस्कृतिमा अन्तर्निहीत पारस्परिक सद्भाव, सबैको सुख, सबैको कल्याण, सबै सबैका लागि भन्ने हाम्रो धर्मनिष्ठा स्वतः क्षीण हुँदै जाने हुन्छ । एउटा यज्ञ लगाउने, यसबाट यति अर्थ संकलन गर्ने भनेर बजेट बनाउने, उपनयन होस् वा विवाह होस् प्रशस्त जिन्सी नगदी उपहार संकलन गर्दै इज्जत पनि संकलन गर्ने जस्ता घाटानाफाका व्यापारले हाम्रो उच्च संस्कृतिको उच्च आदर्शमा आँच आउँछ आउँछ । आफ्नो संस्कृतिको आँतमै आँच आउने कुरा सामान्य हुन सक्दैन । यसमा सबै सम्बद्ध पक्ष अत्यन्तै गम्भीर भएर संवेदनशील हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?