ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

सडकमा टाईम कार्डः दुर्घटनाको उपचार कि प्रहरीको फण्डा ?

प्रहरीका अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ यो अवधिमा दाङमा उनान्नब्बे वटा सवारी दुर्घटना भएको र त्यसबाट २८ जनाले ज्यान गुमाएका छन् । साँघुरो सडक, राजमार्गको दुराबस्था, नियमित सडकको मर्मतसम्भार नहुनु, यान्त्रिक साधनको गडबडी, हुस्सु, कुहिरो लाग्नु पनि दुर्घटनाको कारण बनेको छ । तर जिल्लामा टाइम कार्डबाट दुर्घटना कम गर्ने निष्कर्ष निकालिँदैछ ।
२० पुष २०८०, शुक्रबार
२० पुष २०८०, शुक्रबार

लमही, २० गते । केही दिन अघि तीब्र गतिका कारण मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा सख्त घाईते भएका दाङका एक किशोरको उपचारको क्रममा ज्यान गयो । उनको ज्यान जानुको कारण तीव्र गति भएको पुष्टि प्रहरीले गयो । दुर्घटनामा घाइते उनको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको थियो ।

विद्यालयबाट घर फर्कने क्रममा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्वरको यात्रु वाहक बसले तुलसीपुर उपमहानगरपालिका – १८ दुधराक्षमा ठक्कर दिँदा तुलसीपुर – १७ झिगैंका ८ वर्षीय बालक सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियोे । जनकल्याण माध्यमिक विद्यालय दुधराक्षमा कक्षा ३ मा अध्ययनरत बालक चौधरी बिद्यालयबाट घरजाँदै गर्दा दुर्घटनामा परेका थिए । चालकले लापरवाही गरि तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ । दुर्घटनापछि उचित क्षतिपूर्तिको माग र दोषीलाई कारवाहीको माग राख्दै आफन्त र स्थानीयले सडक अवरुद्ध पनि गरे ।

उल्लेखित दुई घटना एउटा उदाहरण मात्रै हो । चालु आर्थिक बर्ष २०८०/८१ यो अवधिमा दाङमा उनान्नब्बे वटा सवारी र्दुघटना भएको र त्यसबाट २८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफीक प्रहरी कार्यालय दाङका प्रमुख किरण मल्लले जानकारी दिए । ट्राफिक प्रहरी प्रमुख मल्लका अनुसार दुर्घटनाबाट मुत्यु हुने अधिकांशले सवारी नियमको उल्लंङ्घन गरेको पाइएको छ ।

दुर्घटनामा सवारी चालकको तर्फबाट तिब्र गति, मापसे, र लापरबाही नै कारण हो भने सडकको अवस्था पनि उस्तै छ । साँघुरो सडक, राजमार्गको दुराअबस्था, नियमित सडकको मर्मतसम्भार नहुनु पनि दुर्घटनाको कारण बनेको छ । ट्राफिक प्रहरीका अनुसार यान्त्रिक साधनको गडबडी, मौसम खराबीका कारण लाग्ने हुस्सु, कुहीरोले पनि दुर्घटना गराउने गरेको छ । दुर्घटना भएपछि पनि घाइतेको समयमै उपचार हुने भरपर्दो स्वास्थ्य सेवा नहुँदा पनि दुर्घटनामा परेर अकालमा ज्यान गुमाउनु परेको छ ।

दाङमा सडक दुर्घटना बढ्न थाले पछि सवारी साधनलाई टाइम कार्ड लागु गर्न थालिएको छ । जिल्ला सरक्षा समितिले सवारी साधनमा टाइमकार्ड लागु गर्ने भएको छ । तिब्र गतिका कारण र्दुघटनाबाट मानबिय क्षति बढ्न थालेपछि टाइम कार्ड लागु गर्न थालिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्ध सुबेदीले जानकारी दिए । उहाले भने,“टाईम कार्डको मापदण्ड के राख्ने, कति समय राख्ने ? भन्ने बिषयमा सरोकारवालाहरुको बैठकबाट निश्र्कषमा पुगिन्छ, राजर्मागमा गुड्ने सवारी साधन तथा यात्रको सुरक्षाका लागी प्रहरी चेकजाँचमा कडाई गर्ने भन्ने शुरु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक राम बहादुर केसीले दुर्घटनाबाट हुने मानबिय क्षति न्यूनीकरणका लागी प्रहरीले चेकजाचलाई थप ब्यबस्थित बनाउने बताए । सवारी साधनको गति जाँच गर्ने मेसिनको समेत व्यवस्थापन गरेर यातायातका साधनहरूको गति जाँच गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । यसैगरी सवारी साधन सञ्चालनका लागि क्यू–सिस्टम कडाइका साथ लागु गरिने भएको छ । तर विभिन्न ठाउँहरूमा लागु गरिएका टाइम कार्डको नियम केही दिन र महिनाबाटै निस्क्रिय हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?