© २०२३
गुल्मी, २० पुस । गुल्मीमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन हुने भएको छ । गुल्मी अस्पतालमा उक्त रोग सम्बन्धि सेवा सञ्चालन हुन लागेको हो । नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाईलेटिङ्ग प्रोजेक्ट अन्र्तगत नेपालको चारवटा प्रदेश अन्तर्गत चार जिल्लामा नसर्ने रोगको पेनप्लस प्रोजेक्ट अन्र्तगत क्लीनिक सञ्चालन हुने भएको हो । यो सेवा सुरु भएपछि अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि यसले सेवा उपलब्ध गराउने छ ।
बालवालीका र किशोर किशोरीहरूका लागि लक्षित गरेर सञ्चालनमा ल्याईएको सेवावाट पालिकाहरूमा नसर्ने रोग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन भैरहेको छ । जस अन्तर्गत गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका नसर्ने रोग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
अस्पतालमा पुग्ने बिरामीहरूले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने गरेका छन । धेरै जनालाई त्यस्ता प्रकृतिका रोगहरूको बारेमा खासै जानकारी नहुँदा थप अन्योलमा पर्ने गरेको अबस्थामा यो सेवाले बिरामीहरूलाई थप सहयोग पुग्ने बताइएको छ । गुल्मी अस्पतालमा आउने दिर्घरोगी नसर्ने रोगका बिरामीहरूलाई चाँडै अस्पताल भित्र छुट्टै पेनप्लस क्लीनिक स्थापना गरि थप सेवा प्रदान गर्ने तयारी गरिएको कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी गराईन ।
गुल्मी अस्पतालमा स्थापना भएको पेनप्लस क्लीनिकबाट दिर्घरोगी तथा कडा नसर्ने रोगका बिरामीहरूलाई सेवा प्रवाहका साथै उनीहरूलाई थप हेरचाह र उपचार गरिने भएको छ । उक्त पेनप्लस क्लीनिकमा मे डिकल अधिकृत सहित हेल्थ असिस्टेन र स्टाफ नर्सले निशुल्क रूपमा सेवा प्रवाह गर्नुहुने छ । क्लीनिकबाट अति गरीब र विपन्न नागरिकहरूका लागि निःशुल्क रूपमा स् वास् थ्य विमा गरिदिनुका साथै विमा रकम बाहे क अन्य ठुला रो गका बिरामीको शल्यक्रिया गर्नु परेमा उनीहरूलाई निःशुल्क रूपमा सबै खर्च व्यहोरेर उपचार गर्ने ब्यवस्था समेत रहेको कार्यक्रम अधिकृत थामीले बताएकी छन ।
संस्थाले केही समयपछि सबै पालिकाहरूसँग समन्वय गरेर जिल्लाभर सेवा विस्तार गर्ने जनाएको छ । पालिकामा पहिलो चरण अन्तर्गत सामुदायीक स्तरको कार्यक्रमका लागि स्वास्थ्यकर्मीहरूको हकमा पेनप्लस सम्बन्धि आधाभूत तालिम र स्वास्थ्य स्वयंसेवीकाहरूलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । नसर्ने रोगहरू जस्तै क्यान्सर, मुटु सम्बन्धि रोग, मधुमेह, उच्च रक्तचाप, अटिजम, छारे, बाथ, दम तथा किड्नी लगायतका रोगहरूको बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाका अधिकांस स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीहरूलाई यी रोगहरूको बारेमा खासै जानकारी नहुँदा अन्यौलमा परेको अबस्थामा यो क्लीनिक सेवा कार्यक्रमले थप सहयोग पुग्ने बताईएको छ ।