© २०२३
लमही, २८ पुस । दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबाहक बस खसेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको हो ।
धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ । दुर्घटनामा परेका भारत बस्ने २० बर्षीय छोटी सिलौटा गम्भिर अवस्था रहेको छ । यसैगरि बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट छ ।
अन्य घाइतेहरुमा काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे, काठमाडौं कालीमाटी बस्ने ३८ वर्षिय मन्जु शर्मा, बाँकेका बर्षिय निरञ्जन कोरी, बाँकेको नेपालगञ्ज बस्ने २४ बर्षिय आशतोष गौतम, रौतहट बस्ने २६ बर्षीय संजय कार्की, बाँकेको कोहलपुर बस्ने २१ बर्ष का धनबहादुर पुन मगर, जुम्लाका १९ बर्षीय विशाल बोहरा, बाँकेका १८ बर्षीय दशरथ विक, बाँकेका १९ बर्षीय नफिज खान, डोल्पाका ३५ बर्षीया धनकली बुढा, बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर रहेका छन ।इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन ।
शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।