© २०२३
सुनवल, १३ माघ । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवस देशभर विभिन्न कर्यक्रम गरी मनाईयो । दिवसकै अवसरमा नवलपरासीको महेसपुर नाकामा रहेको महेसपुर भन्सार कार्यालय पनि समान्य औपचारिक कार्यक्रम सम्पन्न भयो, भन्सार दिवसको अवसरमा उत्साह मान्नुपर्ने महेसपुर भन्सारमा कुनै कारण छैन् । लक्ष्यको आधा पनि राजश्व संकलन हुन सकेको छैन् तर यस प्रति कसैको चासो र चिन्ता छैन् । भन्सार कार्यालयमा हरेक वर्ष जस्तो फेरिने नयाँ हाकिमले भन्सारमा आवश्यक पुर्वाधारको व्यवस्था गर्न केहि पहल त गर्छन् तर उनिहरूको केही लाग्दैन् ।
पुर्वाधार अभावमा जिल्लाको एक मात्र मुल भन्सार, महेसपुर भन्सार कार्यालयको राजश्व संकलनमा असर परिरहेको छ । छोटी भन्सार बाट मुल भन्सारको रूपमा स्तरउन्नती भएको पाँच वर्ष पुरा भईसकेपनि आवश्यक पुर्वाधारको व्यवस्था नहुदा आर्यात निर्यातमा समस्या हुदै आएको छ । मुख्य आवश्यकता प्लान्ट क्वारेन्टाईनको व्यवस्था नहुदा भन्सार कार्यालयले लक्ष्यको आधा पनि राजश्व संकलन गर्न नसकेको भन्सार अधिकृत वुद्धिकुमार चुडाँलले बताए ।
गएको जेठ महिनामा भन्सार विभागले प्लान्ट क्वारेन्टाईन कार्यालय नभएको महेसपुर भन्सारमा भैरहवा भन्सार बाट कर्मचारी खटाई सेवा सुरु गर्न पत्राचार गरेपनि हाल सम्म कार्यान्वयनमा आउन सकेको छैन् । भैरहवामा रहेको प्लान्ट क्वारेन्टाईन कार्यालयले कर्मचारी अभाव देखाउदै महेसपुर भन्सार विन्दुमा सेवा दिन नसक्ने जवाफ दिएको चुडाँलले बताए । जनशक्ति अभाव रहेको भन्दै भैरहवाले महेसपुरमा कर्मचारी पठाउन नसक्ने भनेपछि एक जना कर्मचारीबाट सुरु गर्ने भनिएको प्लान्ट क्वारेन्टाईनको काम अघि बढ्न सकेन् उनले भने ।
अन्य दुई जिल्लाका भन्सारमा यस्तै प्रकृतिका सेवा सुरु भएपनि नवलपरासीमा भने भैरहवाको अनिच्छाका कारण हुन नसकेको भन्सार कार्यालय स्रोतको भनाई छ । भैरहवाका ठुला हाकिम देखिमाथि सम्म महेसपुर बाट काम होस् भन्ने चाहदैनन् जसका कारण एक जना कर्मचारी पनि नपठाउदा प्लान्ट क्वारेन्टाईन स्थापना हुन सकेन्, एक कर्मचारीले भने । भैरहवामा रहेको प्लान्ट क्वारेन्टाईन कार्यालयको मातहतमा महेसपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सम्र्पक बिन्दु स्थापना गर्ने प्रधानमन्त्री तथा विभागिय मन्त्रिहरूको २०७८ सालको असोजमै निर्णय भएको थियो । सोहि अनुरूप कृषि मन्त्रालयले प्लान्ट क्वारेन्टाईन तथा विषादि केन्द्र हरिहर भवन ललितपुरलाई पत्राचार गरेको थियो ।
पत्रमा तत्कालका लागी आवश्यक अवरोध हटाई भैरहवामा रहेको प्लान्ट क्वारेन्टाईन बाट एक जना कर्मचारी खटाएर आवश्यक निरिक्षण तथा परिक्षण र छोडपुर्जि जारी गर्न क्वारेन्टाईन सम्र्पक बिन्दु स्थापना गर्न निर्देशन दिईएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरी भन्सार विभागले गत जेठ २४ गते भैरहवा क्वारेन्टाईनबाट आउने कर्मचारीलाई कार्यकक्षको व्यवस्था गर्न भनेर महेसपुर भन्सार समेतलाई पत्राचार गरेपनि कार्यान्वयन भने हुन सकेन् । हामिले छुट्टै कार्यकक्ष पनि व्यवस्था गरेका थियौँ तर अन्तिम समय सम्म काम हुन सकेन्, कसरी रोकियो हामि पनि अच्चम्मित छौ भन्सार प्रमुख चुँडालले भने ।
भन्सार गृह, भण्डार गृह, क्वारेन्टाईन चेक पोष्ट, खाद्य परिक्षण प्रयोगशाला सवारी पार्किङ्ग लगायतका आधारभुत पूर्वाधार निर्माण हुन सके महेसपुर भन्सार हँुदै आयात र निर्यात बढ्ने कार्यालको दाबी छ । २०७५ साल साउन १ गते महेसपुर भन्सारलाई मुल भन्सारको रूपमा स्तरोन्नति गरिएको थियो । जिल्लामा रहेका अन्य छोटी भन्सार पनि बन्द रहेको अवस्थामा महेसपुर भन्सारबाट आयात निर्यात झनै बढ्नुपर्नेमा घट्दो अवस्था छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा कुल लक्ष्यको जम्मा ३३ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।
यसरी राजश्व संकलन संग संगै यस क्षेत्रकै विकासमा समेत असर पारिरहेको महेसपुर भन्सार कार्यालयको कमजोर अवस्था प्रति जनप्रतिनिधिहरू पनि गम्भिर छैनन् । भाषणमा महेसपुर भन्सारको विषय पटक पटक उठ्ने गरेपनि संघिय सरकार सम्म आवाज पु¥याउने जनप्रतिनिधिको जागरुकता नभएको महेसपुरकै स्थानीय बताउँछन् ।
अहिले निर्वाचित भएका प्रतिनिधि सभा सदस्य धुव्रबहादुर प्रधान, प्रदेश सभा सदस्य वैजनाथ कलवारले पनि महेसपुर भन्सारको अवस्था सुधारको विषयलाई जोडतोडका साथ उठाउन सकेका छैनन् । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले कृषि मन्त्रालयनै सकारात्मक नहुदा भन्सारमा प्लान्ट क्वारेन्टाईन स्थापना हुन नसकेको बताए । उद्योगी व्यवसायीले पनि पटक पटक यस विषयमा कुरा उठाएपनि सुनुवाई नभएको भण्डारीले बताए ।