ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्योगी व्यवसायीलाई निराशाका मात्रै कुरा नगरी आशावादी हुन आग्रह गरेका छन् । उद्योग ब्यापार संघ बुटवलले प्रमुख जिल्ला अधिकारीसंग आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभई विश्वव्यापी समस्या भएकाले यो समस्या केही समय पछि हटेर राम्रो अवस्था आउनेमा आशावादी बन्न सुझाए । समस्या रनिराशाका कुरा मात्र गरेर देश बन्न नसक्ने भएकाले आशाको सञ्चार गर्न निजी क्षेत्रका संघसंस्था लाग्नुपर्नेमा प्रजिअ अर्यालको जोड थियो ।
खुला सीमा नाकाबाट हुने राजस्व छली नियन्त्रण,रात्रीकलीन बजार सञ्चालन, सामान आयातमा रहेका करका समस्या समाधानमा आफू सधै सकारात्मक रहेपनि एक्लो प्रयासले मात्र नहुने भएकाले सबैको सहकार्य हुनुपर्ने बताए ।
सो अवसरमा नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुजिको संरक्षण,औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए ।
कृषि,जलविद्युत र पर्यटनमा लगानी मैत्री वातावरण बनाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र ब्यापार घाटा नियन्त्रण गर्नुपर्नेमा महासचिव पराजुलीले सरकारको ध्यानाकर्षण गराए ।
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले चर्को बैंक ब्याज दर,अर्थतन्त्रमा मन्दी लगायतका समस्याले उद्योगी व्यवसायी संकटमा परेकाले सरकारले राहत प्याकेज ल्याउनुपर्ने बताए । बुटवल उपमहानगरपालिकाले संघको सचिवालय भवनका लागि जग्गा उपलब्ध गराउन सहजिकरण गरेपछि भवन शिलान्याश भइसकेकाले आगामी २ वर्षमा २ तले भवन निर्माण गर्नुपर्ने बताए ।
संघका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उद्योगी व्यवसायीका समस्या सुन्ने, निजी क्षेत्रसंग सहकार्य गरेर जानुपर्छ भन्ने मान्यताका रहेकाले सहज र सच्चा अभिभावक पाएको महसुस भएको बताए ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी,बाणिज्य उपाध्यक्ष केशव श्रीस,महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी,कोषाध्यक्ष नम्रता थापा श्रेष्ठ,सचिव कोशल भण्डारी लगायतले उद्योगी व्यवसायीका समस्या सम्बोधन गरी व्यवसायीमैत्री वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीको पनि ठूलो भूमिका हुने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?