ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

पर्यटक आउलान त अर्घाखाँचीमा ?

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

अर्घाखाँची, २९ पुस । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अर्घाखाँचीका धार्मिक पर्यटकिय स्थलहरूको प्रचारप्रसार गरि पर्यटक भित्र्याउन सकिने उद्देश्यले अभियान सुरू गरिएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले अर्घाखाँची पर्यटन प्रवर्द्धन अभियान–२०८० को अभियान अगाडि बढाएको हो । अर्घाखाँचीका गाउँबस्तीमा विकास पुग्दै जाँदा बस्तिहरू खालि हुँदै गएपछि अर्घाखाँचीमै केही गर्न सकिन्छ भन्ने उद्वेश्यले अभियान सुरू गरेको हो ।

जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्न पत्रकार नै अग्रसर नहुने हो भने भएका गन्तव्य पनि ओझेलमा पर्ने ठहर पत्रकार महासंघले गरेपछि ‘अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम २०८०’ सुरु गरेको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य सबै पर्यटकीय, धार्मिक गन्तव्यसम्म पु¥याउन सकेमा जिल्लाको पर्यटन प्रर्वद्वनमा विकास हुने लक्ष्य रहेको छ । सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य धार्मिक, ऐतिहासिक तथा मनोरम स्थलको जानकारी नहुँदा फर्किएका छन् ।

जिल्लामा रहेको सुपादेउराली मन्दिरमा मासिक ५० हजारभन्दा अधिक पर्यटक आउँछन् । जिल्लाभित्रै, छिमेकी जिल्ला, देश तथा विदेशबाटसम्म यहाँ पर्यटक आउँछन् । ती पर्यटकलाई जिल्लाका अन्य क्षेत्रमा पु¥याउने गरी महासंघ, स्थानीय सरकार पनि एकसाथ अगाडि बढेका छन् । जिल्लामा सुपादेउराली मन्दिर, तत्कालीन बाईसे–चौबिसे राज्यको खाँची दरबार, अर्घा दरबार, जंगबहादुर राणा जन्मिएको (मथुराबेसी) लामपाटी दरबार, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको उत्पत्ति भएको पाणीनि तपोभूमि, रूखको खोचमा रहेको पानी कहिल्यै नसुक्ने मालारानीको मनोचिन्ते पानीलगायत मालारानी मन्दिरपरिसर यहाँका ऐतिहासिक क्षेत्र हुन् ।

भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा दुर्गाफाट, शिद्वेश्वर गुफा ढुङ्ढुङ्गे धातिवाङ्ग, कालीकाठी लेक, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, एसियाकै ठूलो भगवतीको मूर्ति भएको स्थल अर्घा, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं धार्मिक तथा पर्यटकिय गन्तव्य छन् ।

सुपादेउराली मन्दिरमा आएका ५० प्रतिशत पर्यटकलाई जिल्लाका अन्य गन्तव्य स्थानमा पु¥याउँदा सुनसान भएको जिल्लाको वातावरणमा केही चहलपहल थपिने, अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने र बसाइँसराइको दर घट्ने लक्ष्यका साथ अगाडि बढाईएको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले बताए ।

‘तराईसँग सिमाना जोडिएको अर्घाखाँची जिल्लाबाट बसाइँसराइ गर्नेको संख्या बढिरहेको छ, ‘सुनसान भएको जिल्लालाई चहलपहल बढाउन सकिन्छ भन्ने लक्ष्य हो, कोईरालाले भने । अर्घाखाँची पर्यटक आगमनको दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्र हो,यहाँका धार्मिक पर्यटकीय स्थल प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन, यिनको प्रचारप्रसार र प्रवर्धनका माध्यमबाट चलायमान बनाउन यो अभियान सुरू गरिएको हो, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले भने ।

माघ १ गते प्रधानमन्त्री पुष्पकमाल दाहालले शुभारम्भ कार्यक्रमपश्चात् देशका प्रमुख १० वटा सहर र छिमेकी देश भारतका सहरहरूमा पुगेर यी क्षेत्रको व्यापक प्रचारप्रसार गर्ने तयारी छ । यो अभियान सुरूसँगै ‘स्वागत अर्घाखाँची’ वेभसाईड सञ्चालन गरिएको छ, जसमा जिल्लाका धार्मिक पर्यटकिय गन्तव्यहरू, नक्सा राखिनेछ ।

जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका सामाग्री प्रकाशन प्रसारण गरिने प्रवक्ता हृदय भुसालले बताए । जिल्लाका सबै स्थानीय तहले यो अभियानलाई साथ दिएका छन् । जिल्ला समन्वय समिति, स्थानिय तह, राजनीतिक दल, सुरक्षा निकाय, सरोकारवाला संस्थासँगको छलफलपछि महासंघले कार्यक्रमलाई तीव्र बनाएको छ । महासंघले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन परिषद्सँग समेत आवश्यक छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?