© २०२३
बुटवल, १७ पुस । ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सिद्धार्थनगर नगर वडा कार्यसमिति वडा नं. ७ ले वृद्धाश्रममा फलफुल वितरण तथा शुभकामना कार्यक्रम गरि मनाएको छ । ओमसतिया वडा नं. ४, बालापुर स्थित श्री सत्य साई वृद्धा आश्रममा फलफुल वितरण तथा शुभकामना कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गले २०३३ साल पुष १६ गते महामानव वि.पि.कोइराला लगायतका नेताहरु प्रवास भारतबाट तत्कालिन भुराजनैतिक अवस्थाको गंभिर ढंगले विश्लेषण गरि आफु माथि लगाइएको ७ वटा मुद्धामा ज्यानको प्रवाह समेत नगरी राष्ट्र रहे मात्र राष्ट्रियता रहन्छ भन्ने भावनालाई आत्मसाथ गरी स्वदेश फर्केको सो दिनलाई लोकतन्त्रको प्रवद्धनमा महत्वपुर्ण दिनको रुपमा स्मरण गर्दै मनाइएको विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा ३ ‘क’का सभापति सुरेन्द्रजंग थापा, महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण लगायतले मेलमिलाप दिवसको महत्वका बारेमा बताए ।
कार्यक्रममा प्रदेश कोषाध्यक्ष दिपक कुँवर, नगर सचिव अनिल के.सी., नेपाली कांग्रेस सिद्धार्थनगर वडा नं. ७ का वडा सभापति भविलाल पौडेल, सत्य साई केन्द्र वृद्धा आश्रमका प्रमुख माया खरेल, सि.न.पा. वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. ९ का सभापति श्याम सुन्दर खनाल, वडा नं. १० का सभापति विजयनाथ धवल, वडा नं. ११ का सभापति केदारनाथ कुर्मी, वडा नं. १२ का सभापति हरिराज विष्ट, सि.न.पा. वडा नं. ७ का वडा अध्यक्ष दामोदर घिमिरे, वडा सचिव अमृत कर्माचार्यले मेलमिलाप दिवसको सार्थकताबारे प्रकाश पारे ।