ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
सुस्ता बचाउ अभियान्ता गुरुङको प्रथम स्मृति दिवस

सुस्ताको समस्या राष्ट्रको समस्या होः सभामुख घर्ती

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

स्वस्तिक श्रेष्ठ
बुटवल, १० माघ ।

सुस्ता बचाउ अभियानका अभियन्ता स्वर्गीय गोपाल प्रसाद गुरुङको प्रथम स्मृति कार्यक्रम गरिएको छ । सुस्तास्थित जनता दलित आधारभुत विद्यालय परिसरमा मंगलबार भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश सभासद तुल बहादुर घर्तीमगर, लुम्बिनी प्रदेश सभासद देवकरण कलवार, अभियानका सल्लाहकार कृष्ण शर्मा गैरे, सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्याय, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका निर्देशक ओम बहादुर खड्का, सुस्ता वडा नं ५ का वडाअध्यक्ष प्रभुनारायण यादव, महिला नेतृ नुर जहाँ लैला वेगम, स्वर्गीय गुरुङका छोरी वसन्त गुरुङले स्वर्गीय गोपाल प्रसाद गुरुङ र स्वर्गीय रामानन्द हरिजनको तस्विरमा माल्यापर्ण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभासद तुल बहादुर घर्तीमगरले सुस्ताको समस्या देशकै समस्या भएको बताए । ‘सुस्ताको समस्या राष्ट्रको समस्या हो’—उनले भने । शक्तिशाली देशले कमजोर देशमात्र नभई शक्तिशाली मानिस वा जनावरले कमजोरलाई दमन गर्ने प्रवृत्ति विश्वब्यापी नै हुने गरेको बताए । सुस्ताको प्राकृतिक प्रकोपका कारण हराएको जग्गा बिबादित बनेको उनले बताए । लालपुर्जा र नागरिकताको समस्यालाई संघ सरकारबाट टुग्याउनुपर्नेमा दुईमत नरहेको उनले बताए । देशको अधिकांश सिमामा समस्या भएमध्ये सुस्ता सबैभन्दा महत्वपूर्ण र संवेदनशील स्थान भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद देवकरण कलवारले विकास प्रकिया भएको बताए । सुस्ताको विकास र शान्ति कायम गर्नका लागि आफू सधै अगाडि उभिने बताए । सुस्तामा सडक निर्माण, जनता आवास कार्यक्रम चलिरहेको उनले बताए । सुस्ताबासीको पिडालाई मलहम लगाउने गरि अभियान थाल्न उनले आग्रह गरे । प्रदेश सरकारको ३ लाख ४० हजार लागतमा बन्ने जनता आवास परियोजना चलाएर सुस्तमा विकास शुरु गरेको उनले बताए । जसअन्तरगत १५० घर बन्दै छन ।

कार्यक्रममा युवा अभियन्ता योगेन्द्र गौतमले स्वर्गीय गुरुङको सामाजिक रुपान्तरण र सुस्ता बचाउन अभियानमा गरेका योगदान बारेमा चर्चा गरे । गुरुङ प्रहरी सेवाबाट सेवानिवृत भएपछि समेत समाज र देशका लागि नै महत्वपूर्ण योगदान दिएको उनले बताए ।
कार्यक्रममा नेकपा केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण शर्मा गैरेले देशको पुर्वपश्चिम सिमामा एउटै समस्या भएको बताए ।

कार्यक्रममा सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सिमामा खटिदा यहाका बासिन्दाहरुको पिडालाई बुझेका स्व गुरुङ सेवानिवृत्त भएपछि यहि आएर निरन्तर लागेको बताए। स्थानियसंग अभियानलाई साथ लिएर नेपाली भुमि बचाउन गुरुङको योगदान महत्वपूर्ण रहेको उनले बताए । सिमाकन (दशगजा) नभएको कारण जग्गा नाप्न रोकिएको उनले दुखेसो गर्दै संघ सरकारबाट नै यस विषयमा चासो लिनुपर्ने बताए । लालपुर्जा भएको, स्वामित्वमा रहेको जग्गाधनीको समेत तिरो लिन कार्यालयलाई समस्या आएको उनले बताए ।
कार्यक्रममा सुस्ता वडा नं ५ का वडाअध्यक्ष प्रभुनारायण यादवले नागरिकता, जग्गाको समस्या समाधानका लागि निरन्तर आफुहरु आवाज उठाउदै आएको बताए ।

कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा भुमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले पुर्जा भएकालाई तिरो चलाउने र यथासम्भव कार्यान्वयन गराउने, बाढिपिडितका रुपमा नापनक्शा भएको जग्गामा प्रतिऐलानी जग्गामा बसोबास गरेर सिमा र सार्वभौमिकताहरु लडाईमा रहेकाहरुलाई जग्गा बिहिन बनाउन नहुन उनको तर्क छ । सुस्ता विशेष हो भनेर समस्या फुकाउन स्थानिय सरकारबाट काम थालनी गर्नुपर्ने उनले बताए ।

भारतबाट मात्र नभई नेपाल सरकारबाट समेत आफुहरु पिडित भएको महिला नेतृ नुर जहाँ लैला वेगमले बताईन । हरेक कामका लागि भारतमा निर्भर हुनुपरेको भन्दै भारतीय प्रहरीबाट परिचय माग्ने तर आफुहरु त्यसबाट बन्चित हुनुपरेको उनले दुखेसो गरिन ।

कार्यक्रममा कार्यबाहक अध्यक्ष आदम हुसेन खाँले स्व गुरुङको योगदानबारे स्मरण गर्दै धेरै काम गर्न बाकि रहेको बताए । सुस्ताको विषयमा स्थानिय, प्रदेश सरकारबाट कुरा उठ्नु पनि निक्कै ठूलो कुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?