© २०२३
बुटवल,२५ पुस । लायन्स क्लब अफ बेलबास सिर्जनशीलले लायन्स क्लबका जन्मदाता मेल्भिन जोन्सको १४५ औं जन्म दिन तथा मेल्भिन जोन सर्भिस वीकको अवसरमा विभिन्न सामाजिक काम गरेको छ । क्लबले सर्भिस वीक अन्तर्गत पुस २१ गते बेलबासस्थित भैरव मन्दिर परिसरमा राधा रानाभाटको संयोजकत्वमा सरसफाई कार्यक्रम गरेको थियो भने पुस २२ गते बुटवल १५ उजेलापुरस्थित अनाथ आश्रममा रहेका ३५ जनालाई शान्ता गैरेको संयोजकत्वमा खाना खुवाउनुका साथै खानेकुराहरु वितरण गरेको क्लबकी अध्यक्ष कल्पना भण्डारी भट्टराईले जानकारी दिइन् ।
यस्तै पुस २३ गते बेलबास विजयटोलमा मन्जु पौडेलको संयोजकत्वमा मधुमेह (सुगर) चेकजांच कार्यक्रम गरिएको क्लबकी सचिव लक्ष्मी घिमिरेले बताइन् । कार्यक्रममा बोल्दै लायन्स क्लब डिस्ट्रिक्ट ३२५ पी का जोन चेयर पर्सन बेदप्रकाश गैरे, रिजन चेयर पर्सन विमला गैरे लगायतले महिलाहरु मात्र आवद्ध लायन्स क्लब अफ बेलबास सिर्जनशीलले विगतदेखि नै सामाजिक र मानवीय सेवाका काममा क्रियाशील रहेर बेग्लै पहिचान बनाएको भन्दै सराहना गरेका थिए ।