© २०२३
बुटवल, ९ पुस । भुपि शेरचन स्मृति प्रतिष्ठानको आयोजना, थकाली सेवा समिति नेपाल क्षेत्रिय समिति बुटवलको सहआयोजना एक दिने निशुल्क स्वस्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ । राष्ट्रिय युगकवि भुपि शेरचनको ८८ औ जन्म जयन्तीको शुभ अवसरमा रक्तदान तथा निशुल्क स्वस्थ्य शिविर संचालन गरिएको हो ।
स्वस्थ्य शिविरलाई लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि तथा रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको भुपि शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या शिवप्रसाद शेरचनले बताए । यो वर्ष बुटवलमा विविध रचनात्मक र सामाजिक कार्य गरि दिवस मनाउन लागेको उनले बताए ।
एक कार्यक्रमका बिच भूपि शेरचनका धर्मपत्नी कान्ति शेरचनले शिविरको समुद्घाटन गर्दै सामाजिक कार्यमा नमुना काम भएको बताईन ।
शिविरमा नाक, कान घाँटी रोग विशेषज्ञ विश्व तुलाचन, हार्डजोर्नी, नसा रोग विशेषज्ञ डा हिरामणी पौडेल, स्त्री प्रसुती विशेषज्ञ डा कबिता थापा, जनरल फिजिसियन डा प्रकाश भट्टराई तथा मेडिकल अफिसर भावना गिरिसहित चिकित्सक, सहयोगीहरुबाट सहयोग गरिएको थियो ।
कार्यक्रममा थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र तुलाचनले भूपिलाई सामाजिक र रचनात्मक गतिविधिसंग जोडेर बुटवलबाट नया कार्यको थालनी भएको बताए । स्थानिय बासिन्दाहरुलाई समेटेर काम अघि बढेको उनले बताए ।
समितिका अध्यक्ष लाल बहादुर गौचन, सचिव जीवन तुलाचनले स्वस्थ्य शिविरमा ७० जनाको स्वस्थ्य जाच तथा रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको बताए ।