ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

भ्रमणलाई फलदायी कसरी बनाउने ?

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

केही कुरा सिक्नको लागि, अनुभव गर्नको लागि र खोज अनुसन्धानको लागि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने पुरानो चलन हो । अहिले मुख्यगरी रमाईलोको लागि र मानसिक शान्तिको लागि मानिसहरू घुमफिर गर्ने गर्छन् । कुनै कामले कतै गईरहँदा अनि आफ्नो पेशा, व्यवसाय, बैठक, गोष्ठीको लागि पुग्दा पनि घुमफिर भैरहेको हुन्छ । घुम्नकै लागि एक ठाउँदेखि अर्को ठाउँमा जाँदा होस् वा अन्य उद्देश्यले फरक ठाउँमा जाँदा मानिसहरूले धेरै कुरा देख्न, जान्न, सिक्न र महसुस गर्न सक्छन् । तर, अहिले घुमफिरलाई रमाईलो गर्ने र समय कटाउने अवसरको रूपमा मात्र लिने गरिएको छ । धेरै मानिसहरू भ्रमणबाट फर्किएपछि त्यो ठाउँमा बेकारमा गएछु भन्ने ठान्ने, भ्रमणलाई तस्विरमा मात्र सिमित राख्ने र भ्रमणबाट कुनै फाइदा लिन नसक्ने देखिन्छ । हरेक घुमफिर÷भ्रमणले मानिसको जीवनलाई फरक मार्गमा लैजाने र सिक्ने अवसर प्रदान गर्छन तर यसको लागि भ्रमणलाई उद्देश्यमूलक र योजनाबद्ध बनाउनु जरुरी हुन्छ । हामीले गर्ने यात्रा, घुमफिर वा भ्रमण कसरी फलदायी बनाउन सकिन्छ भन्ने बारेमा यहाँ केही चर्चा गरिएको छ ।

समय र श्रोतको आधारमा भ्रमण तय गर्नुहोस्

घुमफिरको लागि पहिलो आवश्यक कुरा उपलब्ध समय र आर्थिक श्रोत हुन् । घुम्न निस्कँदा आफु कति समयमा फर्किनुपर्ने हो भन्ने आधारमा कुन ठाउँमा पुग्ने भन्ने योजना बनाउनु पर्छ । छोटो समयमा धेरै टाढा पुग्ने र फर्कने हतार हुने अवस्थामा भ्रमण खल्लो हुन्छ । कूल भ्रमण अवधिमा कम्तिमा २५ प्रतिशत अतिरिक्त समय जोडेर हुने कूल समय निकालेर आफुले घुमफिर गर्ने अवधि निर्धारण गर्न सकिन्छ । घुमफिर गर्नको लागि रकम आवश्यक पर्छ । आफूसंग भएको रकमको आधारमा यातायात, बसाई, खानपिन र अन्य खर्चको अनुमान गर्न सकिन्छ । खर्च गर्न सकिने रकम कम छ भने छोटो दुरी, सामान्य बसाई र खानपिनमा सादगी अपनाएर भ्रमणलाई सहज बनाउन सकिन्छ ।
उपयुक्त साथी रोज्नुहोस् ।

यदि भ्रमण खोजमुलक हो र भ्रमणको उपलब्धिको जस् आफुले मात्र लिने हो भने एक्लै भ्रमण गर्नु राम्रो हुन्छ । तर, एक्लै हिँड्दा बाटोमा कुनै समस्या आउँदा यात्रा कष्टकर बन्न सक्छ । सामान्यतया नयाँ स्थानमा भ्रमण गर्दा र साहसिक पर्यटनमा २ देखि ८ जनासम्म मिलेर भ्रमण गर्दा यात्रा, बसाई व्यवस्थापन र आपसी आत्मियता राम्रो हुन्छ । चल्तीमा पर्यटकीय स्थानमा जाँदा ४०–५० जनाको समूहमा पनि जान सकिन्छ । भ्रमण गर्दा भ्रमणको उद्देश्य, रुची, छनौट, आत्मियता, खर्चमा साझेदारी गर्ने बानी, विचारमा समानता जस्ता कुराहरूको आधारमा सहयात्री छनौट गर्नुपर्छ । पैदलयात्रा,मोटरसाईकलबाट गरिने घुमफिरमा एक्लै जानु उपयुक्त मानिदैन । साथीको कारण विचमै यात्रा त्यागेर फर्कनुपर्ने र साथी नहुँदा यात्रामा दुःख पाईने भयो भने घुमफिर निकै खल्लो बन्न पुग्छ ।

उद्देश्य निर्धारण गर्नुहोस् ।

उद्देश्यविनाको भ्रमण उपलब्धिविहिन र खल्लो हुन्छ । त्यसैले भ्रमण शुरु गर्नुअघि भ्रमणको उद्देश्यमा भ्रमणकर्ता स्पष्ट हुनुपर्छ । भ्रमण रमाईलो÷मनोरन्जनको लागि, मानसिक शान्तिको लागि, शैक्षिक वा व्यापारिक प्रयोजनको लागि, समाचारको खोजीमा, अनुसन्धानको लागि वा भेटघाटको लागि हुन सक्छ । सबै काम एउटै भ्रमणमा गर्न खोजियो भने भ्रमण बोझिलो र अनुत्पादक हुन सक्छ । त्यसैले भ्रमण शुरु गर्नुअघि भ्रमणबाट के के फाइदा लिने भन्ने खाका मानसिक रूपमा तयार गर्नुपर्छ । खोज अनुसन्धानको लागि हो भने अपेक्षित उपलब्धिको सुची पनि तयार गरेर मात्र भ्रमण शुरु गर्नुपर्छ ।

जानुपूर्व जानकारी लिनुहोस् ।

कुनै ठाउँमा भ्रमणमा निस्कनु अघि त्यो ठाउँ, त्यहाँको आर्थिक, सामाजिक, भौगोलिक र प्राकृतिक अवस्थाको बारेमा सामान्य जानकारी लिएकै हुनुपर्छ । कुनै सम्पदाको भ्रमण गर्ने हो भने त्यसको ऐतिहासिकताको बारेमा केही कुरा थाहा पाएकै हुनुपर्छ । सम्पदा वा स्थानको पूर्व जानकारीले आफुलाई त्यहाँ पुगेर के के हेर्ने ? के के खोज्ने र कसरी भ्रमण गर्ने ? भन्ने योजना बनाउन मद्दत पुग्छ । यसले भ्रमण गर्ने स्थानको जनजीवनसंग आफूलाई सहज बनाउने तयारी गर्न पाईन्छ र पुगेपछि बढी कुराको सोधखोज गर्न पाईन्छ । भ्रमणमा हिड्नु अघि नै बाटोको अवस्था, सवारी साधनको उपलब्धता, होटेल र अन्य सुविधाको उपलब्धता, सुरक्षा निकायहरूसंगको सम्पर्क र भ्रमण गर्ने ठाउँको नजिकमा रहेका आफुले चिनेका मानिसहरूको विवरण पनि राख्नु आवश्यक हुन्छ । यस्तो पूर्व जानकारीले भ्रमणलाई सहज बनाउन र समस्यामा परिहालेमा पनि सहयोग लिन सजिलो हुन्छ ।

सहज यात्रा गर्नुहोस् ।

यात्रालाई सकेसम्म हलुका बनाउनुपर्छ । अत्यावश्यक र थोरै कपडा तथा १÷२ दिनको लागि सामान्य खानपिनका सामग्री मात्र लिएर यात्रामा निस्कनुपर्छ । दुर्गमका स्थानमा भ्रमण गर्नुपर्ने अवस्थामा भने खानेकुरा, औषधि, मोबाईल र क्यामेराको ब्याट्री ब्याकअप पर्याप्त मात्रामा हुनुपर्छ । ग्रामिण क्षेत्रमा यात्रा गर्दा जे जस्तो सवारी साधन पाईन्छ, त्यसमा नै यात्रा गर्नुपर्ने हुन्छ अन्यथा एउटा सवारी साधन छोड्दा अर्को साधन नपाएर २÷३ दिनसम्म पनि बस्नुपर्ने हुन्छ । ग्रामिण र साना बजारमा रहेका होटेल, गेस्टहाउसमा शहरी सुविधा खोजेर नाक खुम्च्याउन थालियो भने बाटोमै रात बिताउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले यात्रा गर्न र बस्नको लागि जे जस्ता सुविधा उपलब्ध हुन्छन्, तिनै सुविधालाई उत्तम मानेर प्रयोग गर्नुपर्छ ।

समुदायमा भिज्नुहोस् ।

केही मानिसहरू आफू घुम्न पुगेको स्थानका मानिसलाई नजान्ने र गँवार ठान्ने गर्छन् । यस्तो मूर्खताले यात्राको आनन्द लिनबाट रोक्छ नै कहिलेकाही लखेटिनुपर्ने समेत हुन सक्छ । भ्रमण गर्न पुगेको स्थानका मानिसलाई आफ्नो विद्वता, धनको घमण्ड देखाउने काम कदापि गर्नु हुदैन । उनीहरूको दैनिकी र संस्कृतिको सम्मान गर्ने, मिलेसम्म सहयोग गर्ने, उनीहरूको खानपिन र बसाई बन्दोवस्तीलाई स्वीकार गर्ने, स्थानीयको सिप र सिर्जनालाई सम्मान गर्ने काम भ्रमण गर्दा गर्न सकियो भने स्थानीयबाट माया, सम्मान र सहयोग पाउन सकिन्छ । समय भएमा स्थानीय समुदायका मेलापर्व, पुजाआजा, मेलापात, व्यवसायिक काम जस्ता कुरामा आफूलाई संलग्न बनाएर स्थानीयसँग नजिक बन्न सकिन्छ । स्थानीयसँग नजिक बन्न सकियो भने भ्रमण चिरस्मरणीय बन्छ नै भ्रमणका उद्देश्यहरू समेत पूरा गर्न सकिन्छ ।

जानकारी लिनुहोस् ।

भ्रमण गर्दा उद्देश्यमा केन्द्रित त हुनुपर्छ नै, तर यसो गर्दा उद्देश्य बाहिरको बारेमा चासो नै नराख्ने भन्ने हुदैन । आफु पुगेको स्थान र त्यहाँको समग्र पक्षको बारेमा भ्रमणकर्ताले जानकारी संकलन गर्नुपर्छ । यस्तो जानकारीले अर्को ठाउँमा भ्रमण गर्दा गाईडको काम गर्छन् ।
लिपिवद्ध गर्नुहोस् र अनुभव बाँड्नुहोस् । अधिकांश मानिसहरूका घुमफिर केही तस्विर र सम्झनामा मात्र सिमित हुन्छन् । हरेक व्यक्तिका भ्रमण उसको लागि सम्झना, इतिहास र प्रमाण बन्छन् भने पर्यटन क्षेत्रको लागि मार्गदर्शन बन्न सक्छन् । घुमफिर गर्दा आफुले देखे भोगेका सम्पूर्ण कुराहरूलाई लिपिवद्ध गर्नु राम्रो हुन्छ । सकेसम्म भ्रमणका कुराहरूलाई लेख रचना र पुस्तकको रूपमा प्रकाशित गर्ने र त्यसो गर्न नसकिएमा आफ्ना अनुभव तथा अनुभूतिहरूलाई सामाजिक संजालमा भएपनि लेख्नु राम्रो हुन्छ । यसले भ्रमण गर्न चाहनेहरूलाई आफ्नो भ्रमण योजना बनाउन मद्दत पुछ भने गन्तब्य स्थलका समुदायलाई उत्प्रेरणा, खबरदारी हुन सक्छ । अहिले यात्रा साहित्यलाई पाठकहरूले धेरै नै मन पार्ने भएकोले साहित्यिक सिर्जना गर्न सक्नेहरूले भ्रमणलाई पुस्तकको रूपमा निकाल्न सकेमा पुस्तक बेचेर आम्दानी समेत गर्न सकिन्छ । भ्रमण गरिएका स्थान र सम्पदाको बारेमा गुगल म्यापमा विवरण थप गर्ने, तस्विरहरू अपलोड गर्ने काम गरियो भने आफ्नो सर्कल भन्दा बाहिरका व्यक्तिलाई पनि त्यस्तो सम्पदा र स्थानको बारेमा जानकारी प्राप्त हुन्छ, जसले गर्दा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ ।

पुनः सम्पर्क गर्नुहोस् ।

कुनै ठाउँमा भ्रमण गरेर आईसकेपछी त्यो ठाउँका मानिसलाई धन्यवाद दिन र सुधारका लागि सुझाव दिनु राम्रो हुन्छ । भ्रमण गर्दा नै स्थानीय वासिन्दा, पर्यटन व्यवसायी, समाजसेवी र समुदायका केहि व्यक्तिहरूको सम्पर्क नम्बर लिनुपर्छ र आफ्नो स्थानमा आएपछि उनीहरूमध्ये केहीसँग सम्पर्क गरेर आफुले अनुभव गरेका कुराहरू बताउनुपर्छ । यसले गर्दा गन्तब्य स्थानको समुदायलाई आफ्नो मूल्यांकन गर्न र आतिथ्य सत्कार सेवामा सुधार गर्न मद्दत पुग्छ । साथै उनीहरू पर्यटनमैत्री बन्न सक्छन् । पर्यटन व्यवसायीहरूलाई सम्पर्क गरि दिने सुझावले पर्यटन सेवामा सुधार तथा विविधिकरणमा सहयोग पुग्छ । भ्रमण गरिएको क्षेत्रमा व्यक्तिहरूसंग नियमित सम्पर्कमा रहन सकियो भने आत्मियता वृद्धि हुन्छ । यसले भविष्यमा त्यहि क्षेत्रमा पुनः भ्रमण गर्न, बीच बीचमा आवश्यक सूचना तथा जानकारी प्राप्त गर्न सजिलो हुन्छ ।

सहयोग गर्नुहोस् ।

भ्रमण गर्दा सुविधासम्पन स्थानमा मात्र भ्रमण गरिएको हुदैन । हामीले भ्रमण गर्ने स्थानहरू निकै दुर्गम, अभावग्रस्त र समस्याग्रस्त समेत हुन्छन् । यस्ता स्थानको भ्रमण गर्दा त्यहाँको समुदायले तपाईसंग केहि आशा पनि गरेको हुन सक्छ । यदि तपाई समस्या समाधान गरिदिन सक्ने स्थानमा हुनुहुन्छ भने त्यसको तत्परता देखाउनु उत्तम हुन्छ । आफैले समस्याहरू समाधान गर्न सकिदैन, त्यहाँ कार्यक्रम लैजान सकिदैन तर त्यहाँको बारेमा सरकारी वा गैह्र सरकारी निकायमा कुरा राख्न सकिन्छ भने आफुले सकेसम्म कुरा राखिदिने र दवाव दिने काम समेत गर्नुपर्छ । तपाई हाम्रो सामान्य सहयोग र खबरदारीले मात्र पनि भ्रमण गरिएका स्थानमा भौतिक, सामाजिक उन्नति हुन सक्यो भने हाम्रो भ्रमण उपलब्धिमूलक बन्न सक्छ । भ्रमणमा भेटिएका समुदाय, विद्यालय, स्वास्थ्य सस्था, संरक्षण सस्था र सामान्य परिचय भएका मानिसहरूले तपाईसंग सम्पर्क गरेर सक्दो सहयोग मागेमा सहयोग गर्न सकियो भने त्यो भ्रमणले तपाईको गरिमालाई उचो राख्न मद्दत पुग्छ ।

हामीहरू घुमफिरमा रुची राख्छौ, तर त्यो घुमफिर प्रायजसो रमाईलोमै सिमित रहेको हुन्छ । घुमफिरबाट रमाईलो त प्राप्त हुन्छ नै यसबाट ज्ञान, सिप हासिल गर्न, समुदाय बुझ्न, समुदायमा आफ्नै स्थान पहिचान गर्न, सामाजिक सम्बन्ध विस्तार गर्न समेत मद्दत पुग्छ । भ्रमण गर्दा सामान्य सचेतना अपनाउन सकियो भने हरेक भ्रमण भ्रमणकर्ता र समुदायको लागि फलदायी हुन्छ । भ्रमण गर्दा उद्देश्य निर्धारण नगर्ने, साथी छनौटमा ध्यान नदिने, खर्च र समयको ख्यान नगर्ने अनि समुदायबाट आफुलाई विशिष्ट ठानेर भ्रमण गर्न खोजियो भने भ्रमण कष्टकर, बोझिलो र जोखिमयुक्त हुन सक्छ । भ्रमणबाट आनन्द, अनुभव र शिक्षा हासिल गर्न सकियोस् र आफ्नो भ्रमण अरूको लागि पनि फलदायी बनोस भन्ने कुरामा भ्रमणकर्ताले ध्यान दिनैपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?