ट्रेंडिंग:

>> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा

आन्तरिक लडाईंमा व्यवसायीका दुई खेमाः निकम्मा दल, कमजोर पुर्व अध्यक्ष

४ माघ २०८०, बिहीबार
४ माघ २०८०, बिहीबार

बुटवल, ४ माघ ।

रुपन्देही व्यापार संघको नेतृत्व लिन व्यवसायीका दुई प्यानल यतिबेला अन्तिम तयारीमा छन् । एमाले निकट व्यवसायीको बाहुल्यता रहेको व्यापार संघमा १६ सय व्यवसायीको नेतृत्व लिन डिल्लिराज भण्डारी र दिपकप्रसाद अधिकारी अलग अलग प्यानल बनाएर प्रतिष्पर्धामा छन् । भण्डारी हालका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी द्वितीय उपाध्यक्ष हुन् । माघ ५ गते हुने १२ औं अधिवेशनले संघमा दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्य भएयता सचिव, महासचिव हुदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् । अधिकारी २०६६ सालमा संघले ब्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थालेका हुन् । उनी २ कार्यकाल सदस्य, २ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल द्वितीय उपाध्यक्ष हुँदै अध्यक्षमा उम्मेदवार बनेका हुन् ।

एमाले निकट व्यवसायीको बाहुल्यता भएका कारणले संघमा प्रायजसो नेतृत्व सर्वसम्मत नै चुनिने गरेको थियो । तर यसपल्ट भने आफ्नै व्यवसायीलाई मिलाउन एमाले असफल देखिएको छ भने सर्वसम्मत बनाउने पहलकदमी लिन पुर्व अध्यक्षहरु समेत कमजोर देखिएका छन् । जसका कारण एउटै दल निकट व्यवसायी यतिबेला दुईवटा अलग अलग समूह बनाएर चुनावी मैदानमा होमिएका हुन् ।

एमालेले पार्टीगत रुपमा कसैलाई निर्णय नगरे पनि आन्तरिक रुपमा भने भण्डारीलाई सघाएको स्रोतको दावी छ । तर एमालेका नेताहरुले भने यसबारे पार्टी नखुलेको दावी गर्छन् । “व्यापार संघ विशुद्ध व्यवसायीहरुको संस्था हो, व्यावसायिक संस्थाको नेतृत्वका लागि पार्टीले हस्तक्षेप र निर्णय लिने कुरा हुँदैन”–एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले भने । पार्टीका लागि सबै व्यवसायी समान रहेको र प्रतिष्पर्धा गर्न स्वतन्त्र रहेको उनले बताए ।

संघका पुर्व अध्यक्षहरु समेत भण्डारी र अधिकारीको पक्षमा बाँडिएका छन् । पुर्व अध्यक्ष टंकप्रसाद पोखरेल, शंकर भट्टराई, श्रीकृष्ण पोख्रेल र यमलाल लोहनी भण्डारीको पक्षमा खुलेका छन् भने संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली र पुर्व अध्यक्ष मोतिलाल पाण्डेले अधिकारीलाई समर्थन गरेका छन् । पुर्व अध्यक्ष पदम श्रेष्ठ कतै पनि खुलेका छैनन् । वर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे कतै नखुले पनि भित्री रुपमा भने अधिकारीलाई समर्थन गरेको बताइन्छ ।

यसपल्टको अधिवेशनमा नेतृत्व सर्वसम्मत बनाउन पुर्व अध्यक्षहरु समेत निकै कमजोर देखिएका छन् । पुर्व अध्यक्ष टंक पोखरेलले एउटै दल निकट व्यवसायी दुई खेमामा बाँडिएर चुनावी भिडन्तमा उत्रिनु दुर्भाग्य भएको बताए । “यसले संघमा अन्तरद्वन्द्व निम्त्याउनुका साथै अनावश्यक विवाद सिर्जना गरेर संस्थाको गरिमामा आँच पु¥याउँछ”–उनले भने ।

नेतृत्व सर्वसम्मत गराउने विषयमा वर्तमान नेतृत्वले वातावरण गराउनुपर्नेमा त्यसो हुन नसकेको पनि उनले बताए । तर वर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले भने व्यवसायीलाई प्रतिष्पर्धाका आधारमा नेतृत्वमा पुग्ने बाटो खुला गर्नुपर्ने आफ्नो मान्यता रहेको बताए । “कतिपय व्यवसायीले सर्वसम्मतका नाममा आफूहरु चुनाव लड्न नपाएको भनेर समेत गुनासो गरेका छन्, चुनावमार्फत नेतृत्व चुनिने कुरा स्वाभाविक र जायज हो, तर प्रतिष्पर्धा स्वस्थ हुनुपर्छ”–उनले भने ।

अध्यक्षका उम्मेदवार भण्डारीले आफूले संघमा हालसम्म गरेको मेहनत र योगदानलाई व्यवसायीले बुझेको भन्दै आफ्नो जित निश्चित रहेको दावी गरे । “सबै व्यवसायीहरुले संघमा कसले महत्वपूर्ण योगदान गरेको छ भन्ने बुझेका छन्, मेरो नेतृत्वको टिमले सहजै विजय हासिल गर्छ”–उनले भने ।

अर्का उम्मेदवार अधिकारीले भने युवा पुस्तालाई नेतृत्व प्रदान गर्न व्यवसायी आतुर रहेको बताए । “नेतृत्वमा स्पष्ट भिजनसहित युवा पुस्ताले स्थान पाउनुपर्छ भन्ने कुरा युवा पुस्ताले बुझेका छन्, अव परम्परागत ढंगले संघ चल्न सक्दैन”–उनले भने । अधिकारीले संघप्रति व्यवसायीको आकर्षण घट्दै गएको भन्दै व्यवसायीलाई आकर्षित गर्ने गरी आफू अघि बढ्ने दावी गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्त भने निर्विरोध भएका छन् ।

प्रथम उपाध्यक्षमा भण्डारीको प्यानलबाट दयानिधि भण्डारी र अधिकारीको प्यानलबाट ऋषिराम पाण्डे उम्मेदवार छन् । पाण्डे एमाले रुपन्देही सचिवालय सदस्य एवं बुटवल इन्चार्ज हुन् । द्वितीय उपाध्यक्षमा भण्डारीको प्यानलबाट नामदेव पाण्डे र अधिकारीको प्यानलबाट प्रेमनाथ पाण्डे, कोषाध्यक्षमा भण्डारीको प्यानलबाट झविन्द्र अधिकारी र अधिकारीको प्यानलबाट मनिराम खनाल उम्मेदवार छन् ।

सचिवमा भण्डारीको प्यानलबाट मनहरी बस्याल र अधिकारीको प्यानलबाट मनिमदिन मिया, सहसचिवमा भण्डारीको प्यानलबाट प्रकाशराज पौडेल तथा अधिकारीको प्यानलबाट मेघनाथ पौडेल र सहकोषाध्यक्षमा भण्डारीको प्यानलबाट विनित भट्टराई र अधिकारीको प्यानलबाट अर्जुनप्रसाद भट्टराई उम्मेदवार छन् । रुपन्देही व्यापार संघमा १६ सय १ जना सदस्य मतदाता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?