© २०२३
दाङ,९ माघ।
घाेराही उपमहानगरपालिकाकाे न्यायीक समितिले चालू आर्थिक वर्षकाे बितेकाे ६ महिनामा ४५ वटा विवाद मिलापगर्न सफल भएको छ ।
पालिकाकाे कानुनी मामिला शाखाले मंगलबार दाेस्रो त्रैमासिकसम्ममा सम्पादित कार्य प्रगतिकाे बारेमा जानकारी दिन आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २२ वटा र चालू आर्थिक वर्षको २३ वटा गरि ४५ वटा विवादकाे मिलापत्र गराउन सफल भएको छ ।
इजलासमार्फत कार्य सम्पादन गर्दै आएकाे न्यायीक समितिले स्थानीय सरकार संचालन ऐनकाे दफा ४७ काे उपदफा १ अनुसार ११ वटा, उपदफा २ अनुसार ९ वटा तथा जिम्मेवारी सरीआएका २२ वटा विवादकाे मिलापत्र गराएकाे न्यायीक समिति संयाेजक एवम् उपप्रमुख हुमा डिसीले जानकारी दिइन। । उनका अनुसार, उपदफा १ अनुसारका २२ वटा विवाद र उपदफा २ अनुसार १६ वटा विवाद दर्ता भएका थिए । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षका गरि कुल ९७ वटा विवाद मध्ये अब फर्छ्याैट हुन ५२ वटा विवाद बाँकी छ । उपदफा १ अनुसार आलीबाँध, पानी कुलाेका ३ वटा, ज्याला मजदुरी नदिएकाे ३ वटा, ज्येष्ठ नागरिक पालन पाेषण हेरचाह नगरेकाे १ वटा, नाबालक छाेराछाेरी शिक्षादिक्षा र पालनपोषण नगरेकाे १० वटा, घरबहाल सुविधा नदिएकाे ४ वटा, संधियारलाई असर गरि काम गरेकाे १ वटा उजुरी गरि २२ वटा उजुरी परेकाेमा ११ वटा मिलापत्र भएको छ ।
उपदफा २ अनुसार, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाकाे हककाे जग्गा अर्काेले मिचेकाे १० वटा, गाली बेईज्जती ५ वटा, अर्काकाे हक भाेगमा रहेकाे जग्गा अावाद भाेग चलन गरेकाे १ वटा गरि १६ उजुरी परेकाेमा ९ वटा मिलापत्र भएको छ । यसैगरी, अन्य उजुरी तथा निवेदनका २६ मध्ये ३ वटा विवाद मिलापत्र भएको उपप्रमुख डिसीले जानकारी दिइन् । पत्रकार सम्मेलनकाे सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गरेकी थिइन् ।