ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

एमालको संकल्प यात्रामा सहयोग गरेबापत प्रेस चौतारीले गर्यो उद्योग ब्यवसाय महासंघका अध्यक्ष लिम्बुलाई सम्मान

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

काठमाडौं, २६ पुस ।

जनसंगठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बुलाई प्रेस चौतारी नेपालले सम्मान गरेको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले महासंघका अध्यक्ष साँवालाई खादा लगाएर सम्मानित गर्नुभएको हो । एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथी रहेको बैठकमा एमालेले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा महासंघले प्रेस चौतारी नेपाललाई सहयोग गरेबापत सम्मान गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालित एमालेको संकल्प यात्राका लागि उद्योग ब्यवसाय महासंघले प्रेस चौतारीलाई सवारी साधन उपलब्ध गराएको थियो । महासंघले गरेको सो सहयोगबापत चौतारीले सम्मान गरेको हो । सो अवसरमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित सवै जनसंगठनका अध्यक्ष तथा इञ्चार्जहरुको सहभागीता रहेको थियो ।

बैठकमा प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतले जनसंगठनको सहकार्यमा जोड दिँदै प्रचारको कामको संयोजन संगठनले गर्ने जानकारी दिएका छन्। यस्तै उद्योग ब्यवसाय महासंघका अध्यक्ष साँवाले प्रेस चौतारीले प्रचारको काममा प्रशंसायोग्य काम गरेको कारण आफुहरुले चौतारीको आग्रहअनुसार सहयोग गरेको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए । एमालेको संकल्प यात्रामा प्रेस चौतारी नेपालले प्रचारको कामको संयोजन गरेको थियो ।

प्रेस चौतारीले दार्चुलामा केन्द्रीय समितिको बैठक गरी यात्राको क्रममा समाचार संकलनका लाग महासचिव हिरामान लामा, केन्द्रीय सदस्यद्वय यसिमा महत, सुमन ढुंगाना र भक्तपुर जिल्ला सचिव आशिष पौडेललाई फिल्डमा खटाएको थियो भने अध्यक्ष बस्नेतले समग्र प्रचार काममो संयोजन गरेका थिए । प्रेस चौतारीले यात्रा सञ्चालन भएको ६ वटै प्रदेशमा समेत संगठनका इञ्चार्जको नेतृत्वमा छुट्टै टीम खटाएको थियो ।

जसअनुसार सुदुरपश्चिम प्रदेशमा लोग्शरी कुँवर, कर्णाली प्रदेशमा बिष्णु शर्मा, लुम्बिनीमा प्रदीप आचार्य, गण्डकीमा शुष्माकुमारी पौडेल, बागमतीमा बिष्णु तारुके र कोशीमा बिक्रम लुईटेलको नेतृत्वमा प्रदेशस्थित केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष तथा पदाधिकारी र जिल्लाका अध्यक्ष तथा पदाधिकारी रहेको टीम खटिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पदाधिकारी तथा नेताहरु सहभागी संकल्प यात्रामा केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख एवं चौतारी इञ्चार्ज राजेन्द्र गौतम पनि सुरुदेखि अन्तिमसम्म सहभागी भएका थिए। जनसंगठनको बैठकमा संयन्त्रका प्रमुख ढकालले प्रेस चौतारीले यात्रामा गरेको कामको संयोजनको उच्च सराहना गर्दै धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?