© २०२३
दाङ, ११ पुस ।
घोराही उपमहानगरपालिकाले चालु आर्थिक २०८०÷८१ को बितेको ५ महिनामा कूल विनियोजित बजेटको करीव २० प्रतिशत बजेट खर्च गरेको छ ।
उपमहानगरको नगर सभाको १४ औं अधिवेशनमा बुधबार नगरप्रमुख नरुलाल चौधरीले चाल आर्थिक वर्षको बितेको ५ महिनामा घोराही उपमहानगरपालिकाले विनियोजित बजेटको १९ दशमलव ९५ प्रतिशत खर्च गरेको जानकारी गराए ।
उनका अनुसार, घोराही उपमहानगरपालिकाको आन्तरिक खर्चतर्फ चालु खर्चमा २७ दशमलव ७६ र पूँजीगत तर्फ १० दशमलव ४८ प्रतिशत खर्च भएको छ ।
जसमा, चालु खर्च २६ दशमलव ५१ प्रतिशत र पूँजीगत खर्च ९ दशमलव ३२ प्रतिशत खर्च भएको जानकारी गराए । यसैगरी, संघीय सरकारको अनुदान तर्फको चालु खर्च २५ दशमलव ५५ प्रतिशत तथा पूँजीगत तर्फ शून्य प्रतिशत र लुम्विनी प्रदेश सरकार अनुदान तर्फ दुवैसून्य प्रतिशत खर्च भएको जानकारी दिए ।
उपमहानगरले आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा ९ करोड १६, लाख ३५ हजार ७९ रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ करोड ४८ लाख ६९ हजार ७ सय १८ रुपैयाँ राजश्व यो गत आर्थिक वर्षको तुलनामा २ करोड ६७ लाख बढी राजश्व संकलन भएको नगर सभामा नगरप्रमुख चौधरीले बताए ।
नगरसभामार्फत नगरप्रमुख चौधरीले स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी हालसम्म १ सय ९ वटा कानूनहरु निर्माण भई कार्यान्वयनमा रहेको पनि बताए । जस मध्ये चालु आर्थिक वर्षको ५ महिनामा विभिन्न क्षेत्रगत कार्यविधि ४ र मार्गदर्शन १ वटा निर्माण भएको जानकारी गराए ।
पहिलो पाँच महिनाको अवस्था बारे जानकारी गराउँदै उनले योजनाहरु संमयमै संचालन तथा सम्पन्न गर्ने उद्देश्यले योजनाहरुको प्राविधिक डिजाइन तथा लागत अनुमान तयार गर्ने, ठेक्का तथा उपभोक्ता समितिमार्फत संचालन हुने योजनाहरुको सम्झौतालगायत अरु योजनाहरुको गुणस्तर कायम राख्न नियमित अनुगमन गर्ने काम भै रहेको जानकारी गराए ।
यसैबिच, उपमहानगरको नगर सभामा उपमहानगरको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० नगर प्रमुख चौधरीले पेश गरेका छन । नगर सभाको अर्को बैठक आगामी पुस १७ गते बस्ने भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी