ट्रेंडिंग:

>> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण

तिलोत्तमामा खुल्यो महिला तथा बाल रोग विशेषज्ञ सेवा दिने ओम अस्पताल

समुदघाटनको अवसरमा हप्तादिनसम्म अस्पतालमा तिलोत्तमा नगरबासीलाई स्वस्थ्य परिक्षण र एम्बुलेन्स सेवा निशुल्क छ ।
६ माघ २०८०, शनिबार
६ माघ २०८०, शनिबार

बुटवल, ६ माघ । महिला र बालबालिकालाई विशेषज्ञ सेवा दिने गरि रुपन्देहीमा ओम महिला तथा बाल अस्पताल प्रालि खोलिएको छ । तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित ड्राईभर टोलमा निर्माण पुरा भई आईतबारदेखी अस्पताल औपचारिक शुभारम्भ हुने भएको हो ।
अस्पतालमा पत्रकार सम्मेलन गरि सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता गर्ने उदेश्य सहित अस्पताल स्थापना गरिएको अस्पतालका प्रबन्ध निर्देशक कमला मल्ल हमालले बताईन । अस्पतालमा २१ जना महिला र ४ जना पुरुष गरि २५ जना शेयर सदस्यहरुको करीब १० करोड रुपैया लगानीमा खोलिएको उनले बताईन । अस्पतालमा महिलाहरु नै बढी लगानी र ब्यवस्थापनमा रहेको उनले बताईन । प्रसुति सेवा, खोप, एनआईसियु, ओपिडि, २४ घण्टा ईमेरजेन्सी, अपरेसन, औषधी, प्रयोगशाला अस्पतालमा उपलब्ध हुने उनले बताईन । जनरन बेड र क्याबिनको सेवासमेत रहेको अस्पतालमा निकट भविष्यमा १ सय बेड बिस्तार गरिने उनले बताईन ।

कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्मा १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा सेवा दिने लक्ष्य रहेको बताईन । ठूलो पालिकामा समेत सेवा लिन टाढा जानुपर्ने बिरामीहरुलाई लक्षित गरि अस्पताल खोलिएको उनले बताईन । बालमृत्यु दर र आमामृत्यु दरलाई घटाउने गरि सेवा दिने लक्ष्य रहेको उनले बताईन । निजि लगानीको अस्पतालभएपनि आफुहरु अन्य निजि अस्पतालको तुलनामा न्यून रहेको उनले बताईन । आमा सुरक्षा अस्पतालमा संचालन गर्ने समेत लक्ष्य रहेको उनले बताईन । अस्पतालमा आईबिएफ सेन्टर, क्यान्सर पहिचान गर्ने र उपचार सेवा दिने समेत तयारी रहेको उनले बताईन । अस्पतालमा मेजर, माईनर गरि १५० बढि अपरेसनहरु सफलतापुर्वक सम्पन्न गरेको उनले बताईन ।

कार्यक्रममा अस्पतालका अध्यक्ष शारदा तिवारीले १५ बेडको स्विकृतिसहित बिस २०८० जेठबाट निशुल्क सेवा र साउनदेखि नियमित सेवा गरि १७ सय बढीले सेवा दिएको बताईन । नीजि लगानी भएपनि सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहने बताईन । अस्पतालमा ६५ जना कर्मचारीहरु कार्यरत छन । सुविधासम्पन्न प्रयोगशाला, ओटी सेटअप, एक्सरे सेवा, अल्ट्रासाउन्ड, गाईनो सेवा भ्यान्टिलेटरसहितको एनआईसियु सेवा र ल्याप्रोस्कपी शल्यक्रिया सेवा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?