© २०२३
पृथ्वीनारायण शाह बाल्यकालदेखि नै सुरबीर तेजबिर चतुर मेहनती पराकर्मी निडर शाहसी दुरदर्शीता तीक्ष्ण बुद्धी युद्ध कौसलमा माहिर व्यक्ति थिए । उनमा रामायण र महारतको बारेमा धेरै ज्ञान भएकोले उनी युद्ध नीतिमा सफल भएका थिए । उनले स–साना राज्यहरूमा बाँडिएका बाइसे चौबिसे राज्यहरूलाई एक सुत्रमा बाँधेर आधुनिक नेपाल राष्ट्र निर्माण गर्न सफल भएका थिए । उनी आधुनिक नेपालका राष्ट्र निर्माता हुन् । उनको जन्म गोर्खामा बि. सं. १७७९ पौष २७ गते पिता नरभूपाल शाह र माता कौशल्या देवीको कोखबाट भएको थियो । आफ्नो बुवा नरभूपाल शाहको निधन पश्चात बि.सं. १७९९ मा २० वर्ष को उमेरमा गोर्खाका राजा भएका थिए । पृथ्वी नारायण शाहले आफू राजा हुनु अगाबै बि.सं. १७९८ मा काठमान्डू उपत्यकाको राजनीति रहन सहन राम्रो संग अध्यन गरेका थिए । उनले गरेको समग्र नेपालको एकीकरणको अभियानमा बढ्दै जाँदा नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा सतलज नदी सम्म पुगेको थियो । इस्ट इंडिया कम्पनी र नेपाल बीचको युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाउन सफल भए पनि नेपालले जितेको अधिकांस भूभाग भारतको उत्तराखण्डमा पर्ने गडवाल कुमाउ देहरादुन हिमाचल प्रदेशको धर्मशाला काँगडा पन्जाबको केही भाग सतलज नदीको पारि पर्ने पहाडी भूभाग र पूर्वमा दार्जीलिंगदेखि टिस्टा नदी सम्मको मैदानी भूभाग तथा पहाडी भूभाग पनि गुमाउनु परेको थियो । यसै प्रकार हाल उत्तर प्रदेशको गोरखपुर लखनऊ अपमानजनक ढंगबाट गरिएको इस्ट इंडिया कम्पनी र नेपाल सरकार बीच भएको सुगौली सन्धिमा हस्ताक्षार भएपछि नेपालले आफूले जितेको अधिकांस भूभाग गुमाउन परेको थियो ।
पृथ्वीनारायण शाहको निर्देशनमा बि.सं. १८०० मा बिराट थापा मगर र महेश्वर पन्तको नेतृत्वमा नुवाकोटमा आक्रमण गरेका थिए । तर यो लडाइँमा गोर्खालीहरूले नराम्रो पराजयको सामना गर्नु परेको थियो । पृथ्वी नारायण शाहले जाजरकोटका राजाहरि शाहसँग गोर्खा र जाजरकोट एक आपसमा सहयोगी हुन पर्छ र एक आपसमा लडाइँ नगर्ने भन्ने सम्झौता गरेका थिए । पृथ्वी नारायण शाहको निर्देशनमा कालु पाण्डेको नेतृत्वमा नुवाकोटमा हमला गरेका थिए । यस पटक गोरखाका १२ वर्ष देखि २० वर्ष सम्मका सबै युबाहरूलाई ससस्त्र तालिम दिएका थिए । यी सैनिकहरूको संख्या एक हजार भन्दा माथि थियो । नुवाकोट रक्षाको लागि राजा जयन्त राणाले आफ्नो छोरा संखमणि राणालाई जिम्मा दिएका थिए । तर पृथ्वी नारायण शाह दलमर्दन शाह चौतारा बिष्णु शाह काजि सुर प्रताप शाह आदिको नेतृत्वमा नुवाकोटलाई तिनतर्फ बाट घेरा हालेर आक्रमण गरेका थिए । यो लडाईमा दलमर्दन शाहको हातबाट संखमणि राणाको मृत्यु भयको थियो । यसरि पृथ्वी नारायण शाहले नुवाकोटमा आफ्नो अधिपत्य जमाउन सफल भएका थिए । यो लडाइँमा नुवाकोटका राजा जयन्त राणा ज्यान बचाउन भागेर बेलकोट पुगेका थिए । तर जयन्त राणालाई गोर्खाली सेनाले बेलकोटमा पक्राऊ गरेका थिए । यसरी पृथ्वी नारायण शाहले बेलकोट पनि आफ्नो कब्जामा लिएका थिए । यस पछी गोर्खाली सेनाले लामिडांडा पनि आफ्नो कब्जामा लिएका थिए । तर तनहुँले पनि लामी डांडालाई आँखा लगायको थियो । यसै बीच पृथ्वी नारायण शाहले तनहुँका राजा त्रिविक्रम सेन सँग सन्धि गर्ने भन्ने खबर पठाएकोले तनहँुका राजासँग केहिबेर बार्तालाव भयको थियो । तर नदीको किनारमा लुकेर बसेका गोर्खाली सेनाले राजा त्रिविक्रम सेनलाइ बन्दि बनाएका थिए ।
पृथ्वी नारायण शाहले नेपाल एकीकरणको लागि किर्तिपुरमा ठूलो संघर्ष गर्नु परेको थियो । उनले बि.सं. १८१४ मा किर्तिपुर आक्रमण गरेका थिए । उनको तर्फबाट लडाइँ लड्ने सैनिकको संख्या १२०० थियो भने किर्तिपुरको तर्फबाट लडाई लड्ने सैनिकको संख्या ३०० थियो । दुवैपक्षका सैनिक बीच बल्खु खोलामा ६ घण्टा सम्म भिषण युद्ध चलेको थियो । यो लडाइमा धेरै जना गोर्खाली सैनिकहरू ह्ताहत भए । स्वयं पृथ्वी नारायण शाह पक्राऊ परे राजा लाइ मार्न हुन्न भन्ने धार्मिक मान्यताका साथ उनलाई छाडियो । यो लडाईमा कालु पाण्डेको मृत्यु भएको थियो ।कालु पाण्डेको मृत्यु पश्चात सेना पति रूपमा केहर सिंह बस्न्यातलाई जिम्माए दिइयो । उनकै नेतृत्वमा वि. सं. १८१६ शिवपुरी र काभ्रेमा आक्रमण भयो । यी दुवै स्थानमा गोर्खाली सेनाको सजिलै जित भएको हुनाले काभ्रे र शिवपुरी पनि पृथ्वी नारायणको कब्जामा आएको थियो । बि.सं. १८१९ मा पृथ्वीनारायण शाह बंसराज पाण्डे दलमर्दन शाह केहर सिंह बस्न्यातको नेतृत्वमा मकवानपुरमा आक्रमण भएको थियो । लगातर १० घण्टा सम्म चलेको लडाईमा मकवानपुरका राजा दिग्बंध्र सेनले आत्मा समर्पण गरेका थिए । यस प्रकार मकावानपुर पनि पृथ्वी नारायण शाहको अधिनमा आएको थियो । त्यस पछी बि.सं. १८२१ मा सुर प्रताप शाह र हर्ष पन्तको नेतृत्वमा दोश्रो पटक किर्तिपुरमा हमला भयो तर त्यहाँका जनताको बिरोध भए पछि गोर्खाली सैनिक पछी हट्न बाध्य भयका थिए । पृथ्वी नारायण शाहको आदेशमा बि.सं. १८२२ मा किर्तिपुरमा तेश्रो पटक काजि बंसराज पाण्डेको नेतृत्वको सेनाले किर्तिपुरलाई घेरा हाले छिमेकी राज्यको कुनै प्रकारको सहयोग नभएको हुनाले किर्तिपुर राजा धन्बंत काजीले आत्मसमर्पण गरेका थिए ।
यसरी किर्तिपुर गोर्खाली सेनाको कब्जामा गएपछी राजाजय प्रकाश मल्ल आत्तिएर अंग्रेजहरू संग सैनिक हात हतियारको सहयोग मागेका थिए । राजा जय प्रकाश मल्ललाई सहयोग गर्न बि.सं. १८२३ मा अंग्रेज सेनापति किनलकको नेतृत्वमा २४०० सैनिक पुर्बी नेपालको सिन्धुलिगडी हँुदै काठमाडौँ तिर बढी रहेको थियो । यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई भएको हुनाले सिन्धुलिगडीको रक्षाको लागि बिरभद्र पाण्डे बिरभद्र उपाध्याय बन्सु गुरुङको नेतृत्वको सैनिकले अंग्रेज सेना माथि हमला गरेपछि अंग्रेज सेना ज्यान बचाउनको लागि हतियार फालेर जंगल तिर पसेका थिए । यसै प्रकार पृथ्वी नारायण शाहले कान्तिपुरमा हमला गरि सजिलै कान्तिपुर उपत्यका कब्जा गरेका थिए र उनले बि.सं. १८२५ मा ललितपुरलाई तिनतिर बाट घेरा हाली हमला गरेपछी ललितपुरका राजा तेज नरसिंह मल्ल बिना युद्ध लडे ललितपुर बाट भागेका थिए । यसरि ललितपुर स्वतः पृथ्वी नारायण शाहको कब्जामा आएको थियो ।
पृथ्वी नारायण शाहले भक्तपुर कब्जा गर्न भन्दा पहिला भक्तपुर कब्जा गर्न सजिलो हुन्छ भने र त्यहाँका राजा रणधीर मल्लकासँग चतुरताका साथ् मितेरी साइनो लगाएका थिए तर यसबाट कुनै सफल न देखेपछी पृथ्वी नारायण शाहको निर्देशनमा बि.सं. १८२६ मा बंसराज पाण्डे केहर सिंह बस्नेत राम कृष्ण कुवर र अमर सिंह थापाको नेतृत्त्वमा करिब १५०० सैनिकहरूले भक्तपुरमा हमला गरेका थिए । भक्तपुरमा भिषण युद्ध भएको थियो दुवै तर्फ ठूलो जनधनको नोक्सान भयो करिब २००० जना भन्दा धेरैको ज्यान गयो र ५०० भन्दा बढी घर ध्वस्त भए र बि.सं. १८२६ मंसिर १ गते राजा रणजित मल्लले आत्मसमर्पण गरेपछी भक्तपुर पनि गोर्खाली सेनाको कब्जामा आएको थियो ।
यसरि नेपालको इतिहासमा गोर्खाका राजा पृथ्वी नारायण शाहले कान्तिपुर उपत्यका लगायत विभिन्न स–साना राज्यहरू माथि बिजय गरे पश्च्यात नयाँ नेपाल अथवा आधुनिक नेपालको निर्माण हुन गएको थियो यसको अर्थ पृथ्वी नारायण शाह आधुनिक नेपालका राष्ट्र निर्माता हुन् । गोर्खा राज्यमा उनी भन्दा पहिला धेरै शाह बंसिय राजाहरूले राज्य गरे तर राजा पृथ्वी नारायण शाहले जस्तो एक निश्चित अभियान लिएर कुनै पनि राजाहरू अघि बढ्न सकेनन । हुनत पृथ्वी नारायण शाह भन्दा पहिले केहि राजाहरूले प्रयास गरेता पनि उनीहरू सफल हुन सकेनन भन्ने इतिहासमाउल्लेख गरेको पाइन्छ । गोर्खाका राजा पृथ्वी नारायण शाहको अभुतपूर्व सैनिक अभियाका कारण बिशाल नेपालको जग बस्न गएको बिषयमा दुइ मत छैन । अझ खासै भन्नु पर्दा पृथ्वी नारायण शाहलाई नेपालको जग राख्ने राष्ट्र निर्माता र नेपालीको भाग्य दाता हुन् भने पनि हुन्छ यसरि पृथ्वीनारायण शाह देश प्रेमले ओतप्रोत थिए भन्ने बुझिन्छ र उनि एक साहसी योद्धा र संगठन कर्ता थिए । त्यस कारण यदि पृथ्वी नारायण शाहको गोर्खामा जन्म न भएको भए नेपाल भन्ने देशको परिकल्पना हुने थिएन । यसरि उनले नेपाललाई ‘चार जात छत्तिस बर्णमा’ स्थापित गरेका थिए जसरि भारतमा अंग्रेजलाई भारतबाट बहिर्गमन गर्नको लागि महात्मा गान्धीको नेतृत्वमा सत्याग्रह आन्दोलन चलाएका थिए । महात्मागान्धीले अंग्रेजलाई देश बाट हटाउन भारत छोड आन्दोलन चलाएका थिए । यसरि गान्धीले अंग्रेजलाई देश बाट हटाउन सफल भएका थिए त्यस कारण महात्मा गान्धीलाई भारत सरकारले ‘राष्ट्र पिताको’ उपाधि दिएकोछ । यसैप्रकार पृथ्वी नारायण शाह आधुनिक नेपाल राष्ट्रका निर्माता हुन । यो सबैले मनन गरि पृथ्वी नारायण शाहलाई राष्ट्र पिता घोषणा गर्न नेपाल सरकार संग जोडदार अपिल गर्दछु साथै उनको देशप्रति को योगदान देखेर पुस २७ गते राष्ट्रिय या सार्बजनिक बिदा हुनपर्छ भनी म भनि नेपाल सरकार संग आह्वान गर्दछु र पुस २७ गते नेपालमा एकता दिबस मनाउन पर्छ भन्ने पनि आह्वाहन गर्न चाहन्छु । साथै बिडम्बनाको कुरा के छ भने २÷४ जना आवारा तत्वले पृथ्वी नारायण शाहको शालिक तोडफोड गर्ने उनको मुर्ति भत्काउने शालिकमा थुक्ने पिसाब गर्ने गरेका छन् उनीहरूले यस्तो घोर निन्दनिय काम गरेका छन् । जे भए पनि इतिहासलाइ कसैले बदलेर बदलिदैन । यसरि पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा गर्न न भ्याएका अधुरा काम उनका नाति रण बहादुर शाहले पुरा गरेका थिए ।
पृथ्वीनारायण शाहका केही दिव्योपदेश –
१ नेपाल दुई ढुंगा बीचको तरुल हो
२ दक्षिणको बादशाह चतुर छ जाइ कटक न गर्नु झिकी कटक गर्नु
३ न्याय निशाफ बिगार्ने भनेको घुस खाने र घुस दिने दुवै हुन् आदि
मृत्यु–पृथ्वी नारायण शाह बि.सं. १८३१ को मग्सिर महिनामा नुवाकोटको दरबारमा गम्भीर बिमार परे स्वास्थ झन् झन् खराब हँुदै गएपछी उनलाई देवीघाटमा लगियो त्यहाँ ९ दिन सम्म घाटमै राखिएको थियो यसै बीच माघ १ गते बिहान ७ बजे उनको निधन भयो उनको पार्थिव शरीरलाई त्रिशुली नदी र तादी नदीको संगम देवीघाटमा उनको दाह संस्कार भएको थियो ।
अध्यक्ष–अल नेपाल भारतिय पूर्व सैनिक कल्याणकरी संघ
जिल्ला कार्य समिति रुपन्देही