© २०२३
भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार भोलि सार्वजनिक विदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते जनवरी २२ तारिख सोमबार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले विदा दिएको हो ।
सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय ९विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय० बन्द रहने गाउँपालिकाले जनाएको छ ।
सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरुमा दीप प्रज्जवलन गर्न अपील गरेका छन् ।
साथै भोलि गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको बध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्रीवितरण समेत नगर्न उनले अपील गरेका छन् ।