ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

पूर्व प्रसूति स्याहारको महत्व र उपादेयता

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

एक बयस्क जोडीले आफ्नो जीवनमा बच्चा पेटमा राख्ने योजना बनाएदेखि बा आमाको पेटमा बच्चा बसेदेखि बच्चा जन्मने समय अवधिसम्मको सम्पूर्ण हेरचाह वा स्याहार सुसार जसले आमा र पेटमा रहेको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा सहयोग पुयाँछ भने त्यस्तो किसिमको स्याहारलाई पूर्व प्रसुति स्याहार भनिन्छ । पूर्व प्रसुति स्याहार (Antenetal Care) लाई अत्यन्तै महत्वपूर्ण बिषयको रूपमा लिईएको छ । जब कुनैपनि दम्पतिले आफ्नो बंशजलाई निरन्तरता दिनको लागि होस वा आफ्नो चाहाना र रहरलाई पूरा गर्ने उद्देश्यका साथ आाफूबाट सन्तान जन्माउने सोच बनाउँछन् । त्यसपछि उनीहरू दुबै जोडीको सल्लाहले बच्चा आमाको पेटमा बस्नुभन्दा तिन महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आफ्नो स्वास्थ्यको परिक्षण गराई फोलिकएसिड भन्ने औषधी दिनको एक गोलीको दरले बच्चा पेटमा बसेको १२ हप्ता अर्थात तिन महिनासम्म निरन्तर रूपमा खानुपर्दछ । त्यसपछि निरन्तर उनको खानपानमा बिशेष ध्यान दिदै गर्भ रहेको ९१ औं दिनबाट एक गोली जुकाको औषधि खान दिने र निरन्तर रूपमा क्याल्सियम र आईरन एक एक गोलीको दरले बच्चा जन्मेको ४५ दिनसम्म खान दिने । त्यसको साथै पहिलो गर्भवती महिला भएमा एक महिनाको फरकमा दुई डोज टिडी खोप र दोस्रो गर्भवती भएमा हरेक गर्भमा थप एक डोजको मात्राका आधारले टिडी खोप दिनुपर्दछ । त्यसको साथसाथै नियमित रूपमा आठपटक गर्भको जाँच निम्नअनुसार अनिवार्य गराउनुपर्दछ ।
पहिलो जाँच गर्भ रहेको १२ हप्तामा
दोस्रो जाँच गर्भ रहेको १६ हप्तामा
तेस्रो जाँच गर्भ रहेको २० देखि २४ हप्तामा
चौथो जाँच गर्भ रहेको २८ हप्तामा
पाँचौ जाँच गर्भ रहेको ३२ हप्तामा
छैठौं जाँच गर्भ रहेको ३४ हप्तामा
सातौं जाँच गर्भ रहेको ३६ हप्तामा
आठौं जाँच गर्भ रहेको ३८ देखि ४० ह्प्तामा
पूर्व प्रसूति स्याहारबाट हुने फाइदाः
यस प्रकारको नियमित गर्भ जाँचले आमा र बच्चालाई प्रत्यक्षरूपमा फाईदा पु¥याउँदछ भने परिवारका सम्पूर्ण सदस्यहरूलाई समेत पारिवारीक, मानसिक, सामाजिक र आर्थिक पक्षमा फाईदा पुराएको हुन्छ । यसले बच्चालाई उसको महिनाको अनुपातमा हुनुपर्ने बृद्धि बिकास र शारीरिक तौलको साथै भिडियो एक्सरेको सहायताले उसको शारीरिक अंग प्रत्यङ्गहरूको समेत अबस्था थाहा पाउन सकिन्छ । आमाको शारिरिक मानसिक पारिबारिक र सामाजिक अवस्थाको साथसाथै महिनाको अनुपातको गर्भको बृद्धि बिकास, शारीरिक तौलको बृद्धि र गर्भको सम्पूर्ण अवस्थाको बारेमा जानकारी पाई थप केही सुधार र सचेत रहनुपर्ने कुराहरूमा समेत महत्वपूर्ण जानकारी लिन सकिन्छ । साथै गर्भवती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरू दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिबारका सम्पूर्ण सदस्यहरूमा समेत पारिबारीक, मानसिक, सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा पूर्व प्रसुती स्याहारलाई अत्यन्तै महत्वको साथमा हेरिएको पाईन्छ ।

नियमित गर्भजाँचले हुने फाईदाः

नियमित रूपमा आठपटक गर्भ जाँच गराएमा गर्भवती आमालाई स्वास्थ्यको साथमा अन्य फाईदा पनि नेपाल सरकारले व्यवस्थामा ल्याएको छ । गर्भवतीले प्रोटोकल अनुसार वा अनिवार्य आठपटक गर्भजाँच गराएमा ८०० रूपैंया र सुरक्षित रूपमा बच्चा जन्माउन अस्पताल गएमा गाडी भाडा स्वरूप तराईको जिल्लामा १००० रूपैंया पहाडी जिल्लामा २००० रूपैंया र हिमाली जिल्लामा ३००० रूपैंयाका दरले थप गरी अस्पतालमा नै गएर बच्चा जन्माउने आमाहरूलाई दिने र बच्चालाई न्यानो झोला समेत दिने कार्यक्रम समेत रहेको छ । यस कार्यले गर्भबती आमाहरूमा अनिवार्य आठपटक गर्भ जाँच गराउने र अस्पतालमै बच्चा जन्माउने कार्यमा थप उत्साह र प्रोत्साहन गर्ने गरेको पाईन्छ । त्यसैले आमा र बच्चाको स्वास्थ्यलाई थप सुरक्षित र जोखिममुक्त गराउनको लागि पनि आठ पटक वा प्रोटोकल अनुसार गर्भ जाँच अनिवार्य गराउनुपर्दछ । अनिबार्य रूपमा खानुपर्ने औषधिको सेवन र अस्पतालमै बच्चा जन्माउने कार्यको साथै पूर्व प्रसुती स्याहारमा गर्भवती आमालाई खुवाउनु पर्ने ताजा र पोसिलो खानपानको साथै स्वास्थ्यका बिभिन्न कार्यक्रमहरूमा र बिभिन्न सूचनाहरूमा देखिएको हरेक बार खानाचार भन्ने भनाईलाई ब्यवहारमा प्रयोग गर्नुको साथमा आराम र ब्यायामको समेत महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।

अन्त्यमा समग्ररूपमा भन्ने हो भने सरकारले जतिपनि लगानी गरेको छ त्यसकै आधारमा सेबाग्राहीहरूबाट सेबा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझैपनि कमी पाइएको छ । यसमा जिम्मेबारी कसले लिने त भन्ने सन्र्दभमा अहिलेको नयाँ संरचना अनुसार बर्गीकरण गरिएको राज्यका तिनवटै तहका निकाय त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधि, प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरूको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आ– आफ्नो ठाउँबाट देशैभरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामूलक सन्देश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा र स्वयं ब्यक्ति आफै मेरो स्वास्थ्यको ख्याल म आफै गर्नुपर्दछ भने मात्र यो कार्यले पूर्णता पाउँदछ । स्वास्थ्यका सुचकहरू लक्ष्यका आधारमा पूरा हुन्छन् । त्यसकारणले गर्दा मानव जीवनको सुरुवातीको चरणको पहिलो बिन्दु भनेकै पूर्व प्रसुतीको समयबाट हुने हुँदा यस समयमा एउटा मानवको स्याहार गर्दा दुईबटा आत्मा र शरीरको बृद्धी बिकास र स्वस्थताको समेत स्याहार पुग्ने हुँदा यो पूर्व प्रसुती स्याहारको निकै महत्व रहेको पाईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?