ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

कार्यदलले भेटाउला बुटवलमा पार्किङ ?

१३ माघ २०८०, शनिबार
१३ माघ २०८०, शनिबार

बुटवल , १३ माघ– बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ ।  गठित कार्यदलको बिहिबार बुटवल उद्योग वाणिज्य संघमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निश्कर्षमा पुग्नेगरी तयारी गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य संघको अग्रसरतामा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षिय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो । सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती स्थानलाई व्यवस्थापन मिलाउन प्राविधिक पक्षलाई समेत विश्लेषण गरेर एउटा निश्कर्षमा पुग्ने निर्णय गरिएको कार्यदलका संयोजक समेत रहेका बुटवल ५ का वडा अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार तत्कालको लागि लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गा, लुम्बिनी प्रदेश पमुखको कार्यालयको छेउमा रहेको खाली जग्गा, बुटवल बालमन्दिर लगायतका स्थानलाई पार्किङको रूपमा प्रयोग गर्न सकिन्छ । ती ठाउँलाई कसरी प्रयोग गर्ने, पार्किङको लागि सम्भावित सवारी साधन कति छन्, कति ठाउँ चाहिन्छ जस्ता कुराहरूलाई स्थलगत निरीक्षण गरी प्राविधिकसंग बसेर मसिनोसंग विश्लेषण गरेर अगाडि बढ्ने उहाँले जानकारी गराए ।

पार्किङ व्यवस्थापनको लागि कार्यदलले सुरुवाती समयमा बजार क्षेत्र वडा नं. ४, ५, ६ र ८ मा पर्ने अमरपथ, संगमपथ, राममन्दिर लाईन, विपि चोक, ट्राफिकचोक तथा अस्पताललाईन (भुड्की चोक) मा पार्किङको वैकल्पिक व्यवस्थापनमा जुटेको हो । यो दीर्घकालिन व्यवस्थापन भने होईन । दीर्घकालिन समस्या समानको लागि योजना बनाएर काम गर्नुपर्छ । पार्किङ समस्यालाई दीगो रूपमा समाधान गर्नको लागि सबैभन्दा पहिला व्यवस्थापन योजना निर्माण गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका ईञ्जिनियर गोविन्द पंगेनी बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गामा कम्प्लेक्स बनाउने योजना छ । त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्गको तिनाउ पुलमा सिग्नेचर ब्रिज बनाउने योजना छ । यी पूर्वाधार निर्माण गर्दा पार्किङ मात्रै नभएर यहाँको ट्राफिक व्यवस्थापन पनि अझै कठिन हुनेछ । ईञ्जिनियर पंगेनीका अनुसार त्यसलाई पनि मध्येनजर गरेर पार्किङ व्यवस्थापनको योजना बनाउनु पर्छ ।
बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार समेत खस्किदैँ गएको र व्यापार व्यवसायलाई लयमा फर्काउनको लागि पार्किङ व्यवस्थापन अतिआवश्यक भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले बताए । उनले पार्किङ समस्या समाधान हुन सकेन भने भोलीका दिनमा बजार नै विस्थापित हुनसक्ने र त्यतिवेला आफ्ना घरका सटरहरू खाली हुने स्थिती आउन नदिनको लागि समयमै गम्भिर हुन त्यस क्षेत्रका घरधनीलाई आग्रह गरे ।

बनाईने ट्राफिक व्यवस्थापन योजना स्थानीय सरकारले पनि स्वामित्व ग्रहण गर्ने खालको हुनुपर्छ । जसले गर्दा कार्यान्वयन गर्न सहज हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकी प्रहरी निरीक्षक शोभा पाण्डे बताउँछिन । त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले पार्किङका लागि आउने सवारी साधन, ठूला गाडिलाई बजारमा छिर्न दिने नदिने, रिक्साको सहज व्यवस्थापन सबैकुराको सम्बोधन हुनेगरी योजना बनाउन सकियो भने कार्यान्वयनमा पनि सहज हुने र त्यसले ट्राफिक व्यवस्थापनलाई पनि सहयोग गर्ने बताए ।

कार्यदलका सदस्य समेत रहेका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनीले वडा अध्यक्षले नै नेतृतव गरेको र कार्यदलको सदस्यमा पनि वडा अध्यक्ष सहित सरोकारवाला रहेकाले कार्यदलले बनाउने योजना कार्यान्वयनमा समस्या नहुने भनाई राखेका थिए । कार्यदलमा प्रदेश ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बुटवल, बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही व्यापार संघ, उद्योग व्यापार संघ लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरू सदस्यको रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?