© २०२३
दाङ,१ माघ । तुलसीपुर उपमहानगरपालिका – ५ स्थित प्लाष्टिकको गोदममा लागेको आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले बताए ।
वडा नं. ५ को कार्यालय नजिकै रहेको प्रमोद सोनीको प्लाष्टिकको गोदामा लागेको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले बताए ।
आगो निभाउन तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका ट्याङकरहरु पनि प्रयोग गरिएका थिए । टिनको गोदाममा बिद्युत सर्ट भइ आगलागि भएको अनुमान गरिएको भएपनि त्यसको कारण एकीन भइ नसकेको इप्रका तुलसीपुरका प्रबक्ता नबचन्द्र मल्लले बताए । आगलागि बाट भएको क्षतिको एकिन बिवरण आइन सकेको प्रहरीले बताएको छ ।