ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

नाडा लुम्बिनीको पद स्थापन

ब्यवसायीको समस्यामा सरकारलाई गम्भिर बन्न सुझाव
१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

बुटवल, १२ माघ । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) लुम्बिनी को तेस्रो साधारण तथा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद स्थापन भएको छ । अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) केन्द्रका केन्द्रिय सदस्य नवराज भुषालले नवनिर्वाचित अध्यक्ष गणेश प्रसाद भट्टराईलाई पदस्थापन गराए । केन्द्रिय सदस्य भुषालले संस्थागत विकासमा जोड दिन सुझाव दिए । भौतिक पूर्वाधार सम्पन्न भएमात्र कार्यसम्पादन राम्रो हुने भन्दै ब्यक्तिगत रुपमा भवन निमार्णमा ५ लाख रुपैया सहयोग गर्ने तथा श्रोत खोजेर थप ५ लाख रुपैया जुटाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गणेश प्रसाद भट्टराईले सबैको सहयोगमा उत्कृष्ट कार्यकाल बनाउने गरि अघि बढ्ने प्रतिवद्घता जनाए । सरकारलाई कर तिरेअनुसार नै आफ्ना अधिकारको विषयमा निरन्तर आवाज उठाउने बताए । अटो ब्यवसायीहरुको पिडामा संस्थागत सधै एकजुट हुने उनले बताए । नाडा केन्द्रमा निर्वाचित केन्द्रीय अध्यक्ष करण चौधरीको टिमलाई नाडा लुम्बिनीबाट साथसहयोग रहने नाडा लुम्बिनीका अध्यक्ष भट्टराईले बताए।

कार्यक्रममा नाडाका संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वलीले सरकारबाट आवश्यक पहल गर्नुपर्ने अवस्था आएको बताए । बैक वित्तिय संस्थाहरु आफुहरु ठगिनुपरेको उनले गुनासो गरे । लोन थप्दै जाने र ब्याज बढ्ने जस्तो जटिल अवस्थाका कारण ब्यवसायमा त्रास आएको उनले बताए । अटो ब्यवसाय आर्थिक कारण आईसियुमा परेको भन्दै अब भेन्टिलेटरमा लैजाने की उपचार गरेर निको बनाउने भन्ने सरकारबाट निर्णय गर्नुपर्ने अवस्था आएको बताए । आफुहरु १४ बुदे मागपत्र सहित सरकारलाई ध्यानाकर्षण गराउने गरि छिटोभन्दा छिटो एक्सनमा लाग्नुपर्ने उनले बताए । निक्कै गम्भीर अवस्था आएको भन्दै संस्थागत पहलमा जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम फौदार, सल्लाहकार गोपाल पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण भण्डारीले स्थापनाको छोटोसमयमा ब्यवसायिक हकहितसंगै सामाजिक कार्यमा उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।

नाडाको प्रथम बैठकबाट विभिन्न निर्णय पारित
यसैबिच शुक्रबार नै बसेको नाडा लुम्बिनीको पहिलो बैठकबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैठकबाट दुई जना सदस्यहरु भुमि सापकोटा (रुपन्देही) र शेषमणि गौतम (दाङ) मनोनित गरिएको छ । यसैगरि संघको सल्लाहकारमा गोपाल पाण्डे, अधिबक्ता कृष्ण पाण्डे, प्रेम फौदार, सन्तोष पाण्डे, रबिन्सन श्रेष्ठ, नेत्र ज्ञवाली मनोनित गरेको छ ।

यसैगरि संस्थाको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठ, कपिल ज्ञवालीलाई मनोनित गरिएको नाडाका महासचिव राम प्रसाद बेल्बासेले बताए । यसैगरि संस्थाबाट लुम्बिनी प्रदेशस्तर अटो शो आयोजना गर्नका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डेलाई जिम्मेवारी दिईएको छ । यसैगरि विभिन्न कार्यक्रमका संयोजकहरु समेत तोकिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?