Butwal Today

आजको मौसम : उच्च भूभागमा हिमपात, तराई मधेशमा हुस्सु र कुहिरो

२२ पुष २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानाुमान महाशाखाले जनाएको छ।

आज दिउँसो बाँकी प्रदेशमा भने मौसम सामान्यताया सफा रहने छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका विभन्न भूभागमा मौसम बदली भएपनि वर्षाको सम्भावना भने कतै देखिएको छैन।