ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

विश्वशान्ति राष्ट्रका महाराजा डा. टोनीनादर

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

डा.टोनीनादर मेडिकल डाक्टर, न्यूरोसाइन्टिस्ट र पश्चिम जगत्का महान् वैदिक विद्वान्मध्येका एक हुनुहुन्छ । उहाँले अमेरिकन युनिभर्सिटी अफ बेरुतमा आन्तरिक चिकित्सा र मनोचिकित्साको गहिरो अध्ययन र अनुसन्धानपछि त्यही अमेरिकन विश्वविद्यालयबाटै एमडी गर्नुभएको हो । त्यसपछि म्यासाच्युसेटस इन्स्टिच्यूट या टेक्नोलोजी अमेरिकाबाटबाट मस्तिष्क र संज्ञानात्मक विज्ञानमा विद्यावारिधी गरेपछि त्यही संस्थाको क्लिनिकल रिसर्च सेन्टरको आगन्तुक फिजिसियन एवं सहायक निर्देशक भएर पनि काम गर्नुभयो । महर्षि महेश योगीको सान्निध्यता पछि उहाँलाई विशेषगरेर महर्षि एवं अरु वैदिक विद्वान्हरूले पनि आयुर्वेद र वैदिक ज्ञानका विभिन्न क्षेत्रमा प्रशिक्षित गराउनुभयो । आधुनिक चिकित्सा एवं वैदिक चिकित्सा पद्धतिबाट शरीर विज्ञानको गहिरो वैज्ञानिक अध्ययन अनुसन्धान पछि उहाँले मानव शरीर–विज्ञान त वेद र वैदिक साहित्यको अभिव्यक्ति रहेछ भन्ने अकाट्य निष्कर्ष निकाल्नुभयो । HUMAN PHYSIOLOGY -Expression या Veda and Vedic Literature, RAMAYANA in Human Physiology लगायतका अति नै महत्वपूर्ण पुस्तकहरू उहाँका अकाट्य निष्कर्षका प्रमाणका रुपमा विद्वानहरूबाट सधै पुजित छन् ।

महर्षिको सत्सङ्कल्पबाट विश्व कल्याणका लागि गठन गरिएको Country या World Piece  मा महर्षिबाटै महाराजाअधिराज राजारामको उपाधिबाट विभूषित भई उहाँकै उत्तराधिकारीको रुपमा सम्पूर्ण क्षेत्रको सुधारकालागि Dr. Tony Nader ले भावातीत ध्यान, वैदिक यज्ञ, वैदिक कृषि, महर्षि वास्तु आदि विभिन्न कार्यक्रम र यसको व्यावहारिक उपयोगिताको बारेमा (PhD Physics in Harvard University), Dr. Eike Hartmann, Dr. Neil  Patterson, Dr. Jose LuisAlvarez Roset, Dr. John Fagan, Dr. Kingsley–Leslie Brooks, Dr. N Crowall, Dr. Leslie Brooks  आदि संसारकै गन्यमान्य वैज्ञानिक र अनुसन्धाताहरूलाई साथमा लिएर मार्गदर्शन गर्नुहुन्छ ।
यस किसिमको असाधारण काम गरेवापत महर्षिले 1998 मा Maharishi Vedic University, Vlodrop,ज्याबिलममा आदरणीय नादरकै तौल बराबरको सुन (जुन नोबेल पुरस्कारको रकम भन्दाकति बढी हो आफै अनुमान गरौँ) पुरस्कारको रुपमा दिनुभएको थियो । जुन पुरस्कार डा. नादरले महर्षिकै निर्देशनमा वैदिक विज्ञान, विश्वशान्ति र कल्याणका लागि सञ्चालन भइरहेका संस्थाहरूलाई दान दिनुभएर आफ्नो उदारमनाको परिचय पनि दिनुभयो ।

पौरस्त्य समाजका महान् वैज्ञानिक भास्कराचार्यले आफ्नो पुस्तक सिद्धान्त शिरोमणिमा ‘तुष्यन्तु सुजना बुद्ध्वाविशेषान् मदुदीरितान् । अबोधेन हसन्तो मां तोषमेष्यन्तिदुर्जनाः ।।’ अर्थात् उनले लेखेको सिद्धान्तशिरोमणि नामको ग्रन्थको गुह्य कुरो बुझेर विद्वान्जनहरू सन्तुष्ट हुनेछन् भने अल्पज्ञहरू पनि त्यसमा लेखेको गुह्य कुरो नबुझेर उनलाई हाँसोमा उडाएर खुशी हुनेछन् भनेझैँ अति आदरणीय व्यक्ति डा.टोनीनादरले लेखेका कुराको बुझेर वा नबुझेर दुबै प्रकारका व्यक्तिहरू खुशी हुनेछन् । भगवान् श्रीकृष्णको विराटरुप त कौरब सभामा दुर्योधनले पनि देखेको थियो तर के गर्ने उसले उनको विराट रुपको दर्शन पाएर पनि गोठालाको मायावी रुप भनेर आफ्नो जीवन वर्वाद पा¥यो । त्यसैले यी विद्वानबाट लेखिएका यी पुस्तकको अध्ययन गरेर हामी सबैले आफूलाई चिन्ने कोसिस गरौँ ।

यसै सिलसिलामा जगद्गुरु शंकराचार्य ब्रह्मानन्द सरस्वतीबाट दीक्षित महर्षि महेष योगीबाट जीवनका हरेक पाटामा सफल गराउने, जीवनमा परमानन्दको अनुभूति दिलाउने वेदान्त स्वरुप भावातीत ध्यान जसलाई आधुनिक वैज्ञानिकहरूको शोधबाट पनि ध्यानको सर्वोत्तम वैज्ञानिक विधि भनेर प्रमाणित गरिएको छ, त्यसको अभ्यास एवं हाम्रो वैदिक आचरणको नियमबाट यो छोटो जीवनमै परमात्माको अनुभूति गरी जीवनलाई सार्थक तुल्याउनका लागि ध्यानका माध्यमले विश्वमा शान्ति ल्याउनका लागि भारतको हैदराबादमा महाराजाको नेतृत्वमा विश्वका १३९ राष्ट्रका ध्यानीहरूले ध्यान गरिरहेका छन् । ध्यानको प्रभाव रसिया र इजरायलमा देखिसकिएको छ । नेपालबाट पनि नेपाल महर्षि फाउन्डेसनका अध्यक्ष आदरणीय दिपकप्रकाश बासकोटाको अभिभावकत्वमा ३०० भन्दा बढी ध्यानीहरूले यो अभूतपूर्व वैदिक महायज्ञमा भाग लिइरहेका छन् । विश्वका गन्यमान्य वैज्ञानिक, प्राध्यापक आदिहरूको सहभागिता रहेको यस ध्यान महायज्ञको प्रशंसा गर्न शब्दहरू कमै हुनेछन् । यस किसिमका वैदिक महाराजा जसले वेद र रामायण भित्र मानव शरीरको संरचना देखेर भौतिक विज्ञानका माध्यमले प्रमाणित गरेर देखाउनु भयो त्यस्ताम हाराजाको आज परेको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । जीवन्तु शरदःशतम् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?