ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

सत्तारुढ गठबन्धन र एमालेबीच राष्ट्रियसभामा सहकार्य हुने सम्भावना कम

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

काठमाण्डाै –

सङ्क्रमण कालीन न्याय (टीआरसी) विधेयक र राष्ट्रियसभाको सिट भागबण्डाकाे विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच केही दिनदेखि भैरहेको छलफल निष्कर्षविहीन भएको छ । एमालेले राष्ट्रिय सभाका रिक्त १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका दल सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुट्दैछन् ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सिट बाँडफाँट गर्न लागेका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पास गर्नुपर्ने प्रस्तावमा एमाले नेतृत्व तयार नभएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

एमालेको हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले टीआरसी विधेयकमा लेनदेन नगर्ने बताएका थिए । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा आममाफी नहुने, सर्वोच्च अदालतको आदेशअनुसार विधेयक संशोधन गर्नुपर्ने र पीडितको सहमतिविना माफी नहुने एमालेको अडान छ ।

पर्सि २३ गते राष्ट्रियसभा चुनावको लागि उम्मेदवार मनोनयन दर्ताको समय भएकाले यसबारे आज र भोलिसम्म सहमति भैसक्नुपर्छ । तर एमालेले हिजो १९ वटै सिटमा उम्मेदवार दिने निर्णय गरेपछि गठबन्धन दलहरुले सिट बाँडफाँट टुङ्गो लगाउन लागेका हुन् । गठबन्धनभित्र कुन दललाई कति सिट छुट्याउने भन्नेबारे सहमति भैसकेको छैन ।

उम्मेदवारको विषयमा पनि दलहरुभित्रको विवाद कायमै छ । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको विषय टुङ्गो लगाउन आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?