ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ

कछुवा गतिमा सिद्धबाबा सुरुङ माग, ४ महिनामा खनियो १ मिटर

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

बुटवल, २६ पुस ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको सिद्धबाबा सुरुङ मार्ग निर्माण कछुवा गतिमा अघि बढेको छ । काम सुरु भएको ४ महिनामा जम्मा १ मिटर खनिएको छ ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार गत भदौ अन्तिममा सुरुङ मार्ग खन्ने काम सुरु भएकामा अहिलेसम्म १ मिटर सकिएको हो । ‘मुख्य सुरुङ खन्ने काम एक मिटरसम्म पुगेको छ,’ उनले भनिन् ।

 सुरुङ मार्ग बनाउन २०७८ जेठमा ग्लोबल टेन्डर आह्वान गरिएकामा ठेक्का सम्झौता गर्न ९ महिना लागेको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिएको हो ।

‘अहिले मुख्य सुरुङको अगाडिको भागको डिजाइन पास भएर काम भइरहेको छ । इभ्याकुएसन इमर्जेन्सी टनेलको पनि काम सुरु गरिएको छ । यसमा हरेक तहमा डिजाइन आवश्यक पर्छ । जस्तै अहिले टनेलको इन्ट्रीको डिजाइन बनाइएको छ भने सुरुङ खन्दै गएपछि भित्रि भागमा के के गर्ने भन्ने कुराहरुको पनि डिजाइन बन्दै जान्छ,’ उनले भनिन् ।

उनका अनुसार बाइपास र वर्षाको बेला पहिरो गएको स्थानमा स्लोप स्टेबलाइजेसन गर्ने काम पनि भइरहेको छ । ‘हामीले एकै पटक सबै डिजाइन स्वीकृत गरेर काम गर्न खोज्दा ढिला हुने देखिएपछि अहिले बाहिरी स्थानको डिजाइन स्वीकृत गरेर काम गरिरहेका छौं,’ उनले भनिन् । सम्झौताअनुसार सुरुङ निर्माणको काम २०८३ भित्र सक्नुपर्छ ।

सुरुङ मार्ग ११ सय २६ मिटर लम्बाइको हो । ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकामा अहिलेसम्म १२ प्रतिशत अर्थात ८८ करोड रुपैयाँ खर्च भएको छ । सुरूङ मार्ग निर्माणपछि अहिलेको सडकको दूरी ४ किलोमिटर घट्नेछ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डले पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका थुप्रै पहाडी जिल्लालाई तराइसँग जोड्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?