ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

रिता र दिलिपको ‘स्ट्रेन्थ लिफ्टिङ्ग’ मा विश्व रेकर्ड

१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपालबाट सहभागी बुटवलकी रिता बिक ५८ केजी तौलमा स्वर्ण जित्दै ओभरअल च्याम्पियन र दिलिप थापाले दुई स्वर्ण हात पारेका थिए ।
१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस । अर्घाखाँची हंसपुरकी रिता बिक सानैदेखि नाँचगान र खेलकुदमा चासो दिन्थिन् । उनले गाउँकै सिद्धार्थ माबिबाट विद्यालयस्तरको अध्ययन पूरा गरिन । भारतमा जागिर बुबासँगै उनी एसईईपछि परिवारसंगै बुटवल झरे । परिवारमा एक दिदी, एकजना दाईका कान्छी उनी सानैदेखि खेलकुदमा हुरुक्क हुन्थिन । प्राविधिक क्षेत्रमा चासो लिएकी उनि रम्भादेवी टेक्निकल कलेजमा ल्याब एसिस्टेन्ट अध्ययनरत गरेकी छिन । जितगढी घरभएकी उनि पछिल्लो डेढ वर्षदेखि पावर लिफ्टिङमा आर्कषित भईन । शारीरिक बनावटकै कारण उनि यो खेलमा बढी चासो दिईन । करीब ५.५ फिट उचाईकी उनि एक्टिभ प्लस जिममा डेढ वर्षदेखि नियमित ब्यायाम गर्दैछिन । शुरुवातमा शरीरको तौल घटाउन जिम शुरु गरेकी बताईन ।

बुटवलका बिभिन्न खेल प्रतियोगिता हुँदै सेलेक्सन भएका उनी नेपालगंजमा उत्कृष्ट भईन । उनै बिक अहिले हैदराबादमा सम्पन्न १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा आफनो तौल समूहमा विश्व च्याम्पियनसहित वर्ड रेकर्ड गरिन । खेलाडीकै रूपमा स्थानियस्तर हँुदै विश्वस्तरको प्रतियोगितामा च्याम्पियन बनेकी छिन । भारतको हैदरावादमा भएको उनले ५७ केजी तौल समूहमा १७० केजी तौल उठाएर नयाँ रेकर्ड कायम गरिन । यसअघि नवौ च्याम्पियनसिपको १४५ केजी तौलको विश्व रेकर्ड रहेको थियो ।

ढवाहा निवासी दिलिप थापा सानैदेखि खेलकुदमा रुचि राख्थे । खेलमा रुचि भएपनि परिवारबाट भने यसमा सहयोग पाएका थिएनन । उनको खेलकुदको शोख भने उनले अहिले पुरा गरे । बक्सिङमा चाख भएका उनी पढाइमा एभरेज थिए । घर परिवारमा निक्कै आग्रहपछि उनी जिम जाने स्वीकृति पाए । डेढ वर्षदेखि एक्टिभ फिटनेशमा जिम गर्ने उनी लिफ्टिङमा राम्रो गरे । यसैलाई जोड दिएका उनी छोटोसमयमा नै सफलता हासिल गरे । खर्चिलो खेल अगाडि बढाउन निक्कै कठिन भएको उनी बताउँछन । नवरत्न माबि कक्षा १२ मा ब्यवस्थापन विषयमा अध्ययरत उनको खेल क्षेत्रको मेहनतले सफलता हासिल गर्यो ।

सप्लिमेन्ट्रि बिना नै उनी खेल खेलेको बताउँछन । भारतको हैदरावादमा सम्पन्न १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा १८ वर्षका उनी आफनो ५९ तौल समूहमा विश्व रेकर्ड कायम गरेका छन । उनले २०५ केजी उठाएका हुन । नवौको बनेको विश्व रेकर्ड उनले ब्रेक गरे । भारतको हैदरावादमा भएको १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपाल दोस्रो भएको छ ।
नेपालका खेलाडीहरूले १६ स्वर्ण, १४ रजत र ४ कास्य पदक जित्दै दोस्रो भएको हो । पुष २ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा नेपालका २५ जना खेलाडीहरू भाग लिएका थिए ।

यसैबीच प्रदेश खेलकुद परिषद लुम्बिनी र बुटवल उपमहानगरपालिकाले खेलाडीहरूलाई सम्मान गरेको छ । खेल क्षेत्रबाट बुटवलको गरिमा बढाएका खेलाडीहरूलाई सम्मानलाई विशेष जोड दिँदै ब्यवसायिक बनाउने गरि पहल गर्ने बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बताए । नवरत्न सेकेण्डरी स्कुलका प्रअ हेमराज आचार्यले विद्यालयमा शैक्षिक र खेलकुद गतिविधिलाई जोड दिँदै आउँदा प्रतिफल पाउन सफल भएको बताए । हाल विद्यालयमा १५ सय विद्यार्थीहरू अध्ययनरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?