© २०२३
भैरहवा, २८ पुस । विज्ञान विषय अध्यापन गराउने देशै भरिका शिक्षकहरुको साझा सङ्गठन ‘विज्ञान शिक्षक समाज नेपाल (एसटिएएन)’ अन्तर्गत रुपन्देही जिल्लाको प्रथम अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।
भैरहवास्थित भानु माविमा भएको भेलाले शिक्षक दिपक बन्जाडेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा महेश प्रसाद गुप्ता, सचिव सतोष प्रसाद गुप्ता, सहसचिव विना बस्याल र कोषाध्यक्ष ओमकार आचार्य लगायत रहेका छन ।
कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला तदर्थ समिति संयोजक महेश प्रसाद गुप्ता, शिक्षक सन्तोष प्रसाद गुप्ता, शिक्षक डिलाराम खनाल, चिरन्जीवी रेग्मी, बासुदेव पौडेल र क्षितिज पाण्डेले बालबालिकाहरुमा विज्ञान विषयप्रति रहेको हाउगुजीलाई तोड्ने गरि सहज शिक्षणसिकाईलाई जोड दिनुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष दिपक बन्जाडेले विज्ञान शिक्षकको पेशागत विकास र देशको समग्र विज्ञान तथा प्रविधीको विकासको लागि संस्थागत रुपमा लाग्ने बताए । विज्ञान विषयलाई ब्यवहारिक जिवन उपयोगी बनाउने गरि विद्यालयहरुमा लागु गर्न जरुरी रहेको उनले बताए । कार्यक्रममा रुपन्देही जिल्लाका बिभिन्न विद्यालयमा विज्ञान पढाउने शिक्षकहरुको सहभागिता रहेको थियो ।