ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

जोखिमै जोखिमले भरिएको महिला स्वास्थ्य

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

महिलाहरूको शरीर आफैमा सम्बेदनशील हुन्छ । बिशेषगरी महिलाहरूको प्रजनन अंग जोखिमपूर्ण हुन्छ । प्रकृतिको देन भनौ महिलाहरू रजस्वला हुन्छन, गर्भधारण गर्छन, नौ महिनासम्म गर्भमा बच्चा राख्छन अनि बच्चा जन्माउँछन र स्तनपान गराउँछन । यो सबै कुनै पुरुषहरूबाट हुन सक्दैन । महिलाहरूमा यो सबै भैरहँदा शारीरिक रूपमा कमजोर पनि हुन सक्छन । महिलाको यहि अवस्थाको फाइदा उठाउँदै पुरुषहरू महिलाहरू कमजोर हुन्छन, केही गर्न सक्दैनन् भन्ने धारणा राख्दछन र महिलाहरूलाई दिइने पारिश्रमिकमा पनि विभेद गरिएको छ । त्यस्तै अन्य क्षेत्रमा पनि महिलालाई अवसरहरू दिनबाट बञ्चित गरिन्छ । बिभिन्न संघसँस्था, राजनैतिक क्षेत्र आदी कहीँ पनि महिलालाई जिम्मेवार पदमा राख्न खोजिँदैन । कुनै सभा समारोह आदिको मन्चमा पुरुष नै हावी हुन्छन । प्रायः गरि महिलाहरू मञ्चको तल बसेर ताली बजाउने, निम्तालुहरूलाई खादा ब्याज लगाइदिने, नास्ता बाँंडने र धार्मिक क्षेत्रमा भए कलश बोक्ने, दुना टपरी खुट्ने र बत्ती कातने जस्ता काममा मात्र प्रयोग हुन्छन ।

यहाँ महिलाको स्वास्थ्यको बारेमा कुरा गरौ । हामीहरू सुन्ने गर्छौं र कतिले भोगेका पनि छौँ कि बिशेषगरी महिलालाई पाठेघर क्यान्सर र त्यसपछि स्तन क्यान्सर हुने गर्छ । यो किन हुन्छ, यसबाट जोगिन के गर्ने भन्ने जस्ता कुराहरू थाहा नहुँदा धेरैको अकालमा ज्यान जाने गरेको छ । पहिलो त हाम्रो देशमा सर्बसाधारणमा स्वास्थ्यको पहँुंच नै छैन । केही शहर बजारमा बस्ने महिलामा स्वास्थ्यको पहुँच पुगेपनि दुर्गम गाउँमा बस्ने महिलाहरूमा स्वास्थ्यको पहँंच पुग्न सकेको छैन । यो सबै भनिरहँदा शहरका महिला पनि त्यति सचेत छन भन्ने होइन, किनकि एक त शहरमा सम्पन्न मानिस मात्र बस्छन भन्ने भ्रम धेरैमा छ र अर्को कुरा गाउँमा काम नपाइँदा श्रम गर्न धेरै मानिसले गाउँ छोडेका छन । उनीहरूको ध्यान काममा मात्र हुन्छ । स्वास्थ्यमा कुनै समस्या आए सामान्य मेडिकलमा जानेर जचाउने अनि अन्धाधुन्ध औषधी खाने गर्दा उनीहरूको रोग पत्ता लाग्दासम्म अन्तिम अबस्था भैसकेको हुन्छ ।

पछिल्लो समय सिमीत मात्रमा किशोरीहरूका निम्ति पाठेघर क्यान्सर बिरुद्धको भ्याक्सिन आएको थियो । यो भ्याक्सिन अर्को देशले सिमीत मात्रामा पठाएकोमा यही भ्याक्सिन लगाउन पनि धेरै डराएर हो कि प्रचार नभएर हो वा चेतनाको कमीले वा यसको महत्व नबुझेर हो खासै चासो नदिँदा पटकपटक सुचना गरेर लगाउने काम भएको छ । बिश्वमा सबैभन्दा धेरै मातृ मृत्यु दर नेपाल र भारत जस्ता मुलुकमा हुने गरेको छ । यसो हुनुमा थुप्रै कारण छन । एक त यी मुलुकमा एनजिओ आइएनजीओ वा सरकारले धेरै सचेतना कार्यक्रमहरू चलाएपनि बाल बिबाह रोकिन सकेको छैन । प्रजनन अंग सक्षम हुन नपाउँदै बच्चाको आमा बन्दा स्वाथ्यमा समस्या आउनु मुख्य बिषय बनेको छ ।

प्रजनन अंग सक्षम नहुँदै बिबाह बन्धनमा बाँधिने, गर्भधारण गर्ने अनि सन्तान जन्माउने गर्दा एकातिर महिलाको पछि गएर आङ खस्ने अनि रक्तअल्पता हुने जस्ता बिभिन्न रोगहरूले पीडित भएर कतिको मृत्यु नै हुन पुगेको छ भने कतिले यो रोगबाट छट्पटिएर बांँच्नुपरेको छ । अर्को केही महिला गरिबी, बाध्यता र बिलासिता जस्ता कारणले यौन ब्यवसायमा लाग्ने गरेका छन । उनीहरू पटक पटक गर्भपतन गराउँछन । जबरजस्ती गर्भ फयाँक्न औषधी प्रयोग गर्ने गर्छन जस्ले गर्दा उनीहरूको पाठेघरमा दख्खल पुग्ने, घाउ हुने र फाट्ने जस्ता समस्याले उनीहरूको जीवन नै बर्बाद भएको हामीले पाएका छौंँ । यसरी धेरै महिलाहरू जोखिममा बाँचिरहेका छन । कतिपय बृद्ध अबस्थाका आमाहरूको पाठेघर र स्तन क्यान्सरले छट्पटिएर मृत्यु हुने गरेको छ । कतिपय यो रोगका कारण महंगो उपचारमा परिरहेका छन । महिनाबारी सुक्यो अब त हाइसन्चो भयो भनेर बस्नेहँुदा पनि कतिपय आमाहरू झुक्किने गरेका छन । अहिलेपनि २० बर्ष माथि सबै उमेरका महिलाहरूले स्तन र पाठेघर दुबै जाँंच गरिरहनुपर्छ भन्ने चेतना जगाइसकेको अवस्था छैन, जसले गर्दा पछिल्लोसमय महिलामा गम्भीर रूपमा यो रोग बढिरहेको देखिन्छ ।

पहिलो त बिगतमा आमा तथा हजुरआमा कसैलाई क्यान्सर भएको थियो भने उनीहरूको सन्तानमा दश प्रतिशतसम्म देखापर्ने हुँदा डाक्टरहरूले बिशेष होसियारी अपनाउनु पर्छ भन्ने गर्छन । अर्को कुरा यत्तिकै पनि यो रोगले महिलालाई दुःख दिने गरेको छ । समयमै रोगको पहिचान भएर उपचार गर्न पाए निको पनि हुनसक्छ तर अलि ढिला भयो भने उपचारमा पैसा पनि सकिने र ज्यान पनि जाने दुबै हुनसक्छ । यसैले सबैलाई सतर्क रहन चिकित्सकहरू सल्लाह दिने गर्छन । यहाँ हामी महिलालाई हुने पाठेघर र स्तन क्यान्सरको कुरा उठाएका छौँ तर क्यान्सर मानव शरीरको कुनैपनि अंगमा हुन सक्छ । आन्द्रा, फोक्सो, जीब्रो, घाँंटी आदीको क्यान्सर तथा ब्लड क्यान्सर आदी शरीरको कुनैपनि अंगमा यो रोग हुनसक्छ ।

पछिल्लो समय फूल बोडी चेकअपको नाममा स्वास्थ्य शिवीर चलाउने चलन ल्याबहरूमा आएको छ । यो त्यति भरपर्दो पनि छैन । स्तन क्यान्सर थाहा पाउन मेमोग्राम गर्नुपर्ने र पाठेघरको क्यान्सरका निम्ति पानी जांँच गर्ने अनि भिडीयो एक्सरे गरेर मात्र थाहा पाइने हँुदा उपचार बढि खर्चिलो हुनेगर्दा पनि स्वास्थ्य जांँचमा महिलाहरूको पहुंँच पुग्न सकेको छैन । स्वास्थ्य बीमा पनि धेरै ठाउँमा लागू हुन सकेको छैन र लागू भएको ठाउंँमा पनि चेतनाको कमी वा प्रचारमा कमी हुनेगर्दा धेरैजसोले बिमा गरेको पाइँंदैन । बिमा गरेकाहरूले पनि बिमा सुबिधा लिन झन्झटिलो हुनेहुँदा नबिकरण गर्न खोज्दैनन् । बिमा गरेर स्वास्थ्य उपचार पाउन सजिलो छैन । भीड उस्तै, सबैखाले उपचार बिमाले नभेटने औषधी पनि सबैखाले नपाउने अनि पाएका औषधी पनि कमसल र कामै नगर्ने जस्ता कारणले पनि मानिसहरू हैरानीमा पर्छन । अस्तब्यस्त सरकारी अस्पतालहरूमा मात्र स्वास्थ्य बिमाको सुबिधा पाइने हुँदा अस्पतालमा बिरामीको जात्रै जात्रा हुने गर्दा बरु रोग पाल्ने उपचारमा ध्यान नदिने परम्परा नै बनेको छ ।

केही महिलाहरू टाउको दुख्ने माइग्रेन जस्ता रोगले पीडित छन र नियमित औषधी खाने गर्छन, केही डिप्रेसनको औषधी खान्छन । यसरी डिप्रेसनमा जानु पनि थुप्रै कारणहरू हुने गरेका छन । परिवारमा कलह, झैँझगडा, श्रीमान श्रीमतिबीचको बेमेल जस्ता कारण पनि महिलाहरू डिप्रेसनको औषधी खाएर बाँंच्ने गरेका छन । यो भनिरहंँदा शत प्रतिशत महिलाको अवस्था यहि नै हो भन्न खोजेको होइन । महिलालाई डिप्रेसनमा पु¥याउनेपनि महिला नै हुने गरेका उदाहरण पनि छन् । भन्न खोजेको पुरुष भन्दा महिला नै डिप्रेसनमा पर्ने गरेका छन । वास्तवमा सन्तानलाई जन्म दिने महिला भनेको स्वस्थ हुन जरुरी छ । स्वस्थ बच्चा जन्माउन आमा स्वस्थ हुन जरुरी हुन्छ । तर यो सबै हुन सकेको छैन । कोही पनि स्वस्थ रहन शारीरिक रूपमा स्वस्थ भएर मात्र हुदैन, मानसिक रूपमा पनि स्वस्थ रहन अरू जरुरी छ । खानपान देखि हरेक कुरामा ध्यान दिन जरुरी छ । पछिल्लो समय स्वस्थकर खाना खान मुस्किल परिरहेको अबस्था छ । बजारदेखि किनेर ल्याउने सागसब्जीदेखि दैनिक उपभोग्य सामान अर्गानिक भेटाउन सकिँदैन । हामीले खाने खाना नै स्वस्थकर नभएपछि हामी स्वस्थ रहने कुरै आउंँदैन । हामीले खाने हावादेखि खानेकुराहरूले हाम्रो स्वास्थ्यको निक्र्योल गर्छ । महिला मात्र नभएर हामी सबै स्वस्थ रहन जरुरी छ । महिला, बालबालिका र बृद्धबृद्धा अरूभन्दा बढी रोगको जोखिममा पर्ने हँुदा यहाँं महिला स्वास्थ्यको कुरामा बढी जोड दिइएको छ । सर्बे भवन्तु सुखिन सर्बे सन्तु निरामया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?