© २०२३
बुटवल, ६ माघ ।
संवेदनशिल पेशामा रहेको चिकित्सकको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने एक कार्यक्रममा बोल्ने सरोकारवालाहरु जोड दिएका छन । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको पदस्थापन कार्यक्रममा बोल्ने चिकित्सकहरुले देशमै स्वस्थ्य सेवामा रमाएका चिकित्सकहरु सुरक्षा अभावका कारण पलायनको अवस्था आएको दुखेसो गरेका हुन । गतवर्षमात्र २ हजार ८ सय ५३ जना चिकित्सकहरु देश छोडेका छन । कार्यक्रममा २०७६–२०७८ को कार्यकालका अध्यक्ष डा ईन्द्र ढकालले २०८०–२०८३ का नवनिर्वाचित अध्यक्ष डा कृष्ण प्रसाद खरेललाई पद हस्तान्तरण गरे ।
नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा अनिल बिक्रम कार्कीले कार्यक्रमको उद्घाटन गर्दै चिकित्सक सेवा असुरक्षाको पेशा बन्दा दक्ष जनशक्ति पलायनको अवस्था बनेको दुखेसो गरे । आम नागरिकको संवेदनशिल स्वस्थ्य सेवामा रहेको चिकित्सकहरु नै असुरक्षित हुदा उनिहरु सेवा दिन समस्यामा परेको दुखेसो गरे । स्वस्थ्य सम्बन्धमा विद्यमान कानुनलाई ब्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताए । कुनै पनि अस्पतालमा हुने घटनामा दोषी पत्ता लाग्ने गरि स्पष्ट छानबिनको पक्षमा आफुहरु रहेको उनले बताए ।
नवनिर्वाचित अध्यक्ष डा कृष्ण प्रसाद खरेलले स्वस्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी हटाउने गरि अभियानलाई जोड दिने बताए । यसैगरि सरकारलाई स्वास्थ्य क्षेत्रमा नीति निर्माण, चिकित्सकहरुको सुरक्षाको विषय, चिकित्सकलाई नया नया अपडेट दिने जस्ता काममा समेत संस्थागत पहल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणीन्द्र शर्माले लोकसेवा नखुलाउदा देशभर नै चिकित्सकको अभाव देखिएको बताए । सानो संख्याको दरबन्दीमै चिकित्सक नेपालको स्वस्थ्य क्षेत्र धान्न बाध्य रहेको उनले बताए । अबको ३ वर्षभित्र देशका नगरपालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने योजना ल्याईएको भएपनि जनशक्ति कहाँबाट ल्याउने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए ।
निर्वतमान अध्यक्ष डा इन्द्र ढकालले निक्कै चुनौतीका कोभिड संक्रमणको कालमा आफुहरु काम सम्पन्न गरेको भन्दै सबै क्षेत्रको सहयोगमा धेरै गम्भिर परिस्थितीमा काम गरेको स्मरण गरे ।
नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा विश्वराज ढवाडी, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, अफिम लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद खरेल, निर्वतमान महासचिव डा सन्तोष पोखरेलले चिकित्सकहरु बिचमा भाईचारा वृद्धि गर्दै चिकित्सक र बिरामी बिचको सम्बन्ध विस्तारमा समेत जोड दिने गरि कार्यक्रमहरु चलाउनुपर्ने सुझाव दिए । २००७ सालमा स्थापना भएको संघमा हाल देशभरमा हाल १६ वटा शाखाहरु छन । ३२ वटा विशेषज्ञ सिस्टर अर्गनाइजेसन छन ।
भिडियो सामग्री