ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

रूपन्देहीमा ब्याडमिन्टन प्रतियोगिताः नियम कम, विकृति धेरै

ब्याडमिन्टन खेलमा पछिल्लो समयमा विकृति बढेको छ । विश्वभरमा नै उमेर समूहको खेलका रूपमा परिचित बोकेको यो खेल क्लबहरूबाट आफ्नो नियम लादेर खेलाउने काम गरिन्छ । विभिन्न लेभल नाम दिएर खेल खेलाउन नहुने खेल विज्ञको भनाई छ ।
१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

बुटवल, १८ पुस । ब्याडमिन्टन खेल सबै उमेर समूहले खेल्ने र बढी रुचाईएको खेलमा पर्दछ । सामान्यतया दुई जनामात्र खेलाडी भए खेल्न सकिने र सानो कोर्टमा खेलियो यो खेल नेपालका हरेक कुनाकाप्चामा खेलिन्छ । विभिन्न उमेर समूहमा ब्यक्तिगत र जोडी विधामा खेलिने ब्याडमिन्टन कम खर्चिलो खेलमा पर्दछ । सामान्यतया १३.२० मिटर बाई ६.१० मिटरको कोर्टमा यो खेल खेल्ने गरिन्छ । ब्याडमिन्टन खेलको लोकप्रियताकै कारण यसको पुर्वाधार देशभरकै निमार्ण तिब्र छ । लुम्बिनी प्रदेशमा यो खेलको पूर्वाधार सबैभन्दा धेरै निमार्ण भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईको दाबी छ । अझ त्यसमा पनि रूपन्देहीमा धेरै कोर्ट भएको जिल्लामा चिनिने उनले बताए । ‘खेलकुद विकासको आधारमध्येको एक पुर्वाधार विकास भएको छ ।’— उनले थपे—‘अब ग्रासरुट खेलमा जोड दिन जरुरी छ ।’ ग्रासरुट खेल विकास भएमात्र खेलकुद अगाडि बढ्ने भन्दै उनले यसमा जोड दिएको उनले बताए ।

मानव संसाधनका हिसाबमा यो प्रदेश कमजोर रहेको भन्दै आफुले ओएनएम मार्फत काम अघि बढाएको बताए । नया खेलाडी उत्पादनका लागि खेलकुद गतिविधि र दक्ष जनशक्ति आवश्यक हुने भन्दै प्रत्येक जिल्लामा खेल प्रशिक्षक प्रदान गर्ने योजना बनाएको उनले बताए । प्रदेशमा हुने अधिकास खेल गतिविधिहरू सो खेलका सरोकारवाला निकाय र खेल नियम विपरित खेलाउने गरिएको प्रति आपत्ति ब्यक्त गर्दै उनले प्राविधिक विषयमा बुझेर खेल खेलाउन सुझाव दिए । प्रदेशको ऐन र नियमावली अनुसार जाँदा मात्र खेल विकास हुने उनको दाबी छ । विश्व ब्याडमिन्टन फेडेरेसन र नेशनल ब्याडमिन्टन फेडेरेसनको नियममा रहेर यो खेल खेलाउनुपर्ने उनले सुझाव दिए । फेडेरेसनबाट मान्यता प्राप्त सर्टिफाई रेफ्रिबाट खेलाउन उनले सुझाव दिए । प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवद्र्धक रहेको प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

ब्याडमिन्टल खेलका राष्ट्रिय एम्पायर प्रमोद सिह पहारी पछिल्लोसमय ब्याडमिन्टन खेलमा विकृति भित्रिएको गुनासो गर्छन । विश्वभरमा नै उमेर समुहको खेलका रूपमा परिचित यो खेल केही क्लबहरू भने आफनो नियम लादेर खेलाएको उनले दुखेसो गरे । खेलको मुल नियम र मर्म अनुसार खेल खेलाउनुपर्ने उनको तर्क छ । रूपन्देहीमा विभिन्न लेभल नाम दिएर खेल खेलाउन नहुने उनले सुझाव दिए । ‘ब्याडमिन्टन खेलमा लेभलभन्दा पनि उमेर समुहमा मात्र खेलाईने गरिन्छ ।’— उनले भने । विश्वभर नै चलेको ब्याडमिन्टन खेलको नियममा जुनियर, सिनियर र मास्टर्स मुख्य हुने उनले बताए । सामान्यतया विद्यालयस्तरमा खेलाईने यो खेल यु—९ बाट शुरु भएर यु–१६ समुह (सव जुनियर), यु–१९ (जुनियर), यु–२१ सम्म खेलाईन्छ । यसैगरि सिनियरका साथै भेट्रान्समा ४५ प्लस, ५५ प्लस (मास्टर्स) समूह हुन्छ । विशेष गरि विधागत हेर्दा ब्याडमिन्टन खेलमा ब्यायज (सिगल/डबल्स), गल्र्स (सिगल/डबल्स), मिक्स डबल्स (ब्यायज/गल्र्स), मेन्स (सिगल/डबल्स), वुमन्स (सिगल/डबल्स), मिक्स डबल्स (मेन्स/बुमक्स), मास्टर्स ४५ प्लस, ५५ प्लसमा यो खेलाईन्छ । यसैगरि सबै ईभेन्टहरू खेलाउदा कम्तीमा ३ वटा कोर्ट भएको खण्डमा प्रतियोगिता ५ दिनसम्म चल्ने प्रावधान रहेको छ ।

ब्याडमिन्टन खेलमा नया खेलाडीहरूलाई अवसर दिने गरि न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस २०–२१ गते (दुई दिने) बुटवलमा प्रदेश स्तरिय प्रथम खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० गर्न लागेको क्लबका अध्यक्ष बोनिन पियाले बताए । आफुहरूले यो खेलमा देखिएको बिकृति हटाउने गरि प्रतियोगिता आयोजना गरेको उनको दाबी छ । यसपटक प्रतियोगितामा प्रदेशभित्रका खेलाडी खेल्न पाउने ब्यवस्था गरिएको उनले बताए । यसैगरि भेट्रान्सतर्फ ४५ प्लस खेल्ने र नेपालको राष्ट्रिय रेकिङका १६ जना खेलाडीहरूले भाग लिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?