© २०२३
लमही, १६ पुस । दाङमा सामान्य प्रकृतिको बिरामीबाट पनि चेकअफ गर्ने भन्दै अवैध असुली हुने गरेको पाइएको छ । रकम असुल्न चिकित्सकले अनाबश्यक परिक्षण तथा चेकअप गर्ने गरेको पाईएको हो । सामान्य बिरामी उपचारमा जाँदा अनाबश्यक चेक गरिदिँदा बिरामी महँगोमा परेका हुन् । यसरी अनाबश्यक चेकजाँच गरि रकम असुल्ने क्लिनिक हो प्रदेश राजधानी लमही स्थित ‘लमही मेडिटेक पोलिक्लिनिक प्राली’ ।
लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी करिब ४५ बर्षिय मेघबहादुर कुमाल सामान्य चेकजाँचका निम्ति बिहीवार लमहीकै सरुमा अस्पताल प्रालीमा गए । उनले चिकित्सक सँग आफ्नो समस्या ‘घाँटी र पेट दुखिरहेको’ बताए । सुरुमा चिकित्सकले घाँटीमा केही अड्किएको होकि ! भन्ने शँकाले ‘ईन्डोस्कोपी’ गर्न सम्झाए । सोही अनुरूप चिकित्सकको सल्लाहमा कुमाल आँखा अस्पताल रातोडाँडा गए । त्यहाँपनि ईन्डोस्कोपी मेसिन बिग्रिएको र चिकित्सकको सल्लाहमा उनी लमही मेडिटेक पोलिक्लिनिकमा ठोक्किन पुगे ।
त्यहाँ ईन्डोस्कोपी चेकजाँच सँगै चिकित्सिकले आफ्नै सुरमा अन्य चेकजाँच गर्न लगाए । गाउँका सामान्य ब्यक्तिले चिकित्सकको कुरा काट्नपनि सकेनन् । चिकित्सकको सल्लाह कुमालले मान्दै गए । चिकित्सकले रगत सँगै हेपाटाईटिस ‘बि’, कोभिड–१९, एचआईभी सम्मका चेकजाँच तथा एक्सरे सम्म गर्न भ्याए । कुमालले चिकित्सिकले आफ्नो अनावश्यक १३ किसिमका विभिन्न चेकजाँच गरिदिएको जानकारी दिए । बिल भुक्तानीका क्रममा चेकजाँच र औषधीको १२ हजार १ सय २९ रूपैयाँ हुनपुग्यो । सामान्य मजदुरी गरि खाने कुमाल सामान्य चेकजाँचका लागि महँगोमा परे ।
उनले ७ हजार ५ सय बुझाए र अरू रकम नभएको जानकारी दिए। पोलिक्लिनिकका संचालक तथा स्टापहरूले सबै पैसा दिनुपर्ने भन्दै यातना दिएको कुमाल बताउँछन । उनले ३ घण्टा सम्म यातना दिएर बाहिर निस्कन समेत नदिएको गुणासो गरे ।
“म नजिककै मान्छे हो, पछि आएर बाँकि रकम दिन्छु भन्दापनि मलाई छुटकारा दिएनन् कुमालले भने–सबै रकम दिनैपर्छ भन्दै ३ घण्टा सम्म यातनामा राखे ।”
छुटकारा नपाउने भएपछि कुमालले आफ्ना नजिकका स्थानीयलाई खबर पुराए । लगत्तै उनका नजिकका ब्यक्ती सनम कुमार पौडेल आएर बाँकी रकम बुझाए अनि कुमाललाई लिएर गए । बिरामीलाई बन्धक जस्तै गरेर राखेको सनम कुमार पौडेल बताउँछन । “म त्यहाँ जाँदा बन्धक जस्तै कोठामा राखेको पाए पौडेलले भने–अनावश्यक चेकजाँच गरेर सामान्य मान्छेलाई फसाएछन ।”
उनका अनुसार बिल हेर्दा अनाबस्यक चेकजाँच गरिएको पाइयो । पोलिक्लिनिकले ब्रम्हलुट मचाएको भन्दै पौडेलले लमही नगरपालिकामा शुक्रबार “कारबाही गरिपाउँ” भनी निबेदन दिएको दिएका छन ।
यस बिषयमा लमही मेडिटेक पोलिक्लिनिक प्रालीका चिकित्सक सुनिल केसीलाई बुझ्न खोज्दा उनी बोल्न चाहेनन् । ब्यस्त रहेको भन्दै फोन काटिदिए । लगत्तै शुक्रबार सोही क्लिनिक सहित लमहीका अन्य २ वटा अस्पतालमा लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र स्वास्थ्य शाखा, देउखुरी उद्योग बाणिज्य संघ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय, औषधि ब्यबसायी सँघ दाङ, पत्रकार लगायतको टिमले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पनि सोही लमही मेडिटेक पोलिक्लिनिक प्रालीमा ५ महिना म्याद गुज्रिएको सलानी ईन्जेक्सन र औषधि फेला परेको छ । जसको बजार मूल्य १ पिसको १३ सय रूपैया पर्न जाने अनुगमन संयोजक उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख लक्ष्मी सुबेदीले बताईन । बिपि पोलिक्लिनिक, अधिकारी दन्त हस्पिटल प्राली र मेडिटेक पोलीक्लिनिकमा अनुगमन गरिएको संयोजक सुवेदीले बताईन । ‘अनुगमन नियमित अनुगमन हो, हप्तामा एकचोटी अनुगमन गर्छौ’–सुबेदीले भनिन् ।