ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान
स्कलर्सको ३२ औ स्थापना दिवस

खेलकुद ब्यवसायीकरण हुन नसकेको गुनासो

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

बुटवल, ११ पुस । नेपाली खेलकुद ब्यवसायीकरण नहुदा विकासको गति लिन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो गरेका छन । स्कलर्स होम बोर्डिङ स्कुलको ३२ औ स्थापना दिवसमा बोल्ने बक्ताहरुले नेपाली खेलकुदलाई ग्रासरुटबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन ।

कार्यक्रमको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै शिक्षा क्षेत्रमा स्कलर्सको योगदानको चर्चा गरे । बहुआयामिक तहबाट विद्यालय अघि बढेको उनले बताए । विद्यालय केवल शैक्षिकमात्र नभई खेलकुदका हरेक पक्षलाई जोडेर अघि बढाउन सफल हुदा राष्ट्रिय टिमबाट खेल्न सक्ने तयार भएको उनले बताए । विद्यालयको दायरालाई बढाउने गरि अन्य विद्यालयसंग सहकार्य गर्न सफल हुनेमा आशावादी रहेको बताए। खेल क्षेत्रलाई अतिरिक्त क्रियाकलापका रुपमा ब्याख्या गरिन नहुने भन्दै यो अनिवार्य भएको बताए । नेपालमा खेलकुद ब्यवसायिकरण हुन नसकेको उनले दुखेसो गरे । विद्यालयस्तरबाट नै विकास गर्ने गरि योजना अघि बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्व प्रजिअ टेक बहादुर थापाले आफू निरन्तर विद्यालयहरुसंग जोडिएको बताए । सिमीत श्रोत साधनलाई उपयोग गरि समयसापेक्ष प्रविधिमैत्री शिक्षा दिनुपर्ने अवस्था सृजना भएको भन्दै यसमा स्कलर्स होम सफल भएको उनले बताए । शैक्षिकसंगै अन्य गतिविधिमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।

कार्यक्रममा स्कुलका प्राचार्य बाबुराम बन्जाडेले विद्यालय देशकै शिक्षामा महत्वपूर्ण योगदान दिन सफल भएको बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पूर्व प्रजिअ टेक बहादुर थापा, विद्यालयका सल्लाहकार भुवाप्रसाद लुईटेल, प्रदिप आचार्य, एम्स कलेजका क्याम्पस चिफ दिपक ढकाल, एम्स कलेजका म्यानेजिङ डाईरेक्टर गोपाल प्रसाद न्यौपाने, स्कुलका अध्यक्ष मनहरी बश्याल, लोक बहादुर भण्डारी (राजु) ले वर्षभरि विद्यालयमा शैक्षिक, खेलकुद, नृत्य, गायन लगायत गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यसैबिच २०७९ को परिक्षामा उत्कृष्ट र सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। यसैगरि एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु रिवाज भण्डारी, एन्जीला पौडेल, देविका बस्नेत, शिशिर खनाल र प्रमिता पाण्डेका साथै १२ कक्षामा उत्कृष्ट नतिजा ल्याउने देनान्स अर्याल, ईस्ताफ अन्सारी, रोशन गौचनलाई सम्मान गरिएको छ।

यसैगरि उच्च शिक्षाका लागि चिकित्सकशास्त्र आयोगबाट मेडिकल शिक्षामा एमबिबिएसमा नाम निकालेका ललित घर्ती, ब्याचलर ईन डेन्टल सर्जरीमा नाम निकालेकी मधु राना, फार्मेसी निर्जना चौधरीलाई सम्मान गरिएको छ । विद्यालयमा हाल १८ सय बढि विद्यार्थीहरु अध्ययनरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?