ट्रेंडिंग:

>> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन
अन्तर विद्यालय पाचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खेलाडी उत्पादनको आधार विद्यालय खेलकुद हो । —नगरप्रमुख पाण्डेय

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

बुटवल, २ माघ । बुटवल उपमहानगरपालिका अन्तर विद्यालय स्तरीय पाचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० माघको पहिलो साता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि माघ ४ देखि ६ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाएर तिब्रता दिइएको उनले बताए । यसैगरि विद्यालयका शिक्षक, प्रशिक्षकहरुलाई प्रतियोगिताको बारेमा जानकारी दिने गरि तालिम समेत दिईएको उनले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको उनले बताए । ‘२०६२ माघ ४ गतेभन्दा अघि जन्म दर्ता भएका खेलाडीले भाग लिन पाउदैन ।’—उनले भने । प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् । कबड्डी प्रतियोगितामा छात्र र छात्रातर्फ ७० र ६५ केजी तौल समूह खेल्न पाउने ब्यवस्था रहेको उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । गतवर्षभन्दा सहभागी टीम बढी रहेको उनले बताए ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले स्थानिय खेलाडीहरु विद्यालयस्तर हुदै राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा आफनो क्षेत्रको पहिचान दिने हुदा विद्यालयस्तरको खेलकुद विकासमा जोड दिएको बताए । धेरैभन्दा धेरै प्रतियोगिता र प्रशिक्षण कार्यक्रमलाई जोड दिएको उनले बताए । उनले बुटवलले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै छिटै नै विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । खेलमैदान निर्माणलाई पनि विशेष जोड दिएको उनले दाबी गरे । यो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी जिल्ला छनौटमा भाग लिन पाउने छन ।

प्रतियोगिता माघ ४ गते बिहीबार बिहान ११ बजेदेखि बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु हुने उनले बताए । मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले बताए ।

यस वर्ष बुटवल नगरका ७२ विद्यालयमध्ये सामुदायिकतर्फ २१, संस्थागततर्फ २१ गरी ४२ वटा विद्यालयका ३ सय ५० विद्यार्थीले १७ विधाका ५४ खेलमा भाग लिने छन । गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट बिनियोजन गरेको छ ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?