ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

लुम्बिनी प्रदेशको क्रिकेट टिम छनौटप्रति बाँकेको आपत्ति

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

बुटवल, २५ पुस । सिद्धार्थनगरमा पुस २८ शनिबारदेखी शुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे बाँके जिल्ला क्रिकेट संघले बिरोध जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरि २२ जनाको अन्तिम नामावली प्रति आफुहरुको बिरोध रहेको पत्रमा उल्लेख गरिएको छ । बाँके जिल्लाबाट टिममा परेका ३ जना खेलाडी सहभागी नहुने समेत घोषणा मंगलबार पत्रमार्फत अध्यक्ष सरोवर प्रसाईले गरेको छ ।

लुम्बिनी प्रदेश टिममा सुसान्त सिह थापाको कप्तानीमा मोहमद साहब अन्सारी, लभकुश यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अलि, अजित यादव, नर बहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मृनल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, बिराट भण्डारी, बिर बहादुर सारुमगर, मोहन खत्री, मोहमद हुसैन, प्रतिक भट्टराई र निर्मल गुरुङलाई पुस २३ गते छनौट समितिका चिफ कोच बसन्त शाही, प्रदेश सदस्य धिरज क्षेत्री र सचिव कैलास रोक्कामगरले पत्रमार्फत जानकारी गराएको थियो ।
यता बुटवलटुडेसंग कुरा गर्दै अध्यक्ष प्रसाईले आफना खेलाडीहरु राम्रो खेल्दै जितेर टप हुदा पनि राम्रा खेलाडी पर्न नसकेको गुनासो गरे । ‘लिग खेलमै बाहिरीएका टिमबाट टिममा खेलाडी परेका छन ।’—उनले भने । यसरी छनौट भएमा २—४ वर्षमा बाके जिल्लाबाट राष्टिय टिममा खेल्ने खेलाडी पर्ने सम्भावना नरहेको उनले बताए । सेलेक्टरप्रति चित्त नबुझेको कारण आफुहरु खेलाडी नपठाउने निर्णय गरेको उनले बताए । यो छनौटमा कोटा सिस्टमको बिरोध पनि भएको बताए । स्कोर सिट र पर्फमेन्स सबै हिसाबबाट आफनो टिमबा धेरै खेलाडी पर्नुपर्ने उनले बताए । पुरानो खेलाडीमात्र टिमले भर्ने काम भएको उनले दुखेसो गरे ।

यता प्रदेश सदस्य धिरज क्षेत्रीले भने छनौट खेलमा ७ जिल्लाबाट ८४ जनामा खेलाडीहरुले खेल प्रदर्शन गरेको आधारमा अन्तिम २२ जनाको छनौट गरिएको बुटवलटुडेलाई बताए । विजेता टिमबाट धेरै खेलाडी पर्ने सम्भावना कुनै हालतमा नरहेको भन्दै आफुहरुले सही निर्णय गरेको दाबी गरे । पुस १२ देखी पुस २२ गतेसम्म संचालन भएको प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता बाँके जिल्ला आफनो टिमबाट कम खेलाडी परेको गुनासो रहेको उनले बताए । बाँके जिल्लाका खेलाडीहरुबाट उत्कृष्ट खेल प्रदर्शन गरेको स्वीकादै त्यही टिमबाट आठ जना पार्नुपर्ने माग सही नभएको उनले बताए । ‘अब २२ जनाबाट १४ टिम तयार हुन्छ ।’—उनले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?