पाल्पा, ९ पुस ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा दोभान खण्ड पुस १६ बाट दैनिक ६ घण्टा रातको समयमा सय दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सुरुङ मार्ग निर्माणको क्रममा सवारीको साधन संचालन भएका बखतमा जोखिम बढेकाले रातको समयमा बेलुका १० बजे देखि बिहान ४ बजे सम्म अत्यावश्यक सवारीका साधन बाहेक अन्य साधनलाई पुर्णरुपमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेले बताए ।
यसैगरी तानसेन रानीमहल खण्डको बिभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले यस खण्डमा पनि सय दिन सडक बन्द गरी मर्मतको कार्य अगाडि बढाउने प्रजिअ काप्mलेले बताए ।