© २०२३
सल्यान, ११ माघ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको पालिकास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी विहीबार सम्पन्न भएको छ । गाउँपालिकामा १४ वटा आधारभूत तथा माध्यमिक विद्यालयमा १० देखि १९ वर्ष उमेर समूहका १९ सय बढी किशोरीहरुले आइरन फोलिक एसिड चक्की खाने गरेका छन् ।
गोष्ठीमा आइरन फोलिक एसिड चक्की नियमित (साप्ताहिक) रुपमा खुवाउन, हरेक अभिलेख व्यवस्थित र सुरक्षित राख्न आग्रह गरिएको थियो । पहिलो चरण अन्तर्गत साउन, भदौ र असोज अनि दोस्रो चरणमा माघ, फागुन र चैतमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाइने गरिएको छ ।
आइरन फोलिक एसिड चक्कीले किशोरीहरुमा हुने रक्त अल्पता र जन्म दोषको समस्याबाट बचाउन सहयोग गर्दछ । बौद्धिक क्षमता बढाउन पनि यी औषधिको भूमिका महत्वपूर्ण मानिन्छ ।
कार्यक्रमबारे जानकारी गराउँदै गाउँपालिकाका स्वास्थ्य संयोजक केशरीदेवी भट्टराइले विद्यार्थीबाटै उनीहरुको स्वास्थ्य र पोषण स्थितिमा सुधार गर्ने, विद्यालयको वातावरणलाई स्वस्थकर बनाउन सुधार गर्ने, स्वास्थ्य तथा पोषण सम्बन्धी बानी व्यवहारमा सुधार गर्ने, सामुदायिक सहयोग प्रणाली र नीतिगत वातावरण सुधार तथा सुदृढ गर्ने विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका उद्देश्यहरु रहेको बताएका थिए ।
गोष्ठीमा गाउँपालिकाभित्रका आधारभुत तथा माध्यमिक विद्यालयका प्रअ तथा प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका प.हे.न. विमला डाँगीले गर्नुभएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी