© २०२३
दाङ, ६ माघ ।
तुलसीपुर उपमहानगरपालिकाले हिंसा प्रभावित महिलाहरूका लागि न्यानो कपडा वितरण गरेको छ । पालिकाको न्यायिक समिति एवम कानूनी मामिला शाखाले आयोजना शनिबार गरेर ३७ जना हिंसा पीडित तथा प्रभावित महिलालाई न्यानो कपडा वितरण गरेको हो ।
नगरप्रमुख टीकाराम खड्काले हिंसा प्रभावित महिलाहरूका लागि खाना र छानाका समस्या रहेकाले ती समस्या तत्कालै टार्नका लागि जाडोमा न्यानो किडा वितरण गरिएको बताए । उनले पितृ सत्ताका कारण समाजमा महिलाहरूले अनेकन समस्या झेल्नुपरेको बताएका थिए । उपप्रमुख स्यानी चौधरीले न्यायीक समितिमार्फत, पुनस्र्थापना, सहजीकरण, पारिवारिक द्वन्द्व, मुद्दा सुनुवाइ, परिवारको पुनर्मिलन, विभेद हटाउने काम भइरहेको बताइन् । दुबै पक्षको जित हुने गरी न्याय निरुपन गर्ने गरेको बताइन् । कानूनी मामिला शाखा प्रमुख हुमबहादुरले जाडोको समयमा थोरै मात्रै भएपनि सहयोग होस् भन्न्ो उद्देश्यले सहयोग गरेको बताए । न्यानो कपडा पाएपछि हिंसा पीडित तथा प्रभावित महिलाहरु खुसी भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी