© २०२३
बुटवल, १५ पुस । गुल्मीको कृषि उत्पादनलाई बजारीकरणको नया अभ्यासबाट पहिचान बनाएको पैचो पसल प्रालिले आफ्नो नवौं वार्षिकउत्सवमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरि मनाएको छ । कृषि उत्पादनलाई बजारीकरणसंग जोडेर नया नया योजना ल्याउदै आएको पैचोले आईतबार बुटवलमा रक्तदान र गुल्मीको छत्रकोट १ हुँगामा किसानलाई निशुल्क माटो परीक्षण सेवा दिएको हो ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सुख्खानगर शाखामा आयोजना गरिएको रक्तदानमा ५० बढीले रक्तदान गरेको पैचोका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेले बताए । कार्यक्रमको बुटवल उपमहानगर वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले उदघाटन गर्दै ब्यवसायसंगै सामाजिक कार्यमा पैचोको योगदानबारे चर्चा गरे । यसैबिच पैचोबाट रक्तसञ्चार केन्द्र बुटवललाई ३ सेट बिपी परिक्षण मेशिन सेट हस्तान्तरण गरिएको छ । रक्तदानमा पैचो, होटल पौवाका कर्मचारीसहित सेवाग्राहीको सहभागिता रहेको थियो ।
यता गुल्मीको छत्रकोट १ हुँगाका २५ जना किसानको निशुल्क माटो परिक्षण गरिएको छ । माटोको रिपोर्ट आएसँगै त्यहाँ उत्पादन हुने बिउबिजन र प्राबिधिक सेवा दिएर किसानलाई कृषि उत्पादनको प्रोत्साहन गरिने पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताए ।