ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बुटवलमा पार्किङ्गको गाडी फोर्दैै चोर्दैः सिसिटिभिले भेटाउला चोर ?

पछिल्लो समयमा बुटवलका पार्किङ्गस्थल कति सुरक्षित भन्ने बहस चल्न थालेको छ । प्रहरी प्रशासनबाट समेत चोरीमा संलग्नको खोजी, कारबाहीमा समेत ठोस पहल नभएको जनगुनासो समेत बढ्दै गएको हो ।
२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

बुटवल, २४ पुस । बुटवलको ट्राफिक चौक हिमालय बैंक पछाडि पार्किङ्ग गरि राखेको कारबाट भेष बहादुर थापाको ४५ सय बढि रकम सहित अन्य सामान समेत चोरी भयो । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन पार्किङ्गमा रहँदा गाडीको सिसा फोडेर चोरी भएको थियो । यो चोरीको घटनासँगै बुटवलमा ९ वटा भन्दा गाडीमा यसरी सिसा फोरेर चोरी भएको प्रारम्भिक अनुमान छ । गाडी धनी थापा भन्छन्–‘अनौठो प्रकृतिको चोरी मौलाएछ, यसमा प्रहरी प्रशासनबाट समेत गम्भिरतापूर्वक अनुसन्धान हुन जरुरी छ ।’

आफ्नो साधनको चोरी भएसँगै अन्यको पनि यस्तो घटना नहोस् भन्नको लागि प्रहरी प्रशासनले यो चोरीमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाइ रहेको छ । यति मात्रै होईन बुटवलको ट्राफिकचोक मै एटु जेड मोवाईल पसल सञ्चालक विकास गौतमको पार्कीङ्गमा राखीएको गाडी केही दिन पहिला सिसा तोडेर चोरी भएको छ ।

बुटवलको मुख्य व्यस्त स्थान ट्राफिक चौक, विपिचोक र लुम्बिनी प्रादेशिक अस्पतालको पार्किङमा राखिएका सहित सुख्खानगर, अस्पताल लाईन लगायतका क्षेत्रमा पार्किङ्गमा राखीएका गाडीको सिसा फोडेर चोरी गर्नेहरू बढेका हुन । ‘पार्किङ गरेर राखेको कारको सिसा फोरेर पर्समा भएको १५ हजार नगद चोरी भयो’, एटुजेट मोबाइल पसल बुटवलका सञ्चालक विकास गौतमले भने । लुम्बिनी प्रादेशिक अस्पतालको पार्किङ क्षेत्रमा राखिएको कारको सिसा फोरेर क्षति पु¥याएको सितारा इम्पेक्स बुटवलका सञ्चालक रवि भट्टराई बताउँछन् ।
यसरी चोरले गाडीको सिसा फोरेर त्यहाँ भएको नगद, मोवाईल, बहुमुल्य बस्तु चोर्दै फरार हुने गरेको पाइएको छ । गाडीमा राखीएको ४ हजार देखि १५–२० हजार सम्मको चोरी भएको पाइएको हो ।

यस्तो प्रकृतिको अनौठो चोरीबाट गाडी धनी मात्रै होईन प्रहरी प्रसासन समेत अचम्म भएको छ । एउटा गाडीको सिसा फोर्दा न्यूनतम २५ हजार देखि ५०–६० हजार सम्मको क्षती हुने गरेको हो ।

यता, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डित यो विषयमा सोमबार मात्रै उजुरी आएको जानकारी दिए । उनले पार्कीङ्गमा राखेको गाडी फोडेर क्षति पुयाउने, बस्तु चोर्ने गरेको जानकारी प्राप्त भएको जानकारी दिँदै यसमा मंगलबारदेखि नै सक्रियताका साथ चोरको खोजीमा लागेको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘यो विषयमा ढिला गरी मात्रै मंगलबार उजुरी आएको छ, हामी संग दर्ता भएको उजुरी ३–४ वटा छन्, चोरको खोजी कार्य जारी रहेको छ । ’

हालसम्म कुनै पनि व्यक्ति पक्राउ नपरेको भन्दै उनले क्षति भएको गाडी रहेको पार्किङ्ग स्थानको सिसी टिभी फुटेज संकलन गरी त्यसको अध्ययन जारी रहेको जानकारी दिए । यो विषयमा गिरोह नै सक्रिय रहेको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । प्रहरीले बुटवलका विभिन्न स्थानमा भएको घटनाको विषयमा सिसीटिभी फुटेज संकलन गरी अनुसन्धान जारी राखेको हो ।

चोरको गिरोहले पार्किङ्गमा राखेको अधिकांस गाडीको अगाडिको भागको सिसा फोडेर सामान चोर्ने गरेको पाइएको छ । कतिपय गाडीको पछाडीको भागमा पनि सामान राखेको देखेमा पछाडीको भागको सिसा फोडेर चोर्ने गरेको पाइएको हो । पछिल्लो समयमा बढ्दै गएको चिसो, हुस्सुको कारण, एकान्त स्थान भएको कारण, बढि भिडभाड नहुने स्थानमा चोरहरूले निगरानी गरेर त्यहाँ पार्किङ्गमा राखीएका गाडी फोडेर सामान, नगद, लगायतका विभिन्न बहुमुल्य बस्तु समेत चोर्दै आएको पाइएको छ ।

बुटवलका विभिन्न स्थानमा बुटवल उद्योग बाणिज्य संघ तथा अन्य निकायको सहयोगमा सिसीटिभी क्यामेरा जडान गरिएको भएपनि त्यसको प्रभावकारीरूपमा मनीटरिङ्ग भएको पाइँदैन । बेला बेलामा मर्मतसंहार समेत नहुँदा ती क्यामेरा समेत प्रभावकारी भएको पाईदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?