Butwal Today

बुटवल तामनगरका नवीन दिल्लीमा अलपत्र

३ माघ २०८०, बुधबार
अ+
अ-

बुटवल,३ माघ ।   बुटवलको तामनगरका एक युवक भारतको नयां दिल्लीमा अलपत्र परेका छन् । तामनगरको भुमरा चोक, रानीकुवाका १७ वर्षिय नवीन क्षेत्री नयांदिल्लीमा अलपत्र अवस्थामा फेला परेका हुन् ।

नयां दिल्लीका एक पत्रकारले आफूसंग चिनजान भएकाले नवीनको अवस्थाबारे जानकारी दिएको बुटवलका होटेल व्यवसायी प्रविणबहादुर पाठकले बताए । उनी कसरी दिल्ली पुगेका हुन् भन्ने बारे यथार्थ जानकारी नभएको पाठकले बताए । नवीनका बुबा राजेश क्षेत्री र आमा सीता क्षेत्री हुन् ।
युवक अलपत्र अवस्थामा फेला परेको हुँदा आफन्तले दिल्लीको किन इण्डियाका नवीन जोशीको मोबाइल नम्बर ९१९९५९८४१३९४४ वा किन नेपालको काठमाडौं कार्यालयका इन्द्रराज भट्टराईको मोबाइल नम्बर ९८५१०६०५८८ मा सम्पर्क गर्न भारतीय पत्रकारले आफूलाई जानकारी गराएको पाठकले बताए ।