© २०२३
लुम्बिनी ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको १२ औं हिउँदे नगर सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷ ०८१को बजेट विधेयक कार्यविधि निर्देशिका एवम् योजना परिवर्तन र स्वीकृत सम्बन्धी विधेयक स्वीकृत भएको छ ।
केही योजनाहरु परिवर्तन गरिएको र थप योजना समाबेश गरिएको छ । विभिन्न नियम कानुन परिवर्तन गरी वन व्यवस्थापन विधेयक, निजी वन विकास तथा व्यवस्थापन कार्यविधि, सार्वजनिक जग्गा वन विकास तथा प्राकृतिक स्रोत संरक्षण, कार्मचारी कल्याण कोष संचालन, स्वास्थ्य सेवा ऐन संशोधन, बुद्ध माया अस्पताल सन्चालन कार्यविधि, पर्यटन सुचना केन्द्र व्यवस्थापन तथा सन्चालन, सरसफाई अध्ययन केन्द्र तथा हरित पार्कको लागि मानक सञ्चालन, विद्यालय सन्चालन तथा व्यवस्थापन अनुदान सञ्चालन सम्बन्धी योजना पारित भएका छन् । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका रोजगार रणनीति, लुम्बिनी साँस्कृतिक नगरपालिका पदाधिकारी र कार्मचारी आचारसंहिता, पूर्व प्राथमिक सञ्चालन प्रकिया, कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण निर्माण, लुम्बिनी साँस्कृतिक नगरपालिकाको २०८० साउन १ देखि हालसम्म भएका नगरकार्यपालिका नगर शिक्षा समिति र विभिन्न बिषयगत समिति बाट भएका सम्पूर्ण निर्णयको अनुमोदन, एसियाली विकास बैंकको ऋण सहायताबाट सञ्चालन हुने आयोजना कार्यान्वयनमा आम सहभागिता कायम गर्ने सम्बन्धमा योजनाहरु थपघट गरिएको कार्यपालिकाबाट बहुमतले योजनाहरु परित गरेको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रवक्ता इनामुल्ला फकिरले जानकारी गराएका थिए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले योजनाहरु पेश गरेका थिए । नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद प्रसाद ज्ञवाली, वडा नम्बर १ का वडा अध्यक्ष सुरज कलवार, वडा नम्बर २ का अध्यक्ष इनामुल्लाह फकिर, वडा नम्बर ३ का अध्यक्ष अकरामुद्दीन नाउ, वडा नम्बर ४ अध्यक्ष विनोद श्रीवास्तव, वडा नम्बर ५ अध्यक्ष खुर्सेद आलम, वडा नम्बर ६ अध्यक्ष नइमुल हक मुसलमान, वडा नम्बर ७ अध्यक्ष ध्रुव यादव, वडा नम्बर ८ का अध्यक्ष राजेन्द्र जैसवाल , वडा नं ९ का अध्यक्ष कमल अख्तर मुसलमान वडा नं. १० का अध्यक्ष विनोद कहाँर, वडा नम्बर ११ का अध्यक्ष अकरामुद्दीन मुसलमान, वडा नम्बर १२ का अध्यक्ष हरिकेश लोध, वडा नम्बर १३ का अध्यक्ष सई मुहम्मद खाँन र कार्यपालिका सदस्यहरुको उपस्थितिमा पुर्ण बहुमतले आर्थिक बर्ष २०८०÷ ०८१ को १२ औं हिउँदे अधिवेशनले योजनाहरु पारित गरेको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी